ललितपुर – नेपाल इतिहास संघले आज एक कार्यक्रमको आयोजना गरी आफ्नो स्थापना दिवस मनाएको छ । “स्थापना दिवस एवं नयाँ वर्ष २०८३ को शुभकामना आदान–प्रदान कार्यक्रम” को आयोजना गरी संघले ९ औँ स्थापना दिवस मनाएको हो ।संघका संस्थापक स्व. प्रा.डा. तुलसीराम बैधको तस्विरमा माल्यापर्ण गरी सुरु भएको कार्यममा इतिहासका मुर्धन्य व्यक्तिहरू त्रिरत्न मानन्धर र हेमन्त […]
न्यूयोर्क – सामुदायिक सरोकारका विषयमा नेपाल अमेरिका पत्रकार संघ -नेजा) ले न्यूयोर्कमा नेजा संवाद कार्यक्रम सम्पन्न गरेको छ । हाल अमेरिकामा आप्रवासन नीतिहरूमा परिवर्तन आएको छ । उक्त परिवर्तित आप्रवासन कानुनदेखि समुदायले प्राप्त गर्ने सेवा सुविधाका सन्दर्भमा छलफल भएको थियो । शनिवार भएको संवादमा समुदायमा भएका विभिन्न सामाजिक गतिविधिमाथि चर्चा परिचर्चा गर्नुका साथै नेपाली महावाणिज्य […]
फागुन ७ गते, नेपालगन्ज । सुशासनको क्षेत्रका क्रियाशिल संस्था बास नेपालले संस्थाको अर्धबार्षिक समिक्षा तथा योजना तर्जुमा बैठक सम्पन्न गरेको छ ।बैठकमा संस्थाले चालु आर्थिक बर्षको साउनदेखि पौषसम्म गरेको प्रगति तथा आर्थिक आय व्यय प्रस्तुत गरेको छ । उक्त हिसाव तथा प्रगति प्रतिवेदन आर्थिक वर्ष २०८२÷०८३ को ६ महिनाको हो । सोहि बैठकले आगामी ६ […]
किरात पिल्मो राई समाजले भूमि अर्थात् प्रकृतिलाई र पितृहरूलाई प्रमुख विधिविधानको साथ अनि महत्वको साथ पुजा-अर्चना, बन्दना अथवा पुज्ने गर्दछन् जुन विधिविधान संस्कृतिक र धार्मिक मूल परम्परा हो । प्रकृति र पितृहरूको पूजालाई पिल्मो राई समाजले आफ्नो मौलिक भाषामा तोस् भन्ने गर्दछन् र नेपाली भाषामा मिल्दो जुल्दो शब्दमा भन्ने हो भने भूमे पुजा भन्न सकिन्छ […]
–निनाम लोवात्तीसमग्र मिडियाका सन्दर्भमा भन्नु पर्दा मिडिया भनेको आवाज विहीनहरूको पनि आवज हो । भन्ने भनाइ र आम मान्यता रहेको छ । तर यो भनाइ र मान्यतानुसार नेपालका मिडियाहरू चलेका छन् त ? प्रश्न नै प्रश्नको घेरामा छ नेपाली पत्रकारिता। खास गरी ‘आदिवासी जनजाति, महिला, मधेसी, दलित, भाषाभाषी, धार्मिक समूह, तेस्रो लिंगी, पिछडिएको क्षेत्र, भिन्न […]
नारायण राईनेपाली समाजमा ‘माझीसँग मित लगाएमा पछि मर्दा घाट तारिदिन्छ’ भन्ने आहान प्रचलित छ । त्यसै कारण पनि अन्य जात÷जातिका मानिसहरू माझी समुदायसँग मित लगाउन लालायित हुने गर्दथे । तर आजभोली अधिकाङ्स खोलामा पुल बनिएका छन् । त्योसँगै गाउँगाउँसम्म सडक पुगेका छन् । जहाँ मरेपनि अब त बाटो हुँदै पुलबाट तरिजाउँला भन्ने मनोभाव बढेर पनि […]
– सुरवीर सोताङ राई भाषाशास्त्रीहरूको अध्ययन र परिभाषा अनुसार प्रत्येक एक किलोमिटर दूरीको फरकमा शब्दको उच्चारणमा भिन्नता आउछ । भौगोलिक दूरीको अन्तरले भाषा वक्ताको उच्चारणमा फरक आउने रूपावलीलाई भाषाशास्त्रीय परिभाषामा भाषिका भनिन्छ । सामान्य बोलचालको भाषामा भाषिकालाई लवज भन्ने गरिएको छ । भाषाको लवज फरक भए पनि भिन्नाभिन्नै भूगोलमा बसोबास गर्ने वक्ताहरू बीच गरिने बोलचालमा […]
तस्बिर : वि विल राइज फाउण्डेसन काठमाडाैवि विल राइज फाउन्डेसनले नेपाल सरकारलाई सहयोग स्वरुप ५० थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ । हङकङस्थित सिल्क रोड इन्टरनेसनल फाउन्डेसनको सहयोग र वि विल राइजको सहकार्यमा करिब ५० लाख रुपैयाँ बराबरको उक्त सामाग्री प्रदान गरिएको हो । फाउन्डेसनका संस्थापक निर्देशक निर्मल श्रेष्ठ र संचालन निर्देशक अनुप कुमार बरालले […]
बेलबारीविश्व व्यापी महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस(कोभिड–१९) लाई नियन्त्रणमा लिनका लागि प्रभावित देशहरूमा भाइरस विरुद्ध खोप लगाउन थालिएको छ । यसै क्रममा नेपालको प्रदेश नं. १ अन्तर्गत मोरङको बेलबारीमा पनि खोप लगाउन थालिएको छ । यो चरणको खोप चीनमा उत्पादित भेरोसेल खोप हो । हाल बेलबारीमा ३५ सय डोज खोप उपलब्ध रहेको नगरका प्रवक्ता योगेन्द्र […]
बेलबारीप्रदेश नं. १ अन्तर्गत मोरङको बेलबारीमा रहेको मालपोत कार्यालय तीन दिनको लागि बन्द गरिएको छ । मालपोत कार्यालय बेलबारीले एउटा सूचना जारी गर्दै कार्यालय बन्द हुने कुराको जानकारी दिएको छ । कार्यालयका केहि कर्मचारीहरूमा कोरोना भाइरस (कोभिड–१९) पुष्टी भएको र अन्यमा पनि ज्वरो आउने, थकाई महशुस हुने, आँखा पाक्ने जस्ता कोभिड–१९ सँग मिल्दाजुल्दा लक्षणहरू देखिएकाले […]
काठमाडाैँ – इन्जिनियरिङकाे पढाइ सकिएपछि के गर्ने भन्ने विद्यार्थीहरूलाइ लक्षित गरी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ । इन्जिनियरिङ विषयमा अन्तिम वर्षमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी पढाई सकिएपछि काम पाउन अथवा आफ्नै फर्म खोली काम गर्न के कस्ता बजारोन्मुख सीपहरू आवश्यक हुन्छन् भन्ने विषयमा आज सानेपाको एभरेष्ट इन्जिनियरिङ कलेजमा व्यवसायी, विद्यार्थी तथा शिक्षकहरू बीच गहन अन्तरक्रिया […]
काठमाडाैँ – नेपालमा जापानी कस्मेटीक, स्किन केयर तथा हेल्थ केयर प्रोडक्टस्को विक्री थालनी भएको छ । भाटभटेनी सुपरमार्केट तथा होमा विच सहमति भएपछि जापानी कस्मेटीक स्किन केयरहरू विक्री हुन थालेको हो । जापानी स्किन केयर तथा कस्मेटिक आयातकर्ता होमा द्वारा नेपाली बजारमा उक्त उत्पादनहरु बजारमा ल्याइएको हो । उत्पादनहरू भाटभटेनी सुपरमार्केटमा उपलब्ध हुने छन् । […]
सिन्धुली,फाल्गुण १४जिर्घा खोलामा पक्की पुल निर्माण भएपछि गाउँ बस्तीलाई सुविधा हुने भएको छ । सिन्धुली जिल्लाको कमलामाई नगरपालिका १२ स्थित जिर्घा खोलामा पुन निर्माण कार्य सुरु भएको छ । उक्त पुन सो क्षेत्रका पिछडिएका ग्रामिण बस्तीका सर्वसाधरणहरूलाई लक्ष्यित गरी हुने निर्माण गरिएको हो । निर्माणाधिन डबल लेनको पुल स्थानीय पुर्वाधार विकास आयोजना हेटौडाको ४ करोड […]
काठमाडौँ – काठमाडौँ सामान ढुवानी व्यवसायी संघको ११ औँ वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । ‘‘सामान ढुवानी व्यवसायलाई व्यवस्थीत र प्रभावकारी बनाउनु राज्यको आवश्यकता रहेको छ ।’’ बागमती प्रदेशका मुख्य मन्त्री तथा कार्यक्रमका प्रमुख अतिथि ईन्द्रबहादुर बाँनियाले कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा सो कुरा बताएका हुन् । सोहि क्रममा बाँनियाले जेन्जी आन्दोलनका क्रममा पूर्ण […]
काठमाडाैँ – नेपालमा सामाजिक सञ्जालहरू मध्ये फेसबुक, युटुव, वाट्सव, इन्स्टाग्राम लगायतका एप्स सञ्चालनमा रोक लगाएको छ । भनेको ती एप्सहरूको सञ्चालन बन्द भएको छ । सरकारले ती सामाजिक सञ्जालहरूलाई नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सुचीकरण हुनका लागि सूचनाहरू जारी गरेको थियो । सरकारले जारी गरेको समयावधिमा दर्ता नगरिएपछि ती सामाजिक सञ्जालहरू बन्द गरिएको […]
नारायण राईसुनसरी–कोशी उच्च बाँध निर्माण कार्य पुनः सुचारु गरिएको छ । विगत ४४ वर्ष अघिदेखि सुरु भएको सप्तकोशी उच्च बाँधको काम पुनः सुरु भएको छ । उक्त आयोजनाको नाम सप्तकोशी उच्च बाँध बहुउद्देश्यीय आयोजना तथा सुनकोशी स्टोरेज कम डाइभर्सन आयोजना रहेको छ । निर्माण कार्य धनकुटाको साँघुरीगढी गाउँपालिका वडा नं. १० मा ड्रिलिङ कार्य सुरु […]
काठमाडौँ / भोलि चैत २२ गतेबाट लागू हुने गरी नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य प्रत क्रेट ३७५ रूपैँया निर्धारण गरिएकाे छ । ताेकिएकाे मूल्यअनुसार मध्यम (मिडियम) अण्डा प्रति क्रेटको मूल्य ३७५ रूपैयाँ तोकिएको छ । त्यस्तै, ठूलो अण्डा प्रति क्रेटको मूल्य ३९० रूपैयाँ र एक्सएल […]
काठमाडौँ / ४ रुपैयाँमा केश काटेर बि.स्टार एकेडेमी एण्ड युनिसेक्स सलूनले चौथो वार्षिकोत्सव मनाएको छ । सलूनका सञ्चालक एंव मेकअप आर्टिस्ट बिक्रम गौतमको सभापतित्वमा सलूनको बुढानिलकण्ठ नगरपालिका मेयर मीठाराम अधिकारीको प्रमुख आतिथ्यतामा,बुनपा वडा नं १२ का वडाध्यक्ष शम्भु भट्टराई, बुनपा वडा नं १० का वडाध्यक्ष नमराज भट्टराईको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । प्रमुख […]
काठमाडौँ / काठमाडौँको बौद्धस्थित ‘फोल्तोङ’ नेपाली स्ट्रिट फुडको ग्राण्ड ओपनिङ गरिएको छ । बौद्धस्थित शेर्पा गुम्बा सङ जोडीको पहिलो र दोस्रो तल्लामा एक कार्यक्रमबिच वरिष्ठ गायक एंव संगीतकार कर्म बोम्जनले ओपनिङ भएको घोषणा गरेका हुन । दावा डुक्पा लामा र डिकी लामाले संयुक्त रूपमा उक्त रेस्टुरेण्ट सञ्चालनमा ल्याएका हुन । रेस्टुरेन्टमा नेपाली र चाइनिज खानाको […]
नारायण राई इटहरी – साहित्यकार धरणीधर दाहालको ९९ औ जन्मजयन्तीको अवसरमा आयोजित धरणीधर दाहाल स्मृति पुरस्कार तथा सम्मान कार्यक्रममा दुई व्यक्तित्व सम्मानित भएका छन् । त्यसरी सम्मानित हुनेहरूमा भक्त राई (पिएडी) र विशिष्ट सितार वादक प्रा.डा. ध्रुवेशचन्द्र रेग्मी रहेका छन् । द्वोयलाई जनही नगद ५१ हजार रुपैयाँ र ताम्रपत्र सहित सम्मानित गरिएको हो । कार्यक्रम […]
काठमाडौँ । सर्वनाम नाटकघरमा ‘जब फूलले आकार लिन्छ..’ नाटक मञ्चन भइरहेको छ । नाटक सर्वनाम २१ औँ ब्याचले प्रस्तुत गरेका हुन् । कालिकास्थान स्थित सर्वनाममा साउन १२ गतेदेखि नाटक प्रदर्शन भइरहेको छ । नाटकमा प्रशिक्षार्थी समूहकै प्रस्तुति, लेखन तथा निर्देशन रहेको छ ।‘जब फूलले आकार लिन्छ…’ नाटकमा दुई समानान्तर पात्रहरूको आफ्नो भोगाइलाई चित्रण गरिएको छ […]
२०८१ चैत २९, काठमाडौं । साहित्यिक पत्रकार सङ्घको आयोजनामा आज आनन्द पशुपति होटल, तिलगंगा, काठमाडौंमा भएको एक भव्य कार्यक्रममा कवि एवम् कलाकार नरेन्द्रबहादुर श्रेष्ठ र उहाँकी धर्मपत्नी नीरू श्रेष्ठलाई हार्दिक अभिनन्दन गरियो । नेवारी परम्पराअनुसार जङ्कु हुन लागेको अवसर पारेर त्यसको पूर्वसन्ध्यामा आज उहाँहरूलाई अभिनन्दन गरिएको हो । साहित्यिक पत्रकार संघको नेतृत्वमा भएको उक्त अभिनन्दन […]
काठमाडौँआजबाट मौसममा सुधार आएको छ । निरन्तरको भारी वर्षा कम हुन थालेको छ । मौसममा सुधार आएसँगै हिजो शनिवार साँझबाट रोकिएको आन्तरिक र अन्तरर्राष्ट्रिय दुवै हवाई सेवा सुचारु भएको छ । तर सडक मार्ग भएर गुड्न सवारी साधनमा भने अझै लामो दूरीको यात्रा नगर्न सरकारले अनुरोध गरेको छ । देशका विभिन्न स्थानमा पहिरो खसिरहेको र […]
काठमाडौँनेपालका विभिन्न भागमा १६ गतेदेखि निरन्तर वर्षा भइरहेको छ । लामो दूरीको सवारी आवतजावतमा रोक लगाइएको छ । आज राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले सूचना निकालेर सो विषयको जानकारी गराएको छ ।प्राधिकारणले जल तथा मौसम विज्ञान विभागको हवला दिँदै यही असोज १८ देखि २० गतेसम्म देशका विभिन्न भागमा चट्याडसहित हल्कादेखि मध्यम वर्पा भइरहेको […]
काठमाडौँनेपाल सरकार गृह मन्त्रालय राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण शाखाले देशमा भारी बर्षा भइ नदीको बहाब बढ्ने जनाएको छ । त्यसका लागि उच्च सतर्कताका अपनाउन अनुरोध गरेको छ । सूचनामा भनेको छ – ‘‘जल तथा मौसम विज्ञान विभागका अनुसार यही असोज १७ गतेदेखि २० गतेसम्म देशका खासगरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी […]
काठमाडौं । ‘जेनजी’ पुस्ताको आन्दोलनका क्रममा काठमाडौंको बबरमहल र नयाँ बानेश्वर क्षेत्रमा पत्रकारमाथि भएको आक्रमणप्रति नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले गम्भीर ध्यानाकर्षण जनाएको छ । काठमाडौं शाखाका सचिव रमेश कुमार बोहोराले जारी गरेको विज्ञप्तिमा आन्दोलनमा समाचार संकलन गर्ने क्रममा प्रहरीको गोली लागी कान्तिपुर टेलिभिजनका पत्रकार श्याम श्रेष्ठ, नयाँ पत्रिकाका फोटो पत्रकार दिपेन्द्र ढुंगाना तथा नेपाल […]
मोरङ्गमोरङ्ग जिल्लाका स्थानीय पालिकाका वडा कार्यालयहरूबाट राष्ट्रिय परिचयपत्र वितरण भइरहेको छ । रापपमा भएका नाम अशुद्ध, उमेर फरक, ठेगाना फरकले गर्दा वृद्धाहरूले शास्ती व्यहोर्नु परेको छ । हाल वृद्धाभत्ता थाप्न पनि राष्ट्रिय परिचयपत्र आवश्यक हुन थालेको छ । वृद्धा भत्ता खानकै लागि भए पनि वृद्धावृद्धहरू राष्ट्रिय परिचय पत्र बनाउन बाध्य भएका छन् । त्यसरी बाध्यकारी […]
काठमाडौँ । नेपाल मेडिकल कलेजमा ल्याप्रोस्कोपी प्रविधिबाट एक युवाको बिग्रिएको मिर्गौला निकालिएको छ । मिर्गौला फेल भएका मकवानपुर हेटौंडाका ३७ वर्षीय नवराज दाहालको देब्रे मिर्गौला ल्याप्रोस्कोपी प्रविधिबाट निकालिएको हो । एक महिना अगाडि कम्मरको देब्रे भाग अत्याधिक दुखेपछि उपचारका लागि अस्पताल जाँदा उनलाई मिर्गौलाको पत्थरी भएको देखिएको थियो । त्यसपछि सिटी स्क्यान गरेर हेर्दा नवराजको […]
काठमाडौं, २८ चैत । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशैभर आंशिक बदली रहेको छ। दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखी मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागको […]
काठमाडौँ / विगत २४ घण्टामा सडक विभाग परिसर हुँदै जाने सडकका बारेमा तस्बिर राखी सामाजिक सञ्जालमा अतिरञ्जित प्रतिक्रियाबारे सडक डिभिजन काठमाडौँको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आज एक विज्ञप्ति जारी गर्दै विभागले शनिबार सबग्रेडको तयारी गरेको भोलिपल्ट आएको वर्षाको कारण सडक हिलो भएको विषयलाई सडक विभागकै प्रतिष्ठासँग जोडेर अतिरञ्जित गर्नु खेदजनक भएको जनाएको हो […]
सिन्धुली – सिन्धुलीको गोलन्जोर गाउँपालिकामा भएकाे फुटवल प्रतियाेगिताकाे फाइनल खेल वडा नं. ७ काे पाेल्टामा परेकाे छ । गाेलन्जाेर पालिका दाेस्राे अध्यक्ष कप वडा नं. ४ खोक्लिङ खेलमैदानमा आयोजना भएको थियाे । दोस्रो अध्यक्ष कप प्रतियोगिताको फाइनल खेल शुक्रबार रोमाञ्चक मोडमा सम्पन्न भएको थियाे । वडा नं. ७ खुर्कोटले वडा नं. ४ लाई ट्राइब्रेकरमा ३–२ गोल […]
माघ २ देवदह । रुपन्देहीको देवदह नगरपालिकामा हुने दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेका छ । माघ ३ गतेदेखि ५ गते तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिता केरवानी माध्यमिक विद्यालयको आतिथ्यमा हुने भएको हो । प्रतियोगिता देवदह पानबारी खेल मैदानमा हुने नगरपालिकाले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्नका लागि भौतिक संरचना मर्मतको कामलाई तीव्रता […]
बेलबारी – मोरङ्गको बेलबारीमा सञ्चालित दोस्रो बेलबारी खुल्ला कराते प्रतियोगितको उपाधि रङ्गशाला डोजो(प्रशिक्षण केन्द्र) धरान, सुनसरीले हात पारेको छ । २६ गोल्डमेडलसँगै धरान प्रतियोगिताको विजेता समूह बनेको हो । त्यसै गरी १२ गोल्डमेडल सहित बेलबारी कराते एकेडेमी, मोरङ्ग दोस्रो भएको थियो । भने ११ गोल्डमेडल सहित कनकाई कराते एकेडेमी, झापा तेस्रो भएको थियो । एक […]
मन्दिरा अधिकारी भक्तपुर / विगत १२ वर्षदेखि भक्तपुरमा बेसबल तथा सफ्ट बल खेलको विकास एवं विस्तारमा तल्लीन रहेको राईजिङ्ग स्टार्स बेसबल क्लबको पहिलो अधिवेशनबाट अध्यक्षमा रोशन थापा सर्वसम्मत निर्वाचित भएका छन् । क्लबको उपाध्यक्षमा भने लक्ष्मी कुवर थापा, सचिवमा निश्चल केसी, कोषाध्यक्षमा उज्ज्वल राउत, सदस्यहरूमा सगुन खिचाजु, रमा राउत, प्रदीप पौडेल, विशाल खड्का, पूजन खिचाजु, […]
चक्र प्रसाद पोख्रेलकाठमाडौं / यस वर्षकाे भोट्खोला ल्होसार फुटवल कप २०८० सम्पन्न भएको छ । संघर्षशिल युथ क्लब सेक्सुमको आयोजनामा हुने गरेकाे ल्हाेसार कप काठमाडौंको सिफल चौरमा दाेस्राे पटक सुरु भएको हाे ।गत्त मंलबारबाट शुरु भएको खेल आठ दिनसम्म संञ्चालन भएको थियो । पुरुष तर्फ ३३ टिम र महिला तर्फ ११ टिम सहभागी भएका थिए […]
काठमाडौं – राष्ट्रियस्तरको अबाकस प्रतियोगीता सम्पन्न भएको छ । बाल बिकास एनसीमास संस्थाको आयोजनामा सम्पन्न प्रतियोगीतामा जुनियर, मिडिल र सिनियर लेबलको छुट्टाछुट्टै प्रतिष्पर्धा गराईएको थियो । पूर्व शिक्षामन्त्री, सांसद एवं नेपाली कांग्रेसका नेता दिलेन्द्र प्रसाद बडु प्रमुख अतिथि र गण्डकी प्रदेशसभा सदस्य टिकाकुमारी बस्याल विशेष अतिथि रहेको कार्यक्रममा १ सयभन्दा बढि विद्यालयका प्रतियोगी विद्यार्थी, शिक्षक […]
कास्की । विकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिप नेपाल-२०८० को उपाधि पुरुषतर्फ सशस्त्र प्रहरी बल एपीएफ र महिलातर्फ सुदुरपश्चिम प्रदेशले हात पारेका छन् । सुन्दर ढोका साथि सेवाको मुख्य प्रायोजनमा आयोजनामा भएको प्रतियोगिताको फाइनलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई २९–२८ अंकले पराजित गर्दै उपाधि उचालेको हो । त्यस्तै त्रिभुवन आर्मी क्लबले उपविजेतामा चित्त बुझाएको छ । त्यस्तै […]
काठमाडौं – नेपाली सेनाले हरेक वर्ष गर्दै आएको लघुचलचित्र प्रतियोगितामा यो वर्ष रबिन तामाङको लघुचलचित्र ‘उडान’ले प्रथम स्थान हासिल गरेको छ । नेपाली सेना लघुचलचित्र प्रतियोगिता २०८१ अन्तर्गत प्राप्त ५० ओटा आलेखमध्ये छनोट भएको उत्कृष्ट १० प्रतियोगी कथाले लघुचलचित्र निर्माणमा भाग लिएको थियो । गत चैत २० गते कार्यक्रमका प्रमुख अथिति तथा प्रधान सेनापती अशोकराज […]
मोरङ्गप्रमोसन तथा दर्शक भेटघाटको लागि ‘गाउँ आएको बाटो’ को टिम पूर्व लागेका छन् ।आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै टिम पूर्व प्रवेश गरेका हुन् । शुक्रबारबाट नेपालका हलहरूमा फिल्म लागेको छ । सिनेमा नेपालको पूर्वी क्षेत्र भोजपुरमा छायङ्कन गरिएको छ । राईमाइला मार्फत आजको समाजको चित्र कोर्न खोजेको निर्देशक नविन सुब्बाले सम्मेलनमा बताएका थिए । ‘‘यो […]
काठमाडाैं । राष्ट्रिय बाल नाटक मेला २०८० काे सर्वाेत्कृष्ट नाटक ‘भागु’ घाेषित भएकाे छ । उत्कृष्ट अभिनेता, अभिनेत्री, निर्देशक लगायत ७ वटा अवार्डसहित सर्वोत्कृष्ट नाटकको उपाधि सहित ‘भागु’ ले एक लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेकाे हाे । नाटक मेलाकाे समापन समाराेहमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चाैधरीले विजयी नाटकका कलाकार, निर्देशक लगायतलाई […]
काठमाडौं – गायिका निता आचार्यको स्वरमा रहेको गीत ‘चुप चाप’ सार्वजनिक भएको छ । विश्व साइकल यात्री पुस्कर शाहको शब्द, शंकर थापा ‘स्माइल’को संगीत, विश्व अधिकारीको एरेञ्ज र कुमार केसीको मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । किरण श्रेष्ठले निर्देशन गरेको गीतको भिडियोमा अभिनेत्री शर्मिला मल्ल र पुस्कर शाहलाई फिचरिङ गरिएको छ । प्रताप […]
काठमाडौँ – ‘दोश्रो राष्ट्रिय एक्टिभ म्युजिक अवार्ड २०८०’ मा सर्वोत्कृष्ट तामाङ सेलो गायिकाको अवार्ड गायिका सुस्मिता स्याङ्तानले प्राप्त गरेकी छिन् । तामाङ सेलो गीत ‘सगुन छ्योइजी’बाट उनले अवार्ड प्राप्त गरेकी हुन् । एक्टिभ ईन्टरटेनमेन्ट प्रा.लिद्धारा आयोजित उक्त कार्यक्रम नेपाल सरकारका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङको प्रमुख आतिथ्यता रहेकाे थियाे । कार्यक्रम चलचित्र […]
२०७७-०३-३१ सुनसरी सुनसरीको इटहरीमा आज जाऔँ साथी सरर, सिमाना बचाऔँ कालापानी पुगेर बोल्को गीत सार्वजनीक गरिएको छ । आज नै सो गीतको मिम्युजिक भिडियो पनि सार्वजनिक गरिएको हो । सो गीतमा प्रेम बिष्ट र गङ्गा गौतमले स्वर दिएका छन् । जुन गीतमा पूर्व प्राज्ञ राम धामीले सङ्गीत भरेका छन् । गीतको शब्द रचना प्रेम बिष्ट […]
२०७६-०९-१९ पर्यटक भन्छन् अरु भन्दा शान्त र राम्रो ठाँउ रहेछ । मोरङमोरङको बेलबारीमा रहेको किरात राई यायोक्खा परिसरमा आन्तरिक पर्यटकहरूको सङ्ख्या बढ्न थालेको छ । वनभोज खाने मौसम सुरु भएसँगै सो क्षेत्रमा पर्यटनहरूको सङ्ख्यामा वृद्धि आएको हो । किरात राई समुदायको साकेला स्थल समेत रहेको धार्मीक वन क्षेत्रमा अप्रत्यासित रूपमा वनभोज खान आउने मानिसहरूको सङ्ख्यामा वृद्धि भएको […]
२०७६-०५-२२ मोरङपहिलो लिवुवान आइडल कञ्चन थलङ लिम्वू र बेलबारी आइडलका उपविजेता अलिया साँवा लिम्वूको जोरदार प्रस्तुती रहेको छ । किरात याक्थुम चुम्लुङ बेलबारीको आयोजनामा भएको पहिलो ऐतिहासिक अधिवेशनमा थलङ र साँवाले आफ्नो प्रस्तुती राखेका हुन् । थलङले चिसो चिसो, हाक्पारे लिम्वू आदि गीत गाएका थिए भने साँवाले बाल गीत गाएकी थिइन । गायक गायीकाले गीत गाइरहँदा उपस्थित दर्शक […]