भगवती माविमा दिवा खाजा कार्यक्रमको प्रभावकारिता

नारायण राई
बेलबारी –
सरकारले सामुदायिक विद्यालयका लागि दिवा खाजा कार्यक्रम ल्याएको छ । जुन कार्यक्रमले गर्दा विद्यालयमा अध्ययन गर्न आउने बालबालिकाहरूले दिउँसोको खाजा विद्यालयका खाने गर्दछन् ।

भगवतीमा प्रारम्भिक कक्षादेखि पाँच कक्षासम्मका विद्यार्थीहरूलाई खाजा दिने गर्दछन् । भगवती मोरङ्गको बेलबारी–३ मा रहेको छ । उक्त कार्यक्रमले विद्यार्थीहरूमा राम्रो भएको बताउँछन् विद्यालयका प्रधानाध्यापक नारायण आचार्य । उनी भन्छन् ‘‘दिवा खाजाको कार्यक्रम नभएको समयमा विद्यार्थीहरू विद्यालयमा ज्यादा ढल्ने(वेहोस) गर्दथे । तर दिवा खाजा कार्यक्रम आएपछि त्यसरी ढल्ने कुरामा धेरै कमी आएको छ । मेरो विचारमा त्यसरी ढल्नुको कारण कति बालबालिकाले घरमा राम्रोसँग खाना नखाने र घरबाट आमाबाले दिएको पैसाले पनि जङ्क फुड खाने हुदा भोको र स्वास्थ्य समस्याले गर्दा ढल्ने गर्दथे । जसको समाधान दिवा खाजा कार्यक्रमले गरिदिएको छ ।’’ थप आचार्य भन्छन्, ‘‘यो कार्यक्रम कक्षा आठसम्म भए राम्रो हुने थियो ।’’

खाजामा कहिले पुरी, सिङ्गडा, चना, चाउमिन, चट्पटे, चाम्रे दिने गरेका छन् । हप्तामा एक दिन फलफुल भनेकोमा त्यो चाँही फलफूल महङ्गो भएकाले नदिएको बताउँछन् । बिहीबार चमेना गृहका दुर्गा बुढाथोकीले विद्यार्थीहरूलाई पुरी तरकारी तयार गर्दै थिए । तपाईंले विद्यार्थीहरूलाई के–के खुवाउँदै हुनुहुन्छ ? भन्ने प्रश्नमा उनले भने ‘‘कहिले सिंगडा, कहिले पुरी, कहिले चटपटे यस्तै दिन्छौँ ।’’ चटपटे चाँही कस्तो दिनु हुन्छ ? भन्ने प्रश्नमा उनले सादा खाल्को दिने गरेको बताए ।

दिवा खाजाका लागि बेलबारी नगरपालिकाले प्रति विद्यार्थी रु १५ दिने र विद्यालयले रु ५ थप गरी रु २० रुपैँयाको खाजा खुवाउने गरेका छन् । वर्षमा एक सय ८० दिन विद्यालयमा खाजा खुवाउने गरेको प्र.अ. आचार्य बताउँछन् ।

उक्त विद्यालयका शिक्षकहरूले विद्यार्थीहरूलाई बालमैत्री पूर्ण शिक्षण शिकाई र व्यवहार गरेको भने पाइदैन । अझै पुरानै शैलीमा भयमा राखेर विद्यार्थीहरूलाई अनुशासनमा राख्ने गरेको देखिन्छ । हाल विद्यालयमा जम्मा विद्यार्थी एक हजार ८८ जना रहेको प्र.अ. आचार्य बताउँछन् । त्यो विद्यार्थी सङ्ख्या भनेको कक्षा १२ सम्मको हो ।

भगवतीमा कक्षा ६ देखि कक्षा १० सम्म हालैका दिनमा अङ्ग्रेजी माध्यममाबाट शिक्षण हुन थालेको छ । यसै वर्ष कक्षा ४ र ५ लाई पनि अङ्ग्रेजी माध्यममा समावेश गर्ने प्र.अ आचार्य बताउँछन् ।



विचार

तोस् पुजा; पिल्मो राई जातिको मौलिकता बोकेको महान चाड़

किरात पिल्मो राई समाजले भूमि अर्थात् प्रकृतिलाई र पितृहरूलाई प्रमुख विधिविधानको साथ अनि महत्वको साथ पुजा-अर्चना, बन्दना अथवा पुज्ने गर्दछन् जुन विधिविधान संस्कृतिक र धार्मिक मूल परम्परा हो । प्रकृति र  पितृहरूको पूजालाई पिल्मो राई समाजले आफ्नो मौलिक भाषामा तोस् भन्ने गर्दछन् र नेपाली भाषामा मिल्दो जुल्दो शब्दमा भन्ने हो भने भूमे पुजा भन्न सकिन्छ […]

असलमा आवाज विहिनहरूसँगको पत्रकारिता

–निनाम लोवात्तीसमग्र मिडियाका सन्दर्भमा भन्नु पर्दा मिडिया भनेको आवाज विहीनहरूको पनि आवज हो । भन्ने भनाइ र आम मान्यता रहेको छ । तर यो भनाइ र मान्यतानुसार नेपालका मिडियाहरू चलेका छन् त ? प्रश्न नै प्रश्नको घेरामा छ नेपाली पत्रकारिता। खास गरी ‘आदिवासी जनजाति, महिला, मधेसी, दलित, भाषाभाषी, धार्मिक समूह, तेस्रो लिंगी, पिछडिएको क्षेत्र, भिन्न […]

माझीको सहारामा खोला तर्ने नेपालीले विर्से माझीलाई

नारायण राईनेपाली समाजमा ‘माझीसँग मित लगाएमा पछि मर्दा घाट तारिदिन्छ’ भन्ने आहान प्रचलित छ । त्यसै कारण पनि अन्य जात÷जातिका मानिसहरू माझी समुदायसँग मित लगाउन लालायित हुने गर्दथे । तर आजभोली अधिकाङ्स खोलामा पुल बनिएका छन् । त्योसँगै गाउँगाउँसम्म सडक पुगेका छन् । जहाँ मरेपनि अब त बाटो हुँदै पुलबाट तरिजाउँला भन्ने मनोभाव बढेर पनि […]

सोताङ र कुलुङ राईको साझा भाषा

– सुरवीर सोताङ राई भाषाशास्त्रीहरूको अध्ययन र परिभाषा अनुसार प्रत्येक एक किलोमिटर दूरीको फरकमा शब्दको उच्चारणमा भिन्नता आउछ । भौगोलिक दूरीको अन्तरले भाषा वक्ताको उच्चारणमा फरक आउने रूपावलीलाई भाषाशास्त्रीय परिभाषामा भाषिका भनिन्छ । सामान्य बोलचालको भाषामा भाषिकालाई लवज भन्ने गरिएको छ । भाषाको लवज फरक भए पनि भिन्नाभिन्नै भूगोलमा बसोबास गर्ने वक्ताहरू बीच गरिने बोलचालमा […]