ल्होसार कप २०८० सम्पन्न

चक्र प्रसाद पोख्रेल
काठमाडौं / यस वर्षकाे भोट्खोला ल्होसार फुटवल कप २०८० सम्पन्न भएको छ । संघर्षशिल युथ क्लब सेक्सुमको आयोजनामा हुने गरेकाे ल्हाेसार कप काठमाडौंको सिफल चौरमा दाेस्राे पटक सुरु भएको हाे ।
गत्त मंलबारबाट शुरु भएको खेल आठ दिनसम्म संञ्चालन भएको थियो । पुरुष तर्फ ३३ टिम र महिला तर्फ ११ टिम सहभागी भएका थिए ।
प्रतियोगीतामा पुरुष तर्फको उपाधी सेम्बुङ युथ क्लबको पोल्टामा गयो भने, दोस्रो च्याम्ताङ युथ क्लब, तेस्रो थाङ्मुछी विकास समाज भएको थियो भने चौँथो भेच्याबा युथ क्लब भएको थियो । त्यसैगरी महिलातर्फ प्रथम फाराङ दङ्गोक टिम, दोस्रो भोटखोला वडा नं. ४ तेस्रो च्याम्ताङ दिदिबहिनी टिम र चौथो पाङ्दोक मिङो ङा हुन सफल भए ।
समापन कार्यक्रमका प्रमुख अतिथि नेपाल रग्बी संघका केन्द्रीय कोषाध्यक्ष जे.बि दिपक अधिकारीको उपस्थिति रहेको थियो । त्यसैगरी विशिष्ठ अतिथिमा पर्यटन व्यवसायी टिकाराम गुरुङ र संखुवासभा लर्निङ ग्राउन्डका प्रमुख कर्म भोटिया रहेका थिए । अतिथिको रुपमा राष्ट्रिय खेलाडी पिम्बा नुर्पु भोटे लगायत विभिन्न संघ सस्थाका प्रतिनिधिहरुको उपस्थीति रहेको थियो ।

समापन कार्यक्रममा प्रमुख अतिथि नेपाल रग्बी संघका केन्द्रिय कोषाध्यक्ष जे.बि दिपक अधिकारीले बधाई तथा कार्य सफलताको शुभकामना दिदै आफु पनि खेलकुदमै लागेको भएर आगामी दिनमा थप साथ सहयोग दिएर लाग्ने बाचा गरे । साथै उनले रग्बी खेल सिक्न चाहनेका लागि आफुले खेलाडिहरुलाई पूर्ण सहयोग गर्ने समेत बताए ।

त्यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै विशिष्ठ अतिथि पर्यटन व्यवसायी टिकाराम गुरुङले यस क्लबले हालसम्म कसैले गर्न नसकेको काम गरिरहेको बताए । उनले भने “काठमाडौं जस्तो ठाउँमा यति धेरै टिमलाई सहभागी बनाएर सौहार्दपूर्ण तरिकाले खेल खेलाउन सक्नुनै क्लवको सफलता हो ।” आगामी दिनमा यस्ता कार्यक्रमहरु अझ भोटखोलालाई विश्वभर चिनाउने खेलकुद, साहित्य तथा पर्यटकिय क्षेत्रको प्रचारप्रसार गर्न आफु तयार रहेको बताए ।

कार्यक्रममा विशिष्ठि अतिथी संखुवासभा लर्निङ ग्राउन्डका प्रमुख कर्म भोटियाले यस क्लबले भोटखोलाको मात्र होइन संखुवासभाको समेत इज्जत राखेको छ । खेलकुद अझ फुटवल हाम्रो जस्तो पहाडी तथा हिमाली क्षेत्रमा खेल मैदान लगायत अन्य कुराको अभाव हुदाहुदै पनि यसलाई सजिलै गर्न सकेको छ । हाल भोटखोलाले विभिन्न परिवर्तनहरु गरिरहदा यसखालका कार्यक्रमले सबैलाई हौसला मिल्ने समेत बताए ।
कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष तथा सल्लाहकार छितेन लिङ्बो भोटेले हामीले पहिलो पटक प्रतियोगितामा भएका साना तिना कमजोरीबाट पाठ सिकेर हामीले यस पटक अलि नयाँ ढङ्गबाट खेल सञ्चालन गरेको हुदानै हामीले कार्यक्रम सजिलै सफलता पायौँ । आठ दिनसम्म कुनै घटना नभई सफलतापूर्वक कार्यक्रम सकियो । उनले कार्यक्रम सफल पार्न सहयोग गर्ने सहयोगी दाता तथा खेल प्रायोजन गर्ने संघसस्था तथा व्यक्तीलाई धन्यवाद समेत दिए । हामीले सदाझै यस पटक पनि खेलाडीहरुलाई निष्पक्ष ढगले खेल खेलाएकाछौं र खेल भनेको यस्तो हुनुपर्छ भनेर चिनाउन समेत हामी पछी परेनौँ ।

समापन कार्यक्रमलाई विट मार्दै क्लवका अध्यक्ष आकास लिङबोले भने हामीले आट गर्यो विभिन्न सहयोगी मनहरुले सहयोग गर्नुभो त्यसैले हामी सफल भयौ यस पटक पहिलेको भन्दा कार्यक्रम केहि व्यवस्थीत गरेकाछौं भन्ने हामीलाई लागेको छ । सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद आगामि दिनमा पनि हामीलाई साथ सहयोग तथा हौसला दिनुहुनेछ भन्ने विस्वासमा छौं । साथै उनले क्लवको बारेमा समेत बोलेका थिए ।
कार्यक्रममा फुटवल प्रतियोगितालाई सहयोग गर्ने सहयोगीदाताहरुलाई तथा विजेता,उपविजेताहरुलाई अतिथीहरुको हातबाट सम्मान गरिएको थियो ।



विचार

तोस् पुजा; पिल्मो राई जातिको मौलिकता बोकेको महान चाड़

किरात पिल्मो राई समाजले भूमि अर्थात् प्रकृतिलाई र पितृहरूलाई प्रमुख विधिविधानको साथ अनि महत्वको साथ पुजा-अर्चना, बन्दना अथवा पुज्ने गर्दछन् जुन विधिविधान संस्कृतिक र धार्मिक मूल परम्परा हो । प्रकृति र  पितृहरूको पूजालाई पिल्मो राई समाजले आफ्नो मौलिक भाषामा तोस् भन्ने गर्दछन् र नेपाली भाषामा मिल्दो जुल्दो शब्दमा भन्ने हो भने भूमे पुजा भन्न सकिन्छ […]

असलमा आवाज विहिनहरूसँगको पत्रकारिता

–निनाम लोवात्तीसमग्र मिडियाका सन्दर्भमा भन्नु पर्दा मिडिया भनेको आवाज विहीनहरूको पनि आवज हो । भन्ने भनाइ र आम मान्यता रहेको छ । तर यो भनाइ र मान्यतानुसार नेपालका मिडियाहरू चलेका छन् त ? प्रश्न नै प्रश्नको घेरामा छ नेपाली पत्रकारिता। खास गरी ‘आदिवासी जनजाति, महिला, मधेसी, दलित, भाषाभाषी, धार्मिक समूह, तेस्रो लिंगी, पिछडिएको क्षेत्र, भिन्न […]

माझीको सहारामा खोला तर्ने नेपालीले विर्से माझीलाई

नारायण राईनेपाली समाजमा ‘माझीसँग मित लगाएमा पछि मर्दा घाट तारिदिन्छ’ भन्ने आहान प्रचलित छ । त्यसै कारण पनि अन्य जात÷जातिका मानिसहरू माझी समुदायसँग मित लगाउन लालायित हुने गर्दथे । तर आजभोली अधिकाङ्स खोलामा पुल बनिएका छन् । त्योसँगै गाउँगाउँसम्म सडक पुगेका छन् । जहाँ मरेपनि अब त बाटो हुँदै पुलबाट तरिजाउँला भन्ने मनोभाव बढेर पनि […]

सोताङ र कुलुङ राईको साझा भाषा

– सुरवीर सोताङ राई भाषाशास्त्रीहरूको अध्ययन र परिभाषा अनुसार प्रत्येक एक किलोमिटर दूरीको फरकमा शब्दको उच्चारणमा भिन्नता आउछ । भौगोलिक दूरीको अन्तरले भाषा वक्ताको उच्चारणमा फरक आउने रूपावलीलाई भाषाशास्त्रीय परिभाषामा भाषिका भनिन्छ । सामान्य बोलचालको भाषामा भाषिकालाई लवज भन्ने गरिएको छ । भाषाको लवज फरक भए पनि भिन्नाभिन्नै भूगोलमा बसोबास गर्ने वक्ताहरू बीच गरिने बोलचालमा […]