विद्यार्थीहरूलाई छात्रवृत्ती प्रदान

काठमाडौं । भक्तपुरको चाँगुनारायण स्थित नेपाल इन्जिनियरिङ कलेज (नेक)ले विद्यार्थीहरुलाई बुद्धिसागर सावित्रीदेवी पराजुली छात्रवृत्ती वितरण गरेको छ । सोमबार नेक सिपिएसमा एक कार्यक्रमको आयोजना गरी स्नातकोत्तर तहको ट्रान्सपोट्रेशन इन्जिनियरिङ एण्ड म्यानेजमेन्टका छात्रवृत्ती वितरण गरिएको हो । छात्रवृत्ती सात जना विद्यार्थीहलाई वितरण गरिएकाे हाे ।

छात्रवृत्ती पाउनेहरुमा सन् २०१६, ०१७, ०१८ र ०१९ का लागि मनिष श्रेष्ठ, दीप शाही, सन्तराम पाण्डे र नुजा बज्राचार्य रहेका छन् । सन् २०२० मा अमितकुमार शर्मा, २०२२ का लागि मनिषा भट्टराई तथा २०२३ का लागि साधना तिवारी छनौट भएका थिए । सन् २०२१ को छात्रवृत्तिमा विद्यार्थीहरुको मुल्यांकन नभई सकेकोले पछि वितरण गरिने छ ।

छात्रवृत्ती पाउने विद्यार्थीहरुलाई कलेजका प्राचार्य दुर्गाप्रसाद भण्डारीले जनही ४० हजारको चेक प्रदान गरेका थिए । विद्यार्थीले प्राप्त गरेको अङ्कका आधारमा मुल्यांकन गरी छात्रवृत्ती वितरण गरिएको हाे । छात्रवृत्ति छनौट समितिका संयोजक समेत रहेका सहायक प्राचार्य मोहनध्यज केसीले जानकारी दिए ।

कलेजले सहायक प्राचार्य केसीको संयोजकत्वमा ट्रान्सपोट्रेशन इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट कार्यक्रम संयोजक उपप्राध्यापक राजेश खड्का तथा कलेजकी प्रमुख प्रशासक श्रीमा शर्मा सदस्य रहेको छात्रवृत्ति सिफारिस समिति गठन गरिएको थियो ।

हाल अष्ट्रेलियामा रहेका पुल्चोक क्याम्पसका सहप्राध्यापक डा. प्रतापमणी पराजुलीले सन् २०११ मा आफुले प्राप्त गरेको उपदानबाट बुबाआमाको नाममा सात लाख रुपैंयाको अक्षय कोष स्थापना गरेका थिए । उक्त कूल पुँजीलाई अबदेखि १० लाख बनाएर त्यसबाट प्राप्त बैंक ब्याजबाट छात्रवृत्ती दिइने छ ।

कार्यक्रममा बोल्दै कलेजका प्राचार्य दुर्गाप्रसाद भण्डारीले बुद्धिसागर सावित्रीदेवी पराजुली छात्रवृत्तीले ट्रान्सपोट्रेशन इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट अध्ययन गर्ने विद्यार्थीहरुलाई प्रोत्साहन मिलेको बताएका थिए । उनले नेपाल इन्जिनियरिङ कलेज मुनाफारहित सामाजिक शैक्षिक संस्था भएकोले विद्यार्थीहरुलाई प्रोत्साहन गराउने विभिन्न कार्यक्रम र छात्रवृत्ती स्थापना गर्न पहल गर्ने बताएका थिए । उनले कलेजका पूर्वविद्यार्थीहरुसँगै सामाजिक, शैक्षिक व्यक्तित्वहरुले यस्ता छात्रवृत्तिहरु स्थापना गर्दा स्वदेशमै पढ्न चाहने विद्यार्थीहरुलाई प्रोत्साहन मिल्ने पनि जिकिर लिएका थिए ।

कार्यक्रममा कलेजका सहायक प्राचार्य मोहनध्वज केसीले ट्रान्सपोट्रेशन इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट विषय अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्तीले प्रोत्साहन गरेको बताउँदै विगतमा कोभिड–१९ का कारण अनियमित भएको छात्रवृत्ती अब नियमित प्रदान गरिने बताए । कार्यक्रममा कलेजकी प्रशासन प्रमुख श्रीमा शर्मा, छात्रवृत्ती प्राप्त गर्ने विद्यार्थी अमितकुमार शर्मा, नेक सिपिएसका कार्यवाहक निर्देशक रोवर्ट डंगोल लगायतले आफ्नाे कुरा राखेका थिए ।

नेक नेपाल सरकार शिक्षा मन्त्रालयद्वारा गठित सञ्चालक समितिद्वारा सञ्चालित इन्जिनियरिङ कलेज हो । यहाँ स्नातक तथा स्नातकोत्तर तहमा इन्जिनियरिङ विधाका विभिन्न विषयहरुमा अध्ययन अध्यापन हुने गरेको छ ।



विचार

तोस् पुजा; पिल्मो राई जातिको मौलिकता बोकेको महान चाड़

किरात पिल्मो राई समाजले भूमि अर्थात् प्रकृतिलाई र पितृहरूलाई प्रमुख विधिविधानको साथ अनि महत्वको साथ पुजा-अर्चना, बन्दना अथवा पुज्ने गर्दछन् जुन विधिविधान संस्कृतिक र धार्मिक मूल परम्परा हो । प्रकृति र  पितृहरूको पूजालाई पिल्मो राई समाजले आफ्नो मौलिक भाषामा तोस् भन्ने गर्दछन् र नेपाली भाषामा मिल्दो जुल्दो शब्दमा भन्ने हो भने भूमे पुजा भन्न सकिन्छ […]

असलमा आवाज विहिनहरूसँगको पत्रकारिता

–निनाम लोवात्तीसमग्र मिडियाका सन्दर्भमा भन्नु पर्दा मिडिया भनेको आवाज विहीनहरूको पनि आवज हो । भन्ने भनाइ र आम मान्यता रहेको छ । तर यो भनाइ र मान्यतानुसार नेपालका मिडियाहरू चलेका छन् त ? प्रश्न नै प्रश्नको घेरामा छ नेपाली पत्रकारिता। खास गरी ‘आदिवासी जनजाति, महिला, मधेसी, दलित, भाषाभाषी, धार्मिक समूह, तेस्रो लिंगी, पिछडिएको क्षेत्र, भिन्न […]

माझीको सहारामा खोला तर्ने नेपालीले विर्से माझीलाई

नारायण राईनेपाली समाजमा ‘माझीसँग मित लगाएमा पछि मर्दा घाट तारिदिन्छ’ भन्ने आहान प्रचलित छ । त्यसै कारण पनि अन्य जात÷जातिका मानिसहरू माझी समुदायसँग मित लगाउन लालायित हुने गर्दथे । तर आजभोली अधिकाङ्स खोलामा पुल बनिएका छन् । त्योसँगै गाउँगाउँसम्म सडक पुगेका छन् । जहाँ मरेपनि अब त बाटो हुँदै पुलबाट तरिजाउँला भन्ने मनोभाव बढेर पनि […]

सोताङ र कुलुङ राईको साझा भाषा

– सुरवीर सोताङ राई भाषाशास्त्रीहरूको अध्ययन र परिभाषा अनुसार प्रत्येक एक किलोमिटर दूरीको फरकमा शब्दको उच्चारणमा भिन्नता आउछ । भौगोलिक दूरीको अन्तरले भाषा वक्ताको उच्चारणमा फरक आउने रूपावलीलाई भाषाशास्त्रीय परिभाषामा भाषिका भनिन्छ । सामान्य बोलचालको भाषामा भाषिकालाई लवज भन्ने गरिएको छ । भाषाको लवज फरक भए पनि भिन्नाभिन्नै भूगोलमा बसोबास गर्ने वक्ताहरू बीच गरिने बोलचालमा […]