मानवलाई उद्भिदको आवश्यक्ता


लाखजित राई
हामी मानव र चराचर प्राणीलाई अपरिहार्य उद्भिद(बाेटबिरुवा) को आवश्यक्ता पर्दछ । यस कारण यसलाई संरक्षण गर्नु विशेष हामी मानव जातिको कर्तव्य हुन्छ । उद्भिद नभएको स्थानलाई मरुभूमि मानिन्छ । जहाँ पानी विनाको सुख्खा, उष्ण मानिन्छ, त्यहाँ केवल उठको सहारा लिएर हिँडडुल गर्न वा यात्रा गर्न सकिन्छ । त्यस स्थानमा कुनै प्राणी वा मानव बस्न सक्दैन । तसर्थ उद्भिद भएको स्थानहरू मानव र चराचर जगतको लागि उपयोगी हुन्छ । उद्भिदभित्र झारपातदेखि ठुल्ठुला वनस्पतिहरू पर्छन । जुन प्रकृतिको सुन्दरतामा उजागर गर्ने अमूल्य भेषभुषा मान्न सकिन्छ । वर्तमानमा दाउराको विकल्पमा वायो ग्यास प्रयोग गरी इन्धनको आवश्यक्ता कम गर्न सकिरहेका छौँ । हाम्रा वन जङ्गल, गाउँवस्ती बाटोहरू प्रायः हरिया उद्भिदले सधै सुन्दर र स्वच्छ बनाइरहेको हुन्छ । हामीलाई उद्भिदले शितलता, स्वच्छ वायु, पानीको मुहान सुन्दरता र रमणीय तुल्याई दिन्छ । उद्भिदहरूले भरिएको वन जङ्गल, बाटोघाटो सबै खोलानाला, खोल्साहरू रमणीय र हृदयलाई प्रफुल्ल र आनन्दमय बनाउँछ । विहानीको समयमा मर्निङ्क वक गर्दा बाटोको दायाँ बायाँ काँटछाँट गरी सन्तुलित राखिएका दुबोहरू हरिया घाँसहरू स्वच्छ वायुको सेवन कति मनमोहक हुन्छ । तर आजका बुद्धिजीवी समाजले बाटोको दुर्व तर्फ उद्भिद नाषक विष छर्केर ती हरियालीलाई तहसनहस गरी खुइल्याई दिएका छन् । सुख्खा र कुरुप बनाई दिएका छन् । डडेलो लागेको वन र विषले खुइलीएको बाटोघाटोको सुन्दरता कस्तो होला ? केवल जान्नेलाई श्रीखण्ड नजान्नेलाई खुर्पाको बिँड भने झै भएको छ ।

हाम्रा गाउँघरतिर चर्ने जुरेली, रुप्पी, परेवा, काँडेभ्याकुरा, ढुकुर साथै प्रकृतिलाई सन्तुलन गर्न सहयोग गर्ने भ्यागुता, सर्प लगायतका प्राणीहरू कुन वातावरणमा रमाउँलान् ? विषले खुइल्याएको उद्भिदमा की हरियाली उद्भिदमा ? कुन स्थानमा आनन्दले विचरण गर्दा हुन् ? त्यो कुरा यो समाजले बुझ्न जरुरी छ । यहाँ पाठक वर्गलाई पस्कन खोजेको प्रसङ्ग के हो भने हाम्रो बाटो घाटोको दायाँ बायाँ कति पय झारपात छन्, यसलाई काँटछाट गरेर सन्तुलनमा राखि हरियो र सुन्दर बनाउन चाँही अति उत्तम र सर्वोपरि वैधानिक ठहरिन्छ । तर कसैले बाटोको दायाँ बायाँ रासायनिक पदर्थ वा विष स्प्रे गर्दा हाम्रो प्रकृतिलाई फलदायी चाँही हुँदैन । हाम्रा नयाँ पिँडीले यस्ता विषय नबुझेको हुनु पर्छ । तर समाजका बुज्रुगहरूले बुझ्नु पर्छ । नयाँ पिँडीहरूलाई बुझाउनु पर्छ । समाजमा विभिन्न समिति उप–समितिहरू छन् । ती समितिमा बस्ने पदाधिकारी तथा सदस्यहरूले चराचर जगतसँग सम्बन्धित विषयहरूमा बडो गम्भिरताको साथ विचार गर्नु पर्छ । संघ, संस्थामा सल्लाहकारको रूपमा बस्नु हुने बुद्धिजीवीहरूले कुरा नचपाई सरसल्लाह दिन सक्नु पर्छ ।


हामी विकास उन्मुख सामाजिक प्राणी हौँ । यस्ता प्रश्नहरू पनि नयाँ पिँडीलाई जानकारी गराउन बुद्धिजीवी लाग्नु पर्छ । हामीलाई चाहिने अक्सिजन उद्भिदले दिन्छ भने हामीले फालेको कार्वडाइअक्साइड ग्यास उद्भिदले लिन्छ । प्रकृति विज्ञानका विश्लेषकहरूले त्यसै कारण प्रकृतिलाई सधै संरक्षण गर्न, जोगाउन सल्लाह दिनुहुन्छ । यातायातमा वा विजुली प्रशारणमा अवरोध पु¥याउने बोट विरुवाहरू काटिनु कुनै समस्या हैन । तर हाम्रा गाउँबस्तीका पुराना चराचुरुङ्गीहरू सर्प भ्यागुता जस्ता प्राणी मासिनु अथवा उसलाई कष्ट पुर्याउनु प्रकृतिमा असन्तुलन निम्त्याउनु हो । तसर्थ उद्भिदको पूर्ण विनाशभन्दा सन्तुलित काँटछाँट र संरक्षण उपयुक्त बाटो हो ।


बेलबार–४, अनामशान्ति टोल, मोरङ



विचार

तोस् पुजा; पिल्मो राई जातिको मौलिकता बोकेको महान चाड़

किरात पिल्मो राई समाजले भूमि अर्थात् प्रकृतिलाई र पितृहरूलाई प्रमुख विधिविधानको साथ अनि महत्वको साथ पुजा-अर्चना, बन्दना अथवा पुज्ने गर्दछन् जुन विधिविधान संस्कृतिक र धार्मिक मूल परम्परा हो । प्रकृति र  पितृहरूको पूजालाई पिल्मो राई समाजले आफ्नो मौलिक भाषामा तोस् भन्ने गर्दछन् र नेपाली भाषामा मिल्दो जुल्दो शब्दमा भन्ने हो भने भूमे पुजा भन्न सकिन्छ […]

असलमा आवाज विहिनहरूसँगको पत्रकारिता

–निनाम लोवात्तीसमग्र मिडियाका सन्दर्भमा भन्नु पर्दा मिडिया भनेको आवाज विहीनहरूको पनि आवज हो । भन्ने भनाइ र आम मान्यता रहेको छ । तर यो भनाइ र मान्यतानुसार नेपालका मिडियाहरू चलेका छन् त ? प्रश्न नै प्रश्नको घेरामा छ नेपाली पत्रकारिता। खास गरी ‘आदिवासी जनजाति, महिला, मधेसी, दलित, भाषाभाषी, धार्मिक समूह, तेस्रो लिंगी, पिछडिएको क्षेत्र, भिन्न […]

माझीको सहारामा खोला तर्ने नेपालीले विर्से माझीलाई

नारायण राईनेपाली समाजमा ‘माझीसँग मित लगाएमा पछि मर्दा घाट तारिदिन्छ’ भन्ने आहान प्रचलित छ । त्यसै कारण पनि अन्य जात÷जातिका मानिसहरू माझी समुदायसँग मित लगाउन लालायित हुने गर्दथे । तर आजभोली अधिकाङ्स खोलामा पुल बनिएका छन् । त्योसँगै गाउँगाउँसम्म सडक पुगेका छन् । जहाँ मरेपनि अब त बाटो हुँदै पुलबाट तरिजाउँला भन्ने मनोभाव बढेर पनि […]

सोताङ र कुलुङ राईको साझा भाषा

– सुरवीर सोताङ राई भाषाशास्त्रीहरूको अध्ययन र परिभाषा अनुसार प्रत्येक एक किलोमिटर दूरीको फरकमा शब्दको उच्चारणमा भिन्नता आउछ । भौगोलिक दूरीको अन्तरले भाषा वक्ताको उच्चारणमा फरक आउने रूपावलीलाई भाषाशास्त्रीय परिभाषामा भाषिका भनिन्छ । सामान्य बोलचालको भाषामा भाषिकालाई लवज भन्ने गरिएको छ । भाषाको लवज फरक भए पनि भिन्नाभिन्नै भूगोलमा बसोबास गर्ने वक्ताहरू बीच गरिने बोलचालमा […]