गोलन्जोर अध्यक्ष कप वडा नं ७ खुर्कोटकाे पाेल्टामा

सिन्धुली – सिन्धुलीको गोलन्जोर गाउँपालिकामा भएकाे फुटवल प्रतियाेगिताकाे फाइनल खेल वडा नं. ७ काे पाेल्टामा परेकाे छ । गाेलन्जाेर पालिका दाेस्राे अध्यक्ष कप वडा नं. ४ खोक्लिङ खेलमैदानमा आयोजना भएको थियाे । दोस्रो अध्यक्ष कप प्रतियोगिताको फाइनल खेल शुक्रबार रोमाञ्चक मोडमा सम्पन्न भएको थियाे । वडा नं. ७ खुर्कोटले वडा नं. ४ लाई ट्राइब्रेकरमा ३–२ गोल अन्तरले पराजित गरेकाे थियाे । निर्धारित समयमा दुबै टोलीले १–१ को बराबरी गरेपछि खेल ट्राइब्रेकरमा पुगेको थियो ।

टाइब्रेकरमा खुर्कोटले ३ गोल गर्दै निर्णायक बढत लिएर विजयी हुन सफल भयो । यसरी उनीहरूले प्रतियोगिताको उपाधि आफ्नो नाम गराउन सफल भए । प्रतियोगितामा खुर्कोट टोलीका अनिल माझी उत्कृष्ट गोलरक्षक घोषित भएका थिए ।

यसैगरी वडा नं. ४ का निराजन ठकुरी खेलाडीले उत्कृष्ट गोलकर्ता र वडा नं. ७ का सन्तोष माझीले उत्कृष्ट खेलाडीको उपाधि प्राप्त गरेका थिए । उनीहरूलाई ३ – ३ हजार नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिएको थियो । खेलको विजेतालाई ६२ हजार ५ सय नगद र उप–विजेतालाई ३७ हजार ५ सय नगद र तृतीय स्थान हासिल गरेको टिमलाई २५ हजार नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।



विचार

तोस् पुजा; पिल्मो राई जातिको मौलिकता बोकेको महान चाड़

किरात पिल्मो राई समाजले भूमि अर्थात् प्रकृतिलाई र पितृहरूलाई प्रमुख विधिविधानको साथ अनि महत्वको साथ पुजा-अर्चना, बन्दना अथवा पुज्ने गर्दछन् जुन विधिविधान संस्कृतिक र धार्मिक मूल परम्परा हो । प्रकृति र  पितृहरूको पूजालाई पिल्मो राई समाजले आफ्नो मौलिक भाषामा तोस् भन्ने गर्दछन् र नेपाली भाषामा मिल्दो जुल्दो शब्दमा भन्ने हो भने भूमे पुजा भन्न सकिन्छ […]

असलमा आवाज विहिनहरूसँगको पत्रकारिता

–निनाम लोवात्तीसमग्र मिडियाका सन्दर्भमा भन्नु पर्दा मिडिया भनेको आवाज विहीनहरूको पनि आवज हो । भन्ने भनाइ र आम मान्यता रहेको छ । तर यो भनाइ र मान्यतानुसार नेपालका मिडियाहरू चलेका छन् त ? प्रश्न नै प्रश्नको घेरामा छ नेपाली पत्रकारिता। खास गरी ‘आदिवासी जनजाति, महिला, मधेसी, दलित, भाषाभाषी, धार्मिक समूह, तेस्रो लिंगी, पिछडिएको क्षेत्र, भिन्न […]

माझीको सहारामा खोला तर्ने नेपालीले विर्से माझीलाई

नारायण राईनेपाली समाजमा ‘माझीसँग मित लगाएमा पछि मर्दा घाट तारिदिन्छ’ भन्ने आहान प्रचलित छ । त्यसै कारण पनि अन्य जात÷जातिका मानिसहरू माझी समुदायसँग मित लगाउन लालायित हुने गर्दथे । तर आजभोली अधिकाङ्स खोलामा पुल बनिएका छन् । त्योसँगै गाउँगाउँसम्म सडक पुगेका छन् । जहाँ मरेपनि अब त बाटो हुँदै पुलबाट तरिजाउँला भन्ने मनोभाव बढेर पनि […]

सोताङ र कुलुङ राईको साझा भाषा

– सुरवीर सोताङ राई भाषाशास्त्रीहरूको अध्ययन र परिभाषा अनुसार प्रत्येक एक किलोमिटर दूरीको फरकमा शब्दको उच्चारणमा भिन्नता आउछ । भौगोलिक दूरीको अन्तरले भाषा वक्ताको उच्चारणमा फरक आउने रूपावलीलाई भाषाशास्त्रीय परिभाषामा भाषिका भनिन्छ । सामान्य बोलचालको भाषामा भाषिकालाई लवज भन्ने गरिएको छ । भाषाको लवज फरक भए पनि भिन्नाभिन्नै भूगोलमा बसोबास गर्ने वक्ताहरू बीच गरिने बोलचालमा […]