बेलबारी क्षेत्रमा कोरोना भाइरस विरुद्धको खोप लगाइदै

बेलबारी
विश्व व्यापी महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस(कोभिड–१९) लाई नियन्त्रणमा लिनका लागि प्रभावित देशहरूमा भाइरस विरुद्ध खोप लगाउन थालिएको छ । यसै क्रममा नेपालको प्रदेश नं. १ अन्तर्गत मोरङको बेलबारीमा पनि खोप लगाउन थालिएको छ । यो चरणको खोप चीनमा उत्पादित भेरोसेल खोप हो ।


हाल बेलबारीमा ३५ सय डोज खोप उपलब्ध रहेको नगरका प्रवक्ता योगेन्द्र सुवेदीले जानकारी दिएका छन् । खोप लगाउने कार्यक्रम आज र भोली यानिकी साउन १२ र १३ गते सबै वडाका स्वास्थ्य केन्द्रहरूमा लगाइने छ । यो चरणमा ५० वर्षभन्दा माथिका व्यक्तिहरू, सवारी साधनका चालक सहचालकहरू, विश्वविद्यालयका प्राचार्यहरू, विद्यालयका शिक्षकहरू, नेपाल सरकारले तोकेका अतिआवश्यक सेवामा संलग्नहरूलाई खोप लगाइदै छ ।


सरकारले बेलबारी क्षेत्रमा यसभन्दा अघि पनि खोप लगाएको थियो । त्यो खोप भारतको कोभिशील्ड थियो । तर त्यो प्रभावकारी नभएको खोप लगाउनेहरूले जनाएका छन् । पहिलो कोभिशील्ड खोप लगाएपछि पुनः अर्को खोप लगाउनु पर्नेमा तीन महिना वितिसक्दा पनि अर्को खोप प्राप्त गर्न नसकेपछि प्रवाभ शून्य भएको हो । कोभिशील्ड खोप प्रयोग कर्ता एक व्यक्तिका अनुसार ‘हामीले दुई खोप लगाउनु पर्नेमा एक खोप मात्र लगाउन पायौँ । बाँकी दोस्रो डोजको खोप आँउदै आएन । अब अर्को खोप लगाउभन्दा मिल्दैन रे कोभिशील्ड नै लगाउनु पर्ने रे, त्यस कुराले खोप लगाउने हामी अन्योलमा परेका छौँ । अब के गर्ने ?’



विचार

तोस् पुजा; पिल्मो राई जातिको मौलिकता बोकेको महान चाड़

किरात पिल्मो राई समाजले भूमि अर्थात् प्रकृतिलाई र पितृहरूलाई प्रमुख विधिविधानको साथ अनि महत्वको साथ पुजा-अर्चना, बन्दना अथवा पुज्ने गर्दछन् जुन विधिविधान संस्कृतिक र धार्मिक मूल परम्परा हो । प्रकृति र  पितृहरूको पूजालाई पिल्मो राई समाजले आफ्नो मौलिक भाषामा तोस् भन्ने गर्दछन् र नेपाली भाषामा मिल्दो जुल्दो शब्दमा भन्ने हो भने भूमे पुजा भन्न सकिन्छ […]

असलमा आवाज विहिनहरूसँगको पत्रकारिता

–निनाम लोवात्तीसमग्र मिडियाका सन्दर्भमा भन्नु पर्दा मिडिया भनेको आवाज विहीनहरूको पनि आवज हो । भन्ने भनाइ र आम मान्यता रहेको छ । तर यो भनाइ र मान्यतानुसार नेपालका मिडियाहरू चलेका छन् त ? प्रश्न नै प्रश्नको घेरामा छ नेपाली पत्रकारिता। खास गरी ‘आदिवासी जनजाति, महिला, मधेसी, दलित, भाषाभाषी, धार्मिक समूह, तेस्रो लिंगी, पिछडिएको क्षेत्र, भिन्न […]

माझीको सहारामा खोला तर्ने नेपालीले विर्से माझीलाई

नारायण राईनेपाली समाजमा ‘माझीसँग मित लगाएमा पछि मर्दा घाट तारिदिन्छ’ भन्ने आहान प्रचलित छ । त्यसै कारण पनि अन्य जात÷जातिका मानिसहरू माझी समुदायसँग मित लगाउन लालायित हुने गर्दथे । तर आजभोली अधिकाङ्स खोलामा पुल बनिएका छन् । त्योसँगै गाउँगाउँसम्म सडक पुगेका छन् । जहाँ मरेपनि अब त बाटो हुँदै पुलबाट तरिजाउँला भन्ने मनोभाव बढेर पनि […]

सोताङ र कुलुङ राईको साझा भाषा

– सुरवीर सोताङ राई भाषाशास्त्रीहरूको अध्ययन र परिभाषा अनुसार प्रत्येक एक किलोमिटर दूरीको फरकमा शब्दको उच्चारणमा भिन्नता आउछ । भौगोलिक दूरीको अन्तरले भाषा वक्ताको उच्चारणमा फरक आउने रूपावलीलाई भाषाशास्त्रीय परिभाषामा भाषिका भनिन्छ । सामान्य बोलचालको भाषामा भाषिकालाई लवज भन्ने गरिएको छ । भाषाको लवज फरक भए पनि भिन्नाभिन्नै भूगोलमा बसोबास गर्ने वक्ताहरू बीच गरिने बोलचालमा […]