

बेलबारी
मोरङ्गको बेलबारीमा ‘‘चेकेदेम राजारानीको दरबार’’ कथासङ्ग्रह विमोचन गरिएको छ । ‘चेकेदेम’ साहित्यकार बादल चाम्लिङको कथासङ्ग्रह हो । अद्वितिय क्षमता बोकेकी कथाकार चाम्लिङ यस धर्तीमा साहित्यको सुवास छर्न सफल अजरअमर साहित्यिक व्यक्तित्व हुन् । ‘पाठेघर’, वीर्यजमिन’ जस्ता चर्चित साहित्य कृतिहरूले चाम्लिङको साहित्य फाँटमा अमिट नाम स्थापित गर्न सफल भइसकेको छ ।
उनै बादलको आज एक कार्यक्रमको बिच ‘‘चेकेदेम राजारानीको दरबार’’ कथासङ्ग्रह सार्वजनिक गरिएको हो । विमोचन कार्यक्रम बेलबारी नगरपालिकाको सभाहलमा भएको थियो । कार्यक्रममा झापा, मोरङ्ग, सुनसरी लगायतका विभिन्न स्थानबाट साहित्यकारहरूको सहभागिता रहेको थियो । कार्यक्रमको आयोजना स्रष्टा समाज बेलबारीले गरेको थियो ।
