तोस् पुजा; पिल्मो राई जातिको मौलिकता बोकेको महान चाड़

किरात पिल्मो राई समाजले भूमि अर्थात् प्रकृतिलाई र पितृहरूलाई प्रमुख विधिविधानको साथ अनि महत्वको साथ पुजा-अर्चना, बन्दना अथवा पुज्ने गर्दछन् जुन विधिविधान संस्कृतिक र धार्मिक मूल परम्परा हो । प्रकृति र  पितृहरूको पूजालाई पिल्मो राई समाजले आफ्नो मौलिक भाषामा तोस् भन्ने गर्दछन् र नेपाली भाषामा मिल्दो जुल्दो शब्दमा भन्ने हो भने भूमे पुजा भन्न सकिन्छ । किरात पिल्मो जातिमा प्रकृति र  पितृहरूको पूजा नै धार्मिक र अध्यात्मिक अनुष्ठन हो । धर्ती र पित्रृहरूसँग बल अर्थात् शक्ति र यश माग्न तोस् पूजा गर्ने आदिकाल देखि संस्कृतिक र धार्मीक परम्परा पिल्मो जातिमा चलिआएको छ । विशेष गरि मानिसले प्रकृति र पित्रृको पुजा-आराधना गर्नाले सबै प्रकारको सुख-शमृद्धी, यश, शक्ती, अन्न-बाली साथै पालुवा वस्तुहरूको सह, रोगब्याधि नलागने र दिर्गायु हुने साथै सबै प्रकारका भौतिक अनि मानशिक समृद्धी प्राप्त हुन्छ भन्ने पिल्मो राई समाजको पारम्परिक विश्वास रहेको छ । तोस् पुजा-अर्चनामा मकै उसिनेको बिड़ौंला (वाक्पुम्), अदुवा (बिछु) र बलि (छीदाम्) अनिवार्य रूपमा चडाउनु पर्दछ । पिल्मो राई समाजले प्रकृति अनि पित्रृहरूसँग सबै प्रकारको शक्ति माग्ने मूल माध्यामहरू मध्ये एउटा तोस् पुजा-आराधना हो । तोस् पुजा पिल्मो जातिको सबै भन्दा मुख्य र भब्यरूपमा मनाईने सामाजिक स्तरमा मानिने संस्कृतिक र धार्मीक अनुष्ठन हो । आदिमकाल देखि तोस् पुजाको दिन समस्त गाउँलेहरू पूर्ण रूप्ले सहभागी हुने र समाजिक स्तरमा मान्ने परम्परा जिवन्त रूपमा पिल्मो राई समाजमा चलिआएको छ । तोस्खम् (भूमे थान) भित्र व्यशक स्त्रीहरूलाई पस्न वर्जित गरिन्छ । यो पुजामा अनिवार्यरूपमा गाई अथवा भैंसीको सिंग (पुङ्) र झ्याम्टा (हर्गेल) बजाएर सबै गाउँलेहरू तोस्खम् वरिपरि संकृतिक नृत्य गर्दछन् जुन नाचलाई तोस् सील् भन्दछन् ।

तोस् पुजा किरात पिल्मो जातिको महान चाड हो जसले इतिहास, सभ्यता, संकृति, आस्था र मौलिकता बोकेको पर्व हो । तोस् पुजाले पिल्मो जातिको मौलिकता स्पस्ट झल्कीने एक महापर्व हो । पुजाको दिन सामाजिक रूपमा सारा गाउँमा बारिभित्रको सबै कामहरू साथै मेलापात अनिवार्य रूपमा वर्जित रहन्छ ।  तोस् पूजा गर्नको लागि पिल्मो राई समुदायले चोखो स्थानमा स्थायी रूपमा प्रयोग गरिने तोस्खम् (तोस स्थान अथवा भुमेथान) स्थापना गर्दछन् । एक वर्षमा तीन पटक विधिवतरूपले तोस् पुजा पिल्मो राई जातिले गर्ने गर्दछन् ;1. असोज महिनामा (खान्दीरी ला) – थोतोस् / जाबुङ्तोस् / साइरूम्तोस्, 2. चैत महिनामा (हाल्स् ला)- फुर्त तोस् / गोमुल्तोस् / रूम्बुलतोस् र 3. जेठ महिनामा (लिल् ला) – योउतोस् / बान्छेर तोस् / चाप्बेइ तोस् । तोस् पुजा पूर्णे छेका पारेर सोमवार अथवा विहिवार मात्र गर्दछ, अन्य दिनहरूमा र औसी छेका भने तोस् पुज्नु शुभअवशर मानिन्दैन । तोसलाई पिल्मो भाषामा चारीतोस् पनि भन्दछ । यी तीनै तोस् पुजाको आ-आफ्नै विषेशता छ । तोस् पुजाले पिल्मो जातिको प्रकृतीसंगको घनिष्ट आपसी समबन्घको दृष्टान्त संकेत गर्दछ साथै पितृहरू प्रतिको असिम श्रद्दा पनि जनाउँदछ । आदिकालमा तोस्खम् स्थापन् खप्दुलुले गरे त्यस्लाई पूजा गर्नको लागि सबभन्दा पहिले तोस्खम् (तोस् स्थान) प्रतिपादित गर्ने आदिम पुर्खा छाम्पानाम् थिए भनेर जानकार बुज्रुकहरू सृष्टीको इतिहास बताउँछन् । तर समयचक्रको गति, आधुनिक्ताको ताप र हिजआजको मानसिक्ता परिवर्तन ग्रस्त भएको वातावरणले सक्कलि इतिहासहरू विलुप्त हुँदै गइरहेको भेटिन्छ । पिल्मो जातिको उधौलि बुल् (सावन) महिना देखि शुरू हुन्छ र पिल्मो भाषा (इरीङ्)-मा छेकुनाम् दोनाम् भन्दछ अनि उभौलि लोनाप्पा (माघ) महिना देखि शुरू हुन्छ र पिल्मो भाषा (इरीङ्)-मा बुकुनाम् कीमुनाम् भन्दछ । सम्बत् अथवा नयावर्ष खान्दीरी (असोज) महिनामा बद्लिन्छ र यो समयलाई पिल्मो भाषा (इरीङ्)-मा खान्दीरी फाये भन्दछ । पिल्मो जातिमा तोस् , पित्रृकार्य, पुजा-आजा साथै कुनै कार्यहरू बिधिवतरूप्ले गर्दा समयलाई बखान नगरि हुँदैन समयको पुकारा नितान्त आवश्यक हुन्दछ त्यसैले पिल्मो जाति बुज्रुकहरूले आफ्नो भाषाको समय चक्र नाम ध्यानपुर्वक थाहा गरिराख्दछ ।

आदिमकालमा प्रतिस्थापित गरिएको तोस्खम् देतेलमा अवस्थित तोस्खम् हो, जो अहिले साझा तोस्खम् रहेको छ भनेर पिल्मो जातिका जानकार पुर्खहरूले बताउनु हुन्छ । तत्पश्चात् चोङ्कीदोमा स्थापित गरिएको थियो । देतेल् र चोङकीदोमा स्थापित तोस्खम् छाम्पानामको मृत्यु पश्चात् पिल्मो जातिको थोप् नामको पुर्खाले पुज्ने गरेको इतिहास आजका पुर्खाहरू बताउनु हुन्छ । किरात कालमा थोप देतेलबाट बसाइँ सरेर सात्दीको देनाम बसोबास गर्न पुगेको थियो । सात्दीको देनाममा बसोबास गर्दा थोपले देतेल् र चोङकीदोमा अवस्थित दुवै तोस् एकैदिन पुज्ने गर्दथ्यो । थोप पुर्खाले पुन:  आफ्नो बासस्थान परिवर्तन गर्दा सात्दीको देनामबाट हुङ्गा खोला पारि नाम्लु पुगेका थिए । नाम्लु नामाकरण थोप्लेनै गरेका थिए भनेर जानकार पुर्खाहरू बताउछन् । तोस् पुज्ने समयमा थोप नाम्लुबाट देतेल् पुग्ने गर्दथे जो पिल्मो जातिको एकमात्र तोस् पुजारी (तोस् नोक्छो) हुनुहुन्थ्यो । समय बित्दै जाँदा हुङ्गा खोला बग्ने किनारको जमिन खिएर खोला खहरिएर साँगुरियो र जाँगर तरेर खोला वारपार गर्न सम्भव भएन । हुङ्गा खोला साँगुरिएर जाँगर तर्न नसक्ने भएपछि वारीको मानिस वारी पारीको मानिस पारी हुनु पुग्यो र प्राकृतिक कारणले पिल्मो समाज दुई ईलाकामा छुटिन वाद्ध्य बन्यो । त्यस घटनापछि देतेल् र चोङ्किदोमा प्रतिस्थापित तोस्खम् पुगेर तोस् पूजा गर्न थोप असमर्थ हुन पुग्यो । हुङ्गा खोला साँगुरिएर तर्न नसकेको घटनाले दाजुभाइ वारिको वारि र पारिको पारि हुन पुगेपछि आपसमा भेट हुन सकेन । थोप पुर्खा समस्त पिल्मो जातिको तोस् नोक्छो (तोस् पुजारी) भएको कारणले तत्पश्चात् थोपले नाम्लु पुच्छरमा तोस्खम् स्थापना गरेर पुज्ने सुरुवात गरेको थियो । एउटा चाखलाग्दो इतिहासिक कहानि अनुसार थोप् नम्लु छुटिने समयमा छाम्पानाम् पिल्मो जातिको आदिमपुर्खाले निर्माण गरेर पुजेको एक जोडी सेकपुङ् (अर्नाको सिङ बाट बनाएको पुङ्) मध्ये एउटा देतेलमा पिल्मोवास् लाई दिएर एउटा नाम्लु थोप् पिल्मोको तोस् नोक्छो पुर्खाले हिस्सा स्वरूप लगे अनि त्यहि पुङ् होछासोले चोचोलु लगेर तोस् पुज्न थाले । समय बित्दै पुस्तान्तरण हुँदै जाँदा त्यहाँबाट नाम्लु डाँडामा तोस्खम् सार्ने सामाजिक निर्णय भएर त्यसताकका नाम्लुङ पुर्खाहरूले तोस्खम् सार्यो । थोपको सन्तानहरू आपसमा विभाजन हुँदा एक भाइको सन्तान (होछासोका सन्तान) नाम्लुबाट बसाइँ सरेर चोचोलु पुगेको थियो । नाम्लुबाट चोचोलु बसोबास गर्न पुगेको वंशले चोचोलुमा तोस्खम् स्थापना गरेर देउराम थरको नोक्छो (तोस् पुजारी) -ले पुज्न सुरुवात गरेको थियो । चोचोलुमा स्थापित गरेको तोस् वर्तमान अवस्थासम्म पुज्दै आइरहेको छ । नाम्लु डाँडामा अवस्थित तोस्खम् पहिरोको कारणले पुन: स्थानान्तर गरेर वास्दोवाको देवामा प्रतिस्थापित गरेको छ जुन तोस्खम् आजपर्यन्त पुजी रहेको छ । नाम्लु पुच्छरमा तोस्खम् स्थापित गरिएको समयमा नाम्लुको रोक्थुमा पनि तोस्खम् स्थापित गरिएको थियो । वास्दोवा र रोक्थु दुवै स्थानको तोस्खम् एकै दिनमा नाम्लुको तोस् नोक्छोले नै पुज्ने संकृतिक परम्परा आजसम्म चलिआएको छ । बिहान नाम्लुमा पुजेर बेलुकी रोक्थुमा पुज्ने पिल्मो जातिको संकृतिक परम्परा छ । चोचोलुमा पुजिने तोस्खम् पुजारीको मृत्यु पश्चात् मृतक पुजारीको नाममा एउटा चेप्टो लामो ढुङ्गा ठड्याउने गरिएको प्रचलन रहिआएको छ ‌। ठड्याउने गरिएको ढुङ्गाको गन्तिबाट अहिलेसम्म कति जना चोचोलुका तोस् नोक्छोहरू (पुजारीहरू) संसारबाट देह त्यागेर परलोक धाम जनुभयो भन्ने स्पष्ट बुझ्न सकिन्छ । ठड्याउने गरिएको ढुङ्गा एक सांकेतिक रूपमा तोस् पुजारीहरूको सम्मान साथै धेरै अर्थ लाग्ने पारम्परिक मौलिक सभ्यताको बहुमुल्य प्रतिक हो । धेरै वर्ष पहिला चोचोलुबाट देउराम थरका पुर्खा फेदि सिल्बासको, भोजपुर बसाई सरेर जाँदा चोचोलुको तोस्लुङ (योङ्खोलु) लगेर फेदि सिल्बासकोमा तोस्खम् स्थापित गरेको मौखिक इतिहास यदाकदा सुन्न पाइन्छ अनि त्यहि तोस्लुङ (योङ्खोलु) आज पनि फेदि सिल्बासकोमा स्थापित तोस्खममा देउराम थरलेनै पुज्दछ । इतिहास र जीवन्त परम्पराले पुस्टी गर्दछ किरात पिल्मो जातिमा तोस् पुजाले कति ठूलो सांस्कृतिक, धार्मीक र आध्यात्मिक महत्व बोकेको छ भनेर । दुई (प्रकृति र पितृ ) –को आस्थामा जीवन्त रहने (पिल्मो) जाति जस्लाई प्रकृति – पितृ – पिल्मो –को अलौकिक सम्बन्घ बुझन सकिन्छ । पिल्मो जाति संसारको प्राचीन हुन् किनकि हरेक बस्तुमा इश्वरको बास रहेको मान्दछ र पुजा-अर्चना अनि बन्दना गर्ने किरात सभ्यतामा पर्ने एक विशेष आदिम् जाति हो ।

सङ्कलक अनि लेखकः

डा. बी.बी. लोवात्ती पिल्मो राई रिसिबु

                 एम.बि.बि.एस (बमयु.), एम.डी.(मायु.), एम.आइ.पि.एच.ए (कोल.)

पासिङ छिर्माखा, सुक्खीम् , भारत ।

साभारः

पिल्मो खुलुरीप्सु, साखाम्बुछा, नोक्छो, बुज्रुकहरू र युवा-युवतिहरू सबैलाई मेरो आन्तरिक ह्रदयबाट कोटी कोटी नमन गर्दछु यो इतिहास लिखितरूप्मा ल्याउनलाई पुर्ण सहयोग गरेर जातिको उत्थानलाई ठूलो टेवा पुर्याउनु भएकोमा ।



विचार

तोस् पुजा; पिल्मो राई जातिको मौलिकता बोकेको महान चाड़

किरात पिल्मो राई समाजले भूमि अर्थात् प्रकृतिलाई र पितृहरूलाई प्रमुख विधिविधानको साथ अनि महत्वको साथ पुजा-अर्चना, बन्दना अथवा पुज्ने गर्दछन् जुन विधिविधान संस्कृतिक र धार्मिक मूल परम्परा हो । प्रकृति र  पितृहरूको पूजालाई पिल्मो राई समाजले आफ्नो मौलिक भाषामा तोस् भन्ने गर्दछन् र नेपाली भाषामा मिल्दो जुल्दो शब्दमा भन्ने हो भने भूमे पुजा भन्न सकिन्छ […]

असलमा आवाज विहिनहरूसँगको पत्रकारिता

–निनाम लोवात्तीसमग्र मिडियाका सन्दर्भमा भन्नु पर्दा मिडिया भनेको आवाज विहीनहरूको पनि आवज हो । भन्ने भनाइ र आम मान्यता रहेको छ । तर यो भनाइ र मान्यतानुसार नेपालका मिडियाहरू चलेका छन् त ? प्रश्न नै प्रश्नको घेरामा छ नेपाली पत्रकारिता। खास गरी ‘आदिवासी जनजाति, महिला, मधेसी, दलित, भाषाभाषी, धार्मिक समूह, तेस्रो लिंगी, पिछडिएको क्षेत्र, भिन्न […]

माझीको सहारामा खोला तर्ने नेपालीले विर्से माझीलाई

नारायण राईनेपाली समाजमा ‘माझीसँग मित लगाएमा पछि मर्दा घाट तारिदिन्छ’ भन्ने आहान प्रचलित छ । त्यसै कारण पनि अन्य जात÷जातिका मानिसहरू माझी समुदायसँग मित लगाउन लालायित हुने गर्दथे । तर आजभोली अधिकाङ्स खोलामा पुल बनिएका छन् । त्योसँगै गाउँगाउँसम्म सडक पुगेका छन् । जहाँ मरेपनि अब त बाटो हुँदै पुलबाट तरिजाउँला भन्ने मनोभाव बढेर पनि […]

सोताङ र कुलुङ राईको साझा भाषा

– सुरवीर सोताङ राई भाषाशास्त्रीहरूको अध्ययन र परिभाषा अनुसार प्रत्येक एक किलोमिटर दूरीको फरकमा शब्दको उच्चारणमा भिन्नता आउछ । भौगोलिक दूरीको अन्तरले भाषा वक्ताको उच्चारणमा फरक आउने रूपावलीलाई भाषाशास्त्रीय परिभाषामा भाषिका भनिन्छ । सामान्य बोलचालको भाषामा भाषिकालाई लवज भन्ने गरिएको छ । भाषाको लवज फरक भए पनि भिन्नाभिन्नै भूगोलमा बसोबास गर्ने वक्ताहरू बीच गरिने बोलचालमा […]