राष्ट्रिय परिचयपत्रले वृद्धाहरूलाई शास्ति “जिल्ला प्रशासनबाट सुधार हुने”

मोरङ्ग
मोरङ्ग जिल्लाका स्थानीय पालिकाका वडा कार्यालयहरूबाट राष्ट्रिय परिचयपत्र वितरण भइरहेको छ । रापपमा भएका नाम अशुद्ध, उमेर फरक, ठेगाना फरकले गर्दा वृद्धाहरूले शास्ती व्यहोर्नु परेको छ । हाल वृद्धाभत्ता थाप्न पनि राष्ट्रिय परिचयपत्र आवश्यक हुन थालेको छ । वृद्धा भत्ता खानकै लागि भए पनि वृद्धावृद्धहरू राष्ट्रिय परिचय पत्र बनाउन बाध्य भएका छन् ।


त्यसरी बाध्यकारी रूपमा रापप बनाउँदा पनि त्यसमा विभिन्न त्रुटी देखिएपछि त्यसका सुधारको लागि पुनः हैरानी र पैसा खर्च गर्न उनीहरू बाध्य भएका छन् । मोरङ्ग बेलबारी वडा नं. ९ का टहल बहादुर वानियाले आफुलाई हैरान भएको जनाएका छन् ।
वानियाको नागरिकतामा टहल बहादुर वानिया छ तर राष्ट्रिय परिचय पत्रमा टह वहादुर बानिया भएर आयो । त्यसपछि उनको हैरानी सुरु भएको उनी बताउँछन् ।

‘‘हामी त बुबाबुढी मान्छे, नाम बिग्रीएर आए छ । अब फेरी पाँच सय पनि यो बैँकमा तिर्नु पर्ने रे । त्यो तिरेको रसिद लिएर उर्लाबारी जानु पर्ने रे ।’’ वानियाले भने ।

त्यसै गरी बेलबारी–६ की जै माया राईको उमेर आफ्नो छोराको भन्दा कम उमेरको भएको छ । उनको उमेर २०३७ सालमा ३१ वर्ष भनेको छ तर यता रापपमा त्यसै २०३७ साललाई जन्म मिती बनाई दिएको छ । उनको छोरा मिलन नै २०३६ सालको हो । छोरा मिलन भन्छन् ‘‘मलाई आमाभन्दा जेठो बनाई दिएछ । हा हा हा ।’’

यता राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका शिवराज सेडाई भन्छन् – ‘‘त्यसरी गल्ती हुनु मानविय त्रुटी हो । तर रापप बनाउँदा नै कर्मचारीले पुरा विवरण भरिसकेपछि तपाईँको भरेको विवरण ठिक छ ? भनेर सोधेर भेरिफाई गर्ने गरिन्छ । त्यसरी त्रुटी भएमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा प्रतिलिपिका निवेदन गर्न व्यवस्था गरिएको छ । रापप ऐन अनुसार प्रतिलिपिका लागि पाँच सय लाग्ने हो ।’’ त्यसरी अत्याधिक समस्या आएपछि विभागले समस्याका समाधानका लागि सबै प्रदेशका लागि सूचना जारी गरेको छ ।



विचार

तोस् पुजा; पिल्मो राई जातिको मौलिकता बोकेको महान चाड़

किरात पिल्मो राई समाजले भूमि अर्थात् प्रकृतिलाई र पितृहरूलाई प्रमुख विधिविधानको साथ अनि महत्वको साथ पुजा-अर्चना, बन्दना अथवा पुज्ने गर्दछन् जुन विधिविधान संस्कृतिक र धार्मिक मूल परम्परा हो । प्रकृति र  पितृहरूको पूजालाई पिल्मो राई समाजले आफ्नो मौलिक भाषामा तोस् भन्ने गर्दछन् र नेपाली भाषामा मिल्दो जुल्दो शब्दमा भन्ने हो भने भूमे पुजा भन्न सकिन्छ […]

असलमा आवाज विहिनहरूसँगको पत्रकारिता

–निनाम लोवात्तीसमग्र मिडियाका सन्दर्भमा भन्नु पर्दा मिडिया भनेको आवाज विहीनहरूको पनि आवज हो । भन्ने भनाइ र आम मान्यता रहेको छ । तर यो भनाइ र मान्यतानुसार नेपालका मिडियाहरू चलेका छन् त ? प्रश्न नै प्रश्नको घेरामा छ नेपाली पत्रकारिता। खास गरी ‘आदिवासी जनजाति, महिला, मधेसी, दलित, भाषाभाषी, धार्मिक समूह, तेस्रो लिंगी, पिछडिएको क्षेत्र, भिन्न […]

माझीको सहारामा खोला तर्ने नेपालीले विर्से माझीलाई

नारायण राईनेपाली समाजमा ‘माझीसँग मित लगाएमा पछि मर्दा घाट तारिदिन्छ’ भन्ने आहान प्रचलित छ । त्यसै कारण पनि अन्य जात÷जातिका मानिसहरू माझी समुदायसँग मित लगाउन लालायित हुने गर्दथे । तर आजभोली अधिकाङ्स खोलामा पुल बनिएका छन् । त्योसँगै गाउँगाउँसम्म सडक पुगेका छन् । जहाँ मरेपनि अब त बाटो हुँदै पुलबाट तरिजाउँला भन्ने मनोभाव बढेर पनि […]

सोताङ र कुलुङ राईको साझा भाषा

– सुरवीर सोताङ राई भाषाशास्त्रीहरूको अध्ययन र परिभाषा अनुसार प्रत्येक एक किलोमिटर दूरीको फरकमा शब्दको उच्चारणमा भिन्नता आउछ । भौगोलिक दूरीको अन्तरले भाषा वक्ताको उच्चारणमा फरक आउने रूपावलीलाई भाषाशास्त्रीय परिभाषामा भाषिका भनिन्छ । सामान्य बोलचालको भाषामा भाषिकालाई लवज भन्ने गरिएको छ । भाषाको लवज फरक भए पनि भिन्नाभिन्नै भूगोलमा बसोबास गर्ने वक्ताहरू बीच गरिने बोलचालमा […]