नेपाली सेनाको लघुचलचित्र प्रतियोगितामा ‘उडान’ विजेता

काठमाडौं – नेपाली सेनाले हरेक वर्ष गर्दै आएको लघुचलचित्र प्रतियोगितामा यो वर्ष रबिन तामाङको लघुचलचित्र ‘उडान’ले प्रथम स्थान हासिल गरेको छ । नेपाली सेना लघुचलचित्र प्रतियोगिता २०८१ अन्तर्गत प्राप्त ५० ओटा आलेखमध्ये छनोट भएको उत्कृष्ट १० प्रतियोगी कथाले लघुचलचित्र निर्माणमा भाग लिएको थियो । गत चैत २० गते कार्यक्रमका प्रमुख अथिति तथा प्रधान सेनापती अशोकराज सिक्देलको उपस्थितिमा आर्मी हेडक्वाटर भद्रकालीको सभाहलमा सम्पन्न भएको लघुचलचित्र प्रतियोगितामा प्रथम स्थान हासिल गरेको ‘उडान’ले २ लाख नगद पुरस्कारसमेत प्राप्त गरेको थियो । बिगतमा नेपाली सेना लघुचलचित्र प्रतियोगिता २०७८ मा पनि तामाङको लघुचलचित्र ‘कस्तुरी’ प्रथम र ‘डोल्मा’ ले तेस्रो स्थान हासिल गरेको थियो

लघुचलचित्र ‘उडान’ मा आर्मी जङगल र जंगली पैदावारको सुरक्षा गर्नको निमित वन्यजन्तुको संरक्षणको निमित्त निकुञ्जमा तैनाथ रहन्छ । तर निकुञ्ज नजिकैको बस्तिको एक बालिका निकुञ्जकै जनावरबाट बाली बचाउनको लागि कुर्नुपर्ने हुन्छ । यहि समस्या र समाधानको वरिपरि कथावस्तु रहेको छ । चलचित्रमा मुख्य भुमिका निर्वाह गर्ने बाल कलाकार सुपृम राईको अभिनयले निकै तारिफ बटुलेको थियो । ग्याल्जेन कृयसनको प्रस्तुतिमा बनेको लघुचलचित्र ‘उडान’ मा मिस तामाङ रिया लामा, रमिला मोक्तान, सुनिता श्रेष्ठ, टोनि तामाङ, विकास थापा मगर, बिरबल घले, सुवास राई, सुक्रराज मगरको अभिनय रहेको छ ।

‘उडान’को कास्टिङ डाइरेक्टर सुरेन्द्र क्षेत्री हुन् भने छायांकन बिनोद बलले गरेका छन् । कृयटिभ डिरेक्सन बाबुराम निरौलाले गरेका छन् । मुख्य सहायक निर्देशक अन्सुल डागी, पन्कज सार्की रहेका छन् । भरत महरले सेट डिजाइन गरेका हुन् । पोस्ट प्रोडक्सन रिमा फिल्मस्ले गरेको ‘उडान’को सम्पादन मिराज अर्यालले गरेका हुन् । लघुचलचित्रको साउन्ड डिजाइन तथा पाश्र्व गाएन मनोज खड्काले गरेका हुन् ।



विचार

तोस् पुजा; पिल्मो राई जातिको मौलिकता बोकेको महान चाड़

किरात पिल्मो राई समाजले भूमि अर्थात् प्रकृतिलाई र पितृहरूलाई प्रमुख विधिविधानको साथ अनि महत्वको साथ पुजा-अर्चना, बन्दना अथवा पुज्ने गर्दछन् जुन विधिविधान संस्कृतिक र धार्मिक मूल परम्परा हो । प्रकृति र  पितृहरूको पूजालाई पिल्मो राई समाजले आफ्नो मौलिक भाषामा तोस् भन्ने गर्दछन् र नेपाली भाषामा मिल्दो जुल्दो शब्दमा भन्ने हो भने भूमे पुजा भन्न सकिन्छ […]

असलमा आवाज विहिनहरूसँगको पत्रकारिता

–निनाम लोवात्तीसमग्र मिडियाका सन्दर्भमा भन्नु पर्दा मिडिया भनेको आवाज विहीनहरूको पनि आवज हो । भन्ने भनाइ र आम मान्यता रहेको छ । तर यो भनाइ र मान्यतानुसार नेपालका मिडियाहरू चलेका छन् त ? प्रश्न नै प्रश्नको घेरामा छ नेपाली पत्रकारिता। खास गरी ‘आदिवासी जनजाति, महिला, मधेसी, दलित, भाषाभाषी, धार्मिक समूह, तेस्रो लिंगी, पिछडिएको क्षेत्र, भिन्न […]

माझीको सहारामा खोला तर्ने नेपालीले विर्से माझीलाई

नारायण राईनेपाली समाजमा ‘माझीसँग मित लगाएमा पछि मर्दा घाट तारिदिन्छ’ भन्ने आहान प्रचलित छ । त्यसै कारण पनि अन्य जात÷जातिका मानिसहरू माझी समुदायसँग मित लगाउन लालायित हुने गर्दथे । तर आजभोली अधिकाङ्स खोलामा पुल बनिएका छन् । त्योसँगै गाउँगाउँसम्म सडक पुगेका छन् । जहाँ मरेपनि अब त बाटो हुँदै पुलबाट तरिजाउँला भन्ने मनोभाव बढेर पनि […]

सोताङ र कुलुङ राईको साझा भाषा

– सुरवीर सोताङ राई भाषाशास्त्रीहरूको अध्ययन र परिभाषा अनुसार प्रत्येक एक किलोमिटर दूरीको फरकमा शब्दको उच्चारणमा भिन्नता आउछ । भौगोलिक दूरीको अन्तरले भाषा वक्ताको उच्चारणमा फरक आउने रूपावलीलाई भाषाशास्त्रीय परिभाषामा भाषिका भनिन्छ । सामान्य बोलचालको भाषामा भाषिकालाई लवज भन्ने गरिएको छ । भाषाको लवज फरक भए पनि भिन्नाभिन्नै भूगोलमा बसोबास गर्ने वक्ताहरू बीच गरिने बोलचालमा […]