राष्ट्रपति रनिङ शिल्डको तयारी पुरा

माघ २ 
देवदह ।
रुपन्देहीको देवदह नगरपालिकामा हुने दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेका छ । माघ ३ गतेदेखि ५ गते तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिता केरवानी माध्यमिक विद्यालयको आतिथ्यमा हुने भएको हो । प्रतियोगिता देवदह पानबारी खेल मैदानमा हुने नगरपालिकाले जनाएको छ ।

प्रतियोगिता सम्पन्न गर्नका लागि भौतिक संरचना मर्मतको कामलाई तीव्रता दिएको देवदह नगरपालिकाका प्रवक्ता पगणेश डुम्रेले जानकारी दिए। “पानबारी खेलमैदानमा भलिबल, कबड्डी, कराँते लगायतका खेल सम्पन्न गर्नका लागि ग्राउन्ड मर्मत तथा व्यवस्थापनको काम सम्पन्न भएको छ ।” प्रवक्ता डुम्रेले भने, “बिहिवार औपचारिक उद्घाटनका लागि हामी तयारी अवस्थामा छौं ।”

प्रतियोगितामा देवदहका २७ विद्यालयले सहभागिता जनाउने केरवानी माध्यमिक विद्यालयका प्रधानाध्यापक निर्मल ढुङ्गानाले जानकारी दिए ।
प्रधानाध्यापक ढुङ्गानाले प्रतियोगितामा सहभागी हुने सबै खेलाडीहरूको स्वास्थ्य बिमा समेत गरिएको बताए।

राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सञ्चालन गर्न सङ्घीय सशर्त अनुदानतर्फ बजेट नरहे पनि देवदह नगरपालिकाले आफ्नै आन्तरिक तर्फबाट ९ लाख रुपैयाँ  विनियोजन गरेर कार्यक्रम सञ्चालन गरिरहेको हो ।

प्रत्येक विद्यालयले आफ्नो विद्यालयका उत्कृष्ट खेलाडीहरूको छनोट गरी प्रतियोगितामा सहभागिता जनाउने तयारी गरिरहेका छन् । प्रतियोगिताबाट नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्य रहेको आयोजकको दावी छ।

प्रतियोगितामा देवदहका २७ विद्यालयका एक हजार ततिन सय ४० इभेन्टको लागि चार सय ४० जना विद्यार्थीले प्रतिस्पर्धा गर्ने केरवानी माध्यमिक विद्यालयका शिक्षक खेमानन्द ज्ञवालीले जानकारी दिए । भलिबल र कबड्डी खेलको ट्राइसेट सार्वजनिक गरिएको शिक्षक ज्ञवालीले बताए।

रनिङ शिल्डको उद्‌घाटन र समापन सत्र विद्यालय प्राङ्गणमा हुने र खेलकुदका इभेन्टहरू पानबारी खेलमैदानमा हुने विद्यालयले जनाएको छ। 



विचार

तोस् पुजा; पिल्मो राई जातिको मौलिकता बोकेको महान चाड़

किरात पिल्मो राई समाजले भूमि अर्थात् प्रकृतिलाई र पितृहरूलाई प्रमुख विधिविधानको साथ अनि महत्वको साथ पुजा-अर्चना, बन्दना अथवा पुज्ने गर्दछन् जुन विधिविधान संस्कृतिक र धार्मिक मूल परम्परा हो । प्रकृति र  पितृहरूको पूजालाई पिल्मो राई समाजले आफ्नो मौलिक भाषामा तोस् भन्ने गर्दछन् र नेपाली भाषामा मिल्दो जुल्दो शब्दमा भन्ने हो भने भूमे पुजा भन्न सकिन्छ […]

असलमा आवाज विहिनहरूसँगको पत्रकारिता

–निनाम लोवात्तीसमग्र मिडियाका सन्दर्भमा भन्नु पर्दा मिडिया भनेको आवाज विहीनहरूको पनि आवज हो । भन्ने भनाइ र आम मान्यता रहेको छ । तर यो भनाइ र मान्यतानुसार नेपालका मिडियाहरू चलेका छन् त ? प्रश्न नै प्रश्नको घेरामा छ नेपाली पत्रकारिता। खास गरी ‘आदिवासी जनजाति, महिला, मधेसी, दलित, भाषाभाषी, धार्मिक समूह, तेस्रो लिंगी, पिछडिएको क्षेत्र, भिन्न […]

माझीको सहारामा खोला तर्ने नेपालीले विर्से माझीलाई

नारायण राईनेपाली समाजमा ‘माझीसँग मित लगाएमा पछि मर्दा घाट तारिदिन्छ’ भन्ने आहान प्रचलित छ । त्यसै कारण पनि अन्य जात÷जातिका मानिसहरू माझी समुदायसँग मित लगाउन लालायित हुने गर्दथे । तर आजभोली अधिकाङ्स खोलामा पुल बनिएका छन् । त्योसँगै गाउँगाउँसम्म सडक पुगेका छन् । जहाँ मरेपनि अब त बाटो हुँदै पुलबाट तरिजाउँला भन्ने मनोभाव बढेर पनि […]

सोताङ र कुलुङ राईको साझा भाषा

– सुरवीर सोताङ राई भाषाशास्त्रीहरूको अध्ययन र परिभाषा अनुसार प्रत्येक एक किलोमिटर दूरीको फरकमा शब्दको उच्चारणमा भिन्नता आउछ । भौगोलिक दूरीको अन्तरले भाषा वक्ताको उच्चारणमा फरक आउने रूपावलीलाई भाषाशास्त्रीय परिभाषामा भाषिका भनिन्छ । सामान्य बोलचालको भाषामा भाषिकालाई लवज भन्ने गरिएको छ । भाषाको लवज फरक भए पनि भिन्नाभिन्नै भूगोलमा बसोबास गर्ने वक्ताहरू बीच गरिने बोलचालमा […]