वि विल राइज फाउन्डेसनद्धारा नेपाल सरकारलाई ५० थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण

तस्बिर : वि विल राइज फाउण्डेसन

काठमाडाै
वि विल राइज फाउन्डेसनले नेपाल सरकारलाई सहयोग स्वरुप ५० थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ । हङकङस्थित सिल्क रोड इन्टरनेसनल फाउन्डेसनको सहयोग र वि विल राइजको सहकार्यमा करिब ५० लाख रुपैयाँ बराबरको उक्त सामाग्री प्रदान गरिएको हो । फाउन्डेसनका संस्थापक निर्देशक निर्मल श्रेष्ठ र संचालन निर्देशक अनुप कुमार बरालले शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. दिपेन्द्ररमण सिंहलाई उक्त सहयोग हस्तान्तरण गरेका हुन् ।

एकपछि अर्को कोरोनाको लहरबाट ग्रुजिरहेको नेपाललाई त्यससँग जुध्न सहयोग पुगोस् भन्ने हेतु अक्सिजन कन्सन्ट्रेटर सहयोगका लागि पहल गरिएको फाउन्डेसनका संस्थापक तुलसी कुमार गुरुङले बताए । ‘ज्यान जहाँ रहेपनि मन त नेपालमै छ,’ हाल हङकङमा रहेका गुरुङले भने, ‘कुनैपनि कोरोना संक्रमित नेपालीले अक्सिजन अभावमा मृत्युवरण गर्नु नपरोस् भन्ने सोचले कन्सन्ट्रेटर सहयोगको पहल गरेका हौं ।’ हङकङेलीहरुले नेपाललाई आइपर्ने प्रत्येक आपतबिपतमा सहयोग गरिरहेको स्मरण गर्दै पछिल्लो सहयोगका लागि हातेमालो गर्ने सिल्क रोड इन्टरनेसनल फाउन्डेसनप्रति पनि आभार व्यक्त गरे ।

‘वि विल राइज फाउन्डेसन जस्ता संस्थाहरुको सहयोगले कोरोनालाई परास्त गर्न सहयोग पुग्नेछ,’ सहायता सामग्री ग्रहण गर्र्दै मन्त्रालयका प्रमुख विशेषज्ञ डा. सिंहले भने, ‘यो सहयोगका लागि फाउन्डेसनप्रति आभार व्यक्त गर्दछु ।’

भूकम्पपछि स्थापित फाउन्डेसनले स्वदेश तथा विदेशमा विभिन्न सामाजिक कृयाकलाप गर्दै आएको छ । स्थापना वर्षमै यसले सिन्धुपाल्चोकमा भूकम्पले ढलाएका घर र विद्यालयको पुनःनिर्माण गरेको थियो । पर्यटकीय दृष्टिकोणले प्रचुर सम्भावना भएरपनि ओझेलमा परेका पर्यटकीय थलोहरुको प्रर्वद्धनका निम्ति पछिल्लोसमय यसले ‘मेरो गाउँ, मेरो ठाउँ’ शिर्षकमा भिडियो च्यालेन्ज समेत गर्दै आएको छ । यद्यपि, कोरोना महामारीका कारण यसले निरन्तरता पाउन नसकेको फाउण्डेसनका निर्देशक एवं कार्यक्रम संयोजक श्रेष्ठले बताए ।



विचार

तोस् पुजा; पिल्मो राई जातिको मौलिकता बोकेको महान चाड़

किरात पिल्मो राई समाजले भूमि अर्थात् प्रकृतिलाई र पितृहरूलाई प्रमुख विधिविधानको साथ अनि महत्वको साथ पुजा-अर्चना, बन्दना अथवा पुज्ने गर्दछन् जुन विधिविधान संस्कृतिक र धार्मिक मूल परम्परा हो । प्रकृति र  पितृहरूको पूजालाई पिल्मो राई समाजले आफ्नो मौलिक भाषामा तोस् भन्ने गर्दछन् र नेपाली भाषामा मिल्दो जुल्दो शब्दमा भन्ने हो भने भूमे पुजा भन्न सकिन्छ […]

असलमा आवाज विहिनहरूसँगको पत्रकारिता

–निनाम लोवात्तीसमग्र मिडियाका सन्दर्भमा भन्नु पर्दा मिडिया भनेको आवाज विहीनहरूको पनि आवज हो । भन्ने भनाइ र आम मान्यता रहेको छ । तर यो भनाइ र मान्यतानुसार नेपालका मिडियाहरू चलेका छन् त ? प्रश्न नै प्रश्नको घेरामा छ नेपाली पत्रकारिता। खास गरी ‘आदिवासी जनजाति, महिला, मधेसी, दलित, भाषाभाषी, धार्मिक समूह, तेस्रो लिंगी, पिछडिएको क्षेत्र, भिन्न […]

माझीको सहारामा खोला तर्ने नेपालीले विर्से माझीलाई

नारायण राईनेपाली समाजमा ‘माझीसँग मित लगाएमा पछि मर्दा घाट तारिदिन्छ’ भन्ने आहान प्रचलित छ । त्यसै कारण पनि अन्य जात÷जातिका मानिसहरू माझी समुदायसँग मित लगाउन लालायित हुने गर्दथे । तर आजभोली अधिकाङ्स खोलामा पुल बनिएका छन् । त्योसँगै गाउँगाउँसम्म सडक पुगेका छन् । जहाँ मरेपनि अब त बाटो हुँदै पुलबाट तरिजाउँला भन्ने मनोभाव बढेर पनि […]

सोताङ र कुलुङ राईको साझा भाषा

– सुरवीर सोताङ राई भाषाशास्त्रीहरूको अध्ययन र परिभाषा अनुसार प्रत्येक एक किलोमिटर दूरीको फरकमा शब्दको उच्चारणमा भिन्नता आउछ । भौगोलिक दूरीको अन्तरले भाषा वक्ताको उच्चारणमा फरक आउने रूपावलीलाई भाषाशास्त्रीय परिभाषामा भाषिका भनिन्छ । सामान्य बोलचालको भाषामा भाषिकालाई लवज भन्ने गरिएको छ । भाषाको लवज फरक भए पनि भिन्नाभिन्नै भूगोलमा बसोबास गर्ने वक्ताहरू बीच गरिने बोलचालमा […]