बेलबारीको किरात राई यायोक्खामा पर्यटकको सङ्ख्या बढ्दो

२०७६-०९-१९

पर्यटक भन्छन् अरु भन्दा शान्त र राम्रो ठाँउ रहेछ । 
मोरङ
मोरङको बेलबारीमा रहेको किरात राई यायोक्खा परिसरमा आन्तरिक पर्यटकहरूको सङ्ख्या बढ्न थालेको छ । वनभोज खाने मौसम सुरु भएसँगै सो क्षेत्रमा पर्यटनहरूको सङ्ख्यामा वृद्धि आएको हो । किरात राई समुदायको साकेला स्थल समेत रहेको धार्मीक वन क्षेत्रमा अप्रत्यासित रूपमा वनभोज खान आउने मानिसहरूको सङ्ख्यामा वृद्धि भएको देखिन्छ ।

तीन महिना अघिसम्म कोहि पनि नआउने स्थानमा यसै पुस महिनामा आन्तरिक पर्यटकको सङ्ख्या हत्तै बढेको छ । मंसिर महिनामा घुमफिर गर्न केहि मानिसहरू आउने गरेकामा पुस महिनामा भने घुम्न आउने र वनभोज खान(खेल्न) आउनेहरूको सङ्ख्या अचाक बढ्न थालेको किरात राई यायोक्खा बेलबारी नगर समितिका अध्यक्ष जितुमान राईले जानकारी दिएका छन् । राईका अनुसार यस महिना १७ ओटा वनभोज खाने टोलीहरू आइसकेका छन् । भने घुम्न आउनेहरूको सङ्ख्यामा पनि त्यतिकै वृद्धि भएको छ । 


आज शनिवार भएको कारण सो क्षेत्रमा घुम्न आउने र वनभोज खान आउनेहरूको चाप अधिक देखिन्थे । यायोक्खा परिसरमा झुला, चाकालीचुक, प्राचिन पिँङ रोटेपिँङ खेल्नुका साथै यलम्वर राजाको शालिक अघि उभिएर तस्विर खिचाउनुको विशेष विशेषता छ । भने संसारकै ठुलो हिड्ने अष्ट्रिच चरा तथा आकर्षक टर्की हेर्न पाइून्छ । प्राचिन कुरादेखि विश्वमै अनौठो चरा समेत हर्ने पाइने भएकाले विद्यालय(स्कूल) का बालबालिबाकाहरूका लागि ज्ञान प्रदान गर्ने स्थान समेत रहेको छ ।  त्यति मात्रै नभएर सो क्षेत्रमा नेपालमा पाइने सबै भन्दा ठुलो बाँसदेखि सबैभन्दा सानो बाँसका साथै विभिन्न प्रजातिका बाँस, जडिबुट्टी, विभिन्न खाले वनस्पति, सबै भन्दा लामो जरा भएको सखुवा(साल) को रूख, लामपुच्छे्र, सुगा, लाटिकोसेरो, कोइली, हुचिल, हलेसो, चिवे, भ्याकुरा, सारस, ठ्याउवा, सिमकुखुरा, लुइचे(वन कुखुरा), बदेल, खरायो, राजा हाँस, चिनी हाँस, मौरी आदि हेर्न सकिन्छ । भर्खरै मात्र विस्तार भएको सो पर्यटकी क्षेत्रमा वनभोज खानका लागि सीमित हटहरू रहेका छन् । हटहरू सीमित रहेका कारण आज वनभोज खान आउने दुई टोली त्यसै फकर्नु परेको पनि समिति अध्यक्ष राईले बताए । 


वि.सं. २०५० सालमा स्थापना भएको साकेला क्षेत्र २०६३ सालमा वन कार्यालयमा दर्ता भई सञ्चालित छ । 
‘‘खासमा हामी त अर्कै स्थानमा पिक्नीक खान जाँदै थियौँ, पानी परेर समस्या भैहरेका थियो, त्यसैवीचमा एउटा साथीले यहाँ पनि पिक्नीक खाने ठाउँ भएको र त्यहाँ पानीबाट पनि सुरक्षित हुनुका साथै सुविधा पनि रहेको बताएपछि हामी यहाँ आएका हौँ । हामीले सोचेभन्दा राम्रो रहेछ ।’’ नेवा मिसा दवु उपमहानगर समिति इटहरीकी अध्यक्ष अम्वीका श्रेष्ठले बताइन । 


यति राम्रो स्थान रैछ बरु अझै प्रवेश शूल्क बढाएर भए पनि वनभोज खाने स्थानहरू अझै बढाउन सके राम्रो हुन्थ्यो भन्छन् आज वनभोज खान आएका सप्तकोशी काठमाडौ यातायात प्रा.लिका अध्यक्ष सन्तोष खड्का । वनभोज खान सुन्दरहरँैचाबाट आएकी सुनिता घिमिरे भन्छिन् ‘‘खोर्साने हुँद पनि हामीलाई थाहा थिएन यति राम्रो ठाउँ । हाम्रो लागि नजिक पनि छ । अबदेखि अरुसाथीहरूसँग पनि हामी यहि ठाउँमा घुम्न र वनभोज खान आउँछौँ ।’’ बालबालिकालाई घुमाउनका लागि राम्रो स्थान भए पनि अलिक व्यवस्थित गर्नु पर्ने उनकै साथी रचना मर्हजनको सुझाव छ । हाइवे (रोड मार्ग बाटो) छेउमै भएकाले सबै जनाका लागि ज्यादै सुविधाजनक रहेछ । त्यसै कारण पनि यहाँ आगामी दिनमा अझै मानिसहरू आउने सम्भावना रहेको वनभोज खान आएकी गीता श्रेष्ठ बताउँछिन् । आजसम्म धेरै स्थानमा वनभोज खान र घुम्न गए पनि यो ठाउँ अरु भन्दा धेरै भिन्न र राम्रो लागेको बताउँछिन् अर्की पर्यटक विमला प्रधान । 


हालै नेपाल सरकारले यस वर्षलाई (२०२०) लाई पर्यटन बर्षको रुपमा घोषणा गरेको छ । सरकारले यस क्षेत्रलाई लगानी गरेर यहाँ रहेका पर्यावरण, वन्यजन्तु, समुदायिक संस्कार–सस्कृति, साँस्कृतिक नृत्य(साकेला)को विकास गरेमा नेपाल सरकारले लिएको पर्यटन वर्ष सफल बनाउन यस क्षेत्रको पनि विशेष योग्दान रहने देखिन्छ । 



विचार

तोस् पुजा; पिल्मो राई जातिको मौलिकता बोकेको महान चाड़

किरात पिल्मो राई समाजले भूमि अर्थात् प्रकृतिलाई र पितृहरूलाई प्रमुख विधिविधानको साथ अनि महत्वको साथ पुजा-अर्चना, बन्दना अथवा पुज्ने गर्दछन् जुन विधिविधान संस्कृतिक र धार्मिक मूल परम्परा हो । प्रकृति र  पितृहरूको पूजालाई पिल्मो राई समाजले आफ्नो मौलिक भाषामा तोस् भन्ने गर्दछन् र नेपाली भाषामा मिल्दो जुल्दो शब्दमा भन्ने हो भने भूमे पुजा भन्न सकिन्छ […]

असलमा आवाज विहिनहरूसँगको पत्रकारिता

–निनाम लोवात्तीसमग्र मिडियाका सन्दर्भमा भन्नु पर्दा मिडिया भनेको आवाज विहीनहरूको पनि आवज हो । भन्ने भनाइ र आम मान्यता रहेको छ । तर यो भनाइ र मान्यतानुसार नेपालका मिडियाहरू चलेका छन् त ? प्रश्न नै प्रश्नको घेरामा छ नेपाली पत्रकारिता। खास गरी ‘आदिवासी जनजाति, महिला, मधेसी, दलित, भाषाभाषी, धार्मिक समूह, तेस्रो लिंगी, पिछडिएको क्षेत्र, भिन्न […]

माझीको सहारामा खोला तर्ने नेपालीले विर्से माझीलाई

नारायण राईनेपाली समाजमा ‘माझीसँग मित लगाएमा पछि मर्दा घाट तारिदिन्छ’ भन्ने आहान प्रचलित छ । त्यसै कारण पनि अन्य जात÷जातिका मानिसहरू माझी समुदायसँग मित लगाउन लालायित हुने गर्दथे । तर आजभोली अधिकाङ्स खोलामा पुल बनिएका छन् । त्योसँगै गाउँगाउँसम्म सडक पुगेका छन् । जहाँ मरेपनि अब त बाटो हुँदै पुलबाट तरिजाउँला भन्ने मनोभाव बढेर पनि […]

सोताङ र कुलुङ राईको साझा भाषा

– सुरवीर सोताङ राई भाषाशास्त्रीहरूको अध्ययन र परिभाषा अनुसार प्रत्येक एक किलोमिटर दूरीको फरकमा शब्दको उच्चारणमा भिन्नता आउछ । भौगोलिक दूरीको अन्तरले भाषा वक्ताको उच्चारणमा फरक आउने रूपावलीलाई भाषाशास्त्रीय परिभाषामा भाषिका भनिन्छ । सामान्य बोलचालको भाषामा भाषिकालाई लवज भन्ने गरिएको छ । भाषाको लवज फरक भए पनि भिन्नाभिन्नै भूगोलमा बसोबास गर्ने वक्ताहरू बीच गरिने बोलचालमा […]