बेलबारीको निगुरो रमेश निरौलाको कार्यकालमा मर्‍याे


नारायण राई
बेलबारी– २०६७ सालमा बेलबारी क्षेत्रको साहित्य विकासको लागि भनेर ‘‘बेलबारी साहित्य विकास समिति’’ गठन भयो । त्यस समितिको पहिलो अध्यक्ष रेखा सुवेदी भइन् । त्यस कार्यकालमा ‘‘निगुरो’’ पत्रिका र ‘‘निगुरो’’ अनलाइन सञ्चालनमा आयो ।
त्यसपछि तिला लेकारी अध्यक्ष भइन् । उनको कार्यकालमा ‘‘निगुरो’’ पत्रिका तिन अंक आएर बन्द भयो । ‘‘निगुरो’’ अनलाइन सञ्चालन भने सञ्चालन मै थियो । तर तेस्रो कार्यकालमा आएर त्यो ‘‘निगुरो’’ अनलाइन पनि बन्द भएको छ ।

जुन कार्यले बेलबारीका साहित्य क्षेत्रमा लागेका व्यक्तिहरूको अभिव्यक्ति गर्ने एउटा माध्यमको समेत अन्त्य भएको छ ।
किन बन्द गर्नु भयो ? भन्ने सवालमा अध्यक्ष रमेश निरौला भन्छन् ‘‘महंगो भयो । प्राविधिक ज्ञानको पनि अभाव भयो, त्यसैले बन्द गरियो ।’’

अध्यक्ष रमेश निरौलाले भने अनुसारका महंगो भनेको संस्थाले वार्षिक रूपमा दश हजार तिर्नु पथ्र्यो । त्यो भनेको डोमेन, स्पेश र मेन्टेनेश खर्च हो ।

त्यो पहिले ठुलो खर्च गरेर बनाएको साइड हो । अहिले वार्षिक रूपमा संस्थालाई दश हजार ठुलो खर्च थिएन । दश हजारले नै बन्द गर्नु पर्ने अवस्था थिएन । तर रमेश निरौलाको इच्छा नभएर र उनले आफुलाई नयाँ प्रविधिसँग अप्डेट नगरेर यो समस्या आएको हो, बेलबारीका एक साहित्यकारको भनाई छ ।

वर्तमान समयमा बेलबारी साहित्य विकास समिति शिथिल बन्दै गइरहेको पाइन्छ । त्यसमाथि पहिले बनेको सबै संरचनाहरू बन्द हुँदै गएको पाइन्छ । संस्था अघि बढ्दै जाने हो की भएको पनि बन्द गर्दै जाने हो ?



विचार

तोस् पुजा; पिल्मो राई जातिको मौलिकता बोकेको महान चाड़

किरात पिल्मो राई समाजले भूमि अर्थात् प्रकृतिलाई र पितृहरूलाई प्रमुख विधिविधानको साथ अनि महत्वको साथ पुजा-अर्चना, बन्दना अथवा पुज्ने गर्दछन् जुन विधिविधान संस्कृतिक र धार्मिक मूल परम्परा हो । प्रकृति र  पितृहरूको पूजालाई पिल्मो राई समाजले आफ्नो मौलिक भाषामा तोस् भन्ने गर्दछन् र नेपाली भाषामा मिल्दो जुल्दो शब्दमा भन्ने हो भने भूमे पुजा भन्न सकिन्छ […]

असलमा आवाज विहिनहरूसँगको पत्रकारिता

–निनाम लोवात्तीसमग्र मिडियाका सन्दर्भमा भन्नु पर्दा मिडिया भनेको आवाज विहीनहरूको पनि आवज हो । भन्ने भनाइ र आम मान्यता रहेको छ । तर यो भनाइ र मान्यतानुसार नेपालका मिडियाहरू चलेका छन् त ? प्रश्न नै प्रश्नको घेरामा छ नेपाली पत्रकारिता। खास गरी ‘आदिवासी जनजाति, महिला, मधेसी, दलित, भाषाभाषी, धार्मिक समूह, तेस्रो लिंगी, पिछडिएको क्षेत्र, भिन्न […]

माझीको सहारामा खोला तर्ने नेपालीले विर्से माझीलाई

नारायण राईनेपाली समाजमा ‘माझीसँग मित लगाएमा पछि मर्दा घाट तारिदिन्छ’ भन्ने आहान प्रचलित छ । त्यसै कारण पनि अन्य जात÷जातिका मानिसहरू माझी समुदायसँग मित लगाउन लालायित हुने गर्दथे । तर आजभोली अधिकाङ्स खोलामा पुल बनिएका छन् । त्योसँगै गाउँगाउँसम्म सडक पुगेका छन् । जहाँ मरेपनि अब त बाटो हुँदै पुलबाट तरिजाउँला भन्ने मनोभाव बढेर पनि […]

सोताङ र कुलुङ राईको साझा भाषा

– सुरवीर सोताङ राई भाषाशास्त्रीहरूको अध्ययन र परिभाषा अनुसार प्रत्येक एक किलोमिटर दूरीको फरकमा शब्दको उच्चारणमा भिन्नता आउछ । भौगोलिक दूरीको अन्तरले भाषा वक्ताको उच्चारणमा फरक आउने रूपावलीलाई भाषाशास्त्रीय परिभाषामा भाषिका भनिन्छ । सामान्य बोलचालको भाषामा भाषिकालाई लवज भन्ने गरिएको छ । भाषाको लवज फरक भए पनि भिन्नाभिन्नै भूगोलमा बसोबास गर्ने वक्ताहरू बीच गरिने बोलचालमा […]