होमस्टे पनि अनिश्चितकालिन बन्द

२०७७-०४-२१, विश्वमा सामान्य बन्दै गएको तर नेपालमा हालैका दिनहरूमा भयावह स्थितीको सृजना गर्दै आएको कोभिड–१९ (कोरोना भाइरस) को कारण देशका विभिन्न स्थानहरूमा पुनः बन्दाबन्दी (लकडाउन) गर्न थालिएको छ । कोरोनाको सङ्क्रमण समुदायसम्म पुगेपछि यसको नियन्त्रणमा समस्या उत्पन्न भएको छ । यस्तो अवस्थामा विभिन्न जिल्ला र स्थानिय निकायहरूले आफ्नो क्षेत्रभित्र बन्दाबन्दी गर्न थालेका छन् । 


उनीहरूले आफ्नो क्षेत्रलाई सुरक्षित राख्नका लागि बन्दाबन्दी गर्न थालिएको हो । सोहि अवस्थामा आजदेखि मोरङको उत्तरीभेगमा रहेको एउटा होमस्टे समूहले पनि आफ्नो होमस्टेहरू बन्द गरेका छन् । जेफाले समुदायिक होमस्टेले आजबाट होमस्टे सेवा अनिश्चितकालको लागि बन्द गरेको छ । आज उनीहरूले एउटा सूचना जारी गर्दै सो कुराको जानकारी दिएका छन् । 



विचार

तोस् पुजा; पिल्मो राई जातिको मौलिकता बोकेको महान चाड़

किरात पिल्मो राई समाजले भूमि अर्थात् प्रकृतिलाई र पितृहरूलाई प्रमुख विधिविधानको साथ अनि महत्वको साथ पुजा-अर्चना, बन्दना अथवा पुज्ने गर्दछन् जुन विधिविधान संस्कृतिक र धार्मिक मूल परम्परा हो । प्रकृति र  पितृहरूको पूजालाई पिल्मो राई समाजले आफ्नो मौलिक भाषामा तोस् भन्ने गर्दछन् र नेपाली भाषामा मिल्दो जुल्दो शब्दमा भन्ने हो भने भूमे पुजा भन्न सकिन्छ […]

असलमा आवाज विहिनहरूसँगको पत्रकारिता

–निनाम लोवात्तीसमग्र मिडियाका सन्दर्भमा भन्नु पर्दा मिडिया भनेको आवाज विहीनहरूको पनि आवज हो । भन्ने भनाइ र आम मान्यता रहेको छ । तर यो भनाइ र मान्यतानुसार नेपालका मिडियाहरू चलेका छन् त ? प्रश्न नै प्रश्नको घेरामा छ नेपाली पत्रकारिता। खास गरी ‘आदिवासी जनजाति, महिला, मधेसी, दलित, भाषाभाषी, धार्मिक समूह, तेस्रो लिंगी, पिछडिएको क्षेत्र, भिन्न […]

माझीको सहारामा खोला तर्ने नेपालीले विर्से माझीलाई

नारायण राईनेपाली समाजमा ‘माझीसँग मित लगाएमा पछि मर्दा घाट तारिदिन्छ’ भन्ने आहान प्रचलित छ । त्यसै कारण पनि अन्य जात÷जातिका मानिसहरू माझी समुदायसँग मित लगाउन लालायित हुने गर्दथे । तर आजभोली अधिकाङ्स खोलामा पुल बनिएका छन् । त्योसँगै गाउँगाउँसम्म सडक पुगेका छन् । जहाँ मरेपनि अब त बाटो हुँदै पुलबाट तरिजाउँला भन्ने मनोभाव बढेर पनि […]

सोताङ र कुलुङ राईको साझा भाषा

– सुरवीर सोताङ राई भाषाशास्त्रीहरूको अध्ययन र परिभाषा अनुसार प्रत्येक एक किलोमिटर दूरीको फरकमा शब्दको उच्चारणमा भिन्नता आउछ । भौगोलिक दूरीको अन्तरले भाषा वक्ताको उच्चारणमा फरक आउने रूपावलीलाई भाषाशास्त्रीय परिभाषामा भाषिका भनिन्छ । सामान्य बोलचालको भाषामा भाषिकालाई लवज भन्ने गरिएको छ । भाषाको लवज फरक भए पनि भिन्नाभिन्नै भूगोलमा बसोबास गर्ने वक्ताहरू बीच गरिने बोलचालमा […]