
बेलबारी
मोती सिन्चौरीले सहिद स्मृति आधारभुत विद्यालयमा पढाए । प्रधानाध्यापकको भूमिका निभाए । मोरङ्गको बेलाबारी–१ मा रहेको उक्त विद्यालयमा उनले आफ्नो जीवनको १३ वर्ष २८ दिन उक्त विद्यालयलमा बिताए ।
१३ वर्षपछि उनी स्थायी नियुक्ति भएर सोलुखुम्बु पुगेका छन् । गएको सोम्बार उनलाई विद्यालयले एक कार्यक्रम गरी विदाई गरेको हो । उनलाई विद्यालय व्यवस्थापन समिति, स्थानीय वासी, जनप्रतिनिधि, विद्यार्थी, अभिभावकहरूले विदाई गरेका थिए ।
विदाई कार्यक्रममा केराबारी गा.पा. वडा नं. ९ का वडा सदस्य सुमन ढकाल, पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष रामबहादुर कार्की, जीवन विकास लघु वित्त बेलबारी शाखाका प्रमुख कृष्ण मण्डल, केराबारी गा.पा.का पूर्व सदस्य नर बहादुर मगर, शिक्षक, विद्यार्थी, अभिभावकहरूको उपस्थिती रहेको थियो ।

सानो दुई कोठे भवनबाट विद्यालय यात्रा सुरु गरेका उनले हाल निमावि अध्ययन गराउन सक्ने भौतिक संरचनाको विकास गरेर विदा भएका छन् । विदाईको दिनमा पूर्व प्रअ सिन्चौरीले आफु प्र.अ भएको क्षणलाई सम्झेका थिए । त्यस बेला स्टाफ शिक्षकहरूलाई तलव पनि आफ्नो पैसाले खुवाएको क्षण सम्झेका थिए ।
कार्यक्रममा विद्यालयको सम्पूर्ण हिवास, आय, व्यय, भौतिक संरचना तथा शिक्षण सामाग्रीहरूको सम्पूर्ण कुराहरू विवरण सहित विद्यालयलाई बुझाएका थिए । साे अवसरमा लघु वित्तका मण्डलले विद्यार्थीहरूलाई शैक्षिक सामाग्रीहरू वितरण गरेका थिए ।
कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष समिर सोदेम्वाको अध्यक्षतामा सम्पन्न भएको थियो । मोती सिन्चौरीको स्थानमा नवराज भट्टराई तत्काल निमितकाे रूपमा नयाँ प्रधानाध्यापक भएर आएका छन् ।