बेलबारी
लिम्वूहरूको जग्गा पहिले–पहिले जमिन्दारले कसरी हडप्थे त्यसलाई साम फिल्ममा उर्तान खोजीएको छ ।
शुक्रबार मोरङको बेलबारीमा किरात याक्थुम चुमलुङ बेलबारीको सहयोगमा लिम्वू मिथकमा आधारीत साम फिल्म प्रदर्शन भएको हो ।
किशोर सुब्बाद्वारा निर्देशित र हस्ता लिवाङद्वारा निर्मित फिल्ममा जमिनदारको शोषण, लिम्वूहरूको विवाहमा हुने अत्याधिक खर्च र मृत्य आत्माबारे कथा बगेहेको निर्देशक सुब्बाको भनाईछ ।
फिल्म छोटो तर निकै सिम्बोलीक रहेको किरात याक्थुमचुम्लुङ बेलबारीका सचिव कृष्ण मेन्याङवोले बताए ।
बेलबारीको फिल्म हलमा प्रदर्शित फिल्मका निर्देशक, निर्माता, कलाकार थापा काजिको उपस्थिति रहेको थियो ।