इटहरीमा संस्कृति विद् र सङ्गीत साधक सम्मानित

नारायण राई इटहरी – साहित्यकार धरणीधर दाहालको ९९ औ जन्मजयन्तीको अवसरमा आयोजित धरणीधर दाहाल स्मृति पुरस्कार तथा सम्मान कार्यक्रममा दुई व्यक्तित्व सम्मानित भएका छन् । त्यसरी सम्मानित हुनेहरूमा भक्त राई (पिएडी) र विशिष्ट सितार वादक प्रा.डा. ध्रुवेशचन्द्र रेग्मी रहेका छन् । द्वोयलाई जनही नगद ५१ हजार रुपैयाँ र ताम्रपत्र सहित सम्मानित गरिएको हो । कार्यक्रम […]

सर्वनाममा ‘जब फूलले आकार लिन्छ…’ मञ्चन

काठमाडौँ । सर्वनाम नाटकघरमा ‘जब फूलले आकार लिन्छ..’ नाटक मञ्चन भइरहेको छ । नाटक सर्वनाम २१ औँ ब्याचले प्रस्तुत गरेका हुन् । कालिकास्थान स्थित सर्वनाममा साउन १२ गतेदेखि नाटक प्रदर्शन भइरहेको छ । नाटकमा प्रशिक्षार्थी समूहकै प्रस्तुति, लेखन तथा निर्देशन रहेको छ ।‘जब फूलले आकार लिन्छ…’ नाटकमा दुई समानान्तर पात्रहरूको आफ्नो भोगाइलाई चित्रण गरिएको छ […]

कवि-कलाकार नरेन्द्रबहादुर श्रेष्ठको अभिनन्दन

२०८१ चैत २९, काठमाडौं ।  साहित्यिक पत्रकार सङ्घको आयोजनामा आज आनन्द पशुपति होटल, तिलगंगा, काठमाडौंमा भएको एक भव्य कार्यक्रममा कवि एवम् कलाकार नरेन्द्रबहादुर श्रेष्ठ र उहाँकी धर्मपत्नी नीरू श्रेष्ठलाई हार्दिक अभिनन्दन गरियो ।  नेवारी परम्पराअनुसार जङ्कु हुन लागेको अवसर पारेर त्यसको पूर्वसन्ध्यामा आज उहाँहरूलाई अभिनन्दन गरिएको हो । साहित्यिक पत्रकार संघको नेतृत्वमा भएको उक्त अभिनन्दन  […]

बेलबारीको निगुरो रमेश निरौलाको कार्यकालमा मर्‍याे

नारायण राईबेलबारी– २०६७ सालमा बेलबारी क्षेत्रको साहित्य विकासको लागि भनेर ‘‘बेलबारी साहित्य विकास समिति’’ गठन भयो । त्यस समितिको पहिलो अध्यक्ष रेखा सुवेदी भइन् । त्यस कार्यकालमा ‘‘निगुरो’’ पत्रिका र ‘‘निगुरो’’ अनलाइन सञ्चालनमा आयो ।त्यसपछि तिला लेकारी अध्यक्ष भइन् । उनको कार्यकालमा ‘‘निगुरो’’ पत्रिका तिन अंक आएर बन्द भयो । ‘‘निगुरो’’ अनलाइन सञ्चालन भने सञ्चालन […]

कार्यक्रमको अन्तिम आकर्षण सामनाको पफमेन्स आर्ट

नारायण राईबेलबारी – सृष्टीमा सबैभन्दा पहिले प्रकृति त्यसपछि मानव र मानविय क्रियाकलापद्वारा संस्कारको विकास हुन्छ । जीवनको अन्तिम सत्य मृत्युलाई त्यही संस्कार अनुसार अन्तिम रूपमा व्यवस्थापन गरिन्छ । आफन्तहरूमा लाग्ने चोट, शून्य भावको थिमलाई बाँधेर सामनाले आज पफमेन्स आर्ट प्रस्तुत गरिन् । मोरङ्गको बेलबारीमा आजबाट प्रादेशिक ललितकला प्रदर्शनी सुरु भएको छ । प्रदर्शनीको पहिलो दिन […]

सर्वनाममा १३ देशको सहभागितामा इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल सुरु

काठमाडौंकाठमाडौंको कालिकास्थान स्थित सर्वनाम थिएटरमा चैत १७ गतेदेखि इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल सुरु हुँदैछ । इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल सोसाइटी र सर्वनाम थिएटरको सहकार्यमा आयोजना हुने फेस्टिभल ५ दिनसम्म सञ्चालन हुनेछ । महोत्सवमा जापान, भारत, चीन, थाईल्याण्ड, बंगलादेश, हङकङ, कोरिया, फ्रान्स, बेलायत, ताइवान, फिलिपिन्स, सिङ्गापुर, नेपाल सहित १३ देशका विभिन्न सहरका २ सय बढी रंगकर्मी […]

हर्कमान तामाङ्गकाे जीवनीमा आधारित पुस्तक विमाेचन 

बेलबारी पूर्व सांसद हर्कमान तामाङ्गकाे जीवनीमा आधारित पुस्तक “उपद्रष्टा हर्कमान तामाङ” आज विमाेचन भएकाे छ । कार्यक्रममा विमाेचन पुस्तक र अन्य पुस्तक समेत खरिद गरिएकाे थियाे । याे नयाँ अभ्यास भएकाे छ । जुन कार्यले लेखकलाई सहयाेग गर्ने र पठन सस्कारकाे विकास गर्ने वक्ताहरूले बताएका थिए । उक्त पुस्तक लेखक केशु गिरी(विरही)ले लेखेका हुन् । […]

साहित्यकार बादल चाम्लिङको कथासङ्ग्रह चेकेदेम विमोचन

बेलबारीमोरङ्गको बेलबारीमा ‘‘चेकेदेम राजारानीको दरबार’’ कथासङ्ग्रह विमोचन गरिएको छ । ‘चेकेदेम’ साहित्यकार बादल चाम्लिङको कथासङ्ग्रह हो । अद्वितिय क्षमता बोकेकी कथाकार चाम्लिङ यस धर्तीमा साहित्यको सुवास छर्न सफल अजरअमर साहित्यिक व्यक्तित्व हुन् । ‘पाठेघर’, वीर्यजमिन’ जस्ता चर्चित साहित्य कृतिहरूले चाम्लिङको साहित्य फाँटमा अमिट नाम स्थापित गर्न सफल भइसकेको छ । उनै बादलको आज एक कार्यक्रमको […]

पहिलो नाटक गर्दा नै जेल हालेको राज्यले गोपाललाई सम्मान भने वर्षौँपछि

काठमाडौँगोपाल देवान एक समय जेल परे । पञ्चायती व्यवस्थामा जनताका लागि सचेतना मुलक नाटक प्रस्तुत गर्दा उनी जेल परेका थिए । ‘आधी विनाको अन्त्य’ नाटक प्रस्तुत गर्दा उनी सात दिन प्रहरी हिरासतमा बस्नु परेको थियो । शारीरिक, मानसिक यातना खप्नु परेको थियो । उनको त्यो नै पहिलो नाटक थियो । आज त्यहि नाटकको कारण उनी […]

जर्मनीको फ्रयान्कफर्टमा रन्जु यादवको एकल चित्रकला प्रर्दशनी

काठमाडौं, बैशाख ११ गते / मिथिला चित्रकार रन्जु यादवको एकल चित्रकला प्रदर्शनी जर्मनीको फ्रयान्कफर्ट सहरमा शनिबार सम्पन्न भएको छ । आफ्नो बहुदेशीय एकल चित्रकला प्रदर्शनीका लागि राष्ट्रिय ललितकला पुरस्कार विजेता यादव अहिले ३३ दिवसीय युरोप कला यात्रामा छिन् । उनले युरोपका जम्मा चार वटा देशको भ्रमण गर्ने छिन् भने तीन देशमा एकल चित्रकला प्रदर्शनी गर्ने […]



विचार

सार्क मुलुकमध्ये श्रीलंकाको अनलाइन शिक्षा उत्कृष्ट

काठमाडौँ — कोरोना भाइरस फैलिएपछि श्रीलंकाको अनलाइन कक्षा सबैभन्दा प्रभावकारी रहेको जनाइएको छ । दक्षिण एसियाली सहयोग संगठन (सार्क) मुलुकको विश्वविद्यालय अनुदान आयोगहरूको दुई दिने भर्चुअल सम्मेलनले उक्त निचोड निकालेको हो ।