कुलमान घिसिङ र गायिका स्याङतानबिच भेट

काठमाडौं । नेपालका राष्ट्रसेवक तथा निवर्तमान नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग गायिका सुस्मिता स्याङतान र उनको टिमबीच भेटवार्ता सम्पन्न भएको छ । गायिका सुस्मिता स्याङतानकाे ”कुलमान दाइ” बाेलकाे गीत सार्वजनिक भएपछि शुक्रबार घिसिङले निमन्त्रणा गरी स्याङतान र उनको टिमसँग घिसिङले आफ्नाै निवासमा भेटघाट गरेका थिए ।

गायिका स्याङतानले केही समयअघि कुलमान घिसिङप्रति श्रद्धा व्यक्त गर्दै आफ्नै युट्युब च्यानलमार्फत ‘कुलमानलाई फालेर’ शीर्षकको गीत सार्वजनिक गरेकी थिइन् । उक्त गीत छोटो समयमा युट्युब तथा सामाजिक सञ्जालमा व्यापक चर्चित बनेको छ । भेटका क्रममा कुलमान घिसिङले गीतप्रति गहिरो सराहना गर्दै स्याङतानलाई धन्यवाद दिएका थिए। उनले भने, “देशको सकारात्मक सोच र सेवामा आधारित यस्ता सिर्जनाले अझै म जस्ता राष्ट्रसेवकलाई ऊर्जा र प्रेरणा दिन्छ।” साथै, उनले स्याङतानलाई भविष्यमा अझ उत्कृष्ट सिर्जना गर्न शुभकामना पनि व्यक्त गरेका थिए ।

त्यस अवसरमा गायिका स्याङतानले प्रत्यक्ष रूपमा ‘कुलमानलाई फालेर’ गीत घिसिङलाई सुनाएकी थिइन्। गीत प्रस्तुतिमा घिसिङ भावुक बनेका थिए । स्याङतानले भेटमा भावुक हुँदै भनिन्, “उहाँबाट यति सकारात्मक प्रतिक्रिया र शुभकामना पाउनु मेरो जीवनकै सबैभन्दा गौरवपूर्ण क्षण हो । म उहाँजस्तै इमानदार राष्ट्रसेवकहरूलाई देशको नेतृत्वमा देख्न चाहन्छु।”

त्यसै क्रममा स्याङतानले आफूलाई गीत सिर्जनाको प्रेरणा कसरी मिल्यो भन्ने विषयमा समेत प्रसंग सुनाइन् । उनले भनिन्, “जब मैले उहाँको बर्खास्तीको दिन मकवानपुरको राक्सिराङ गाउँपालिका–९ स्थित चेपाङ बस्तीमा ७० वर्षीया तुलकुमारी चेपाङको घरमा विद्युत् मिटर ‘अन’ गर्दै बत्ती बालाएको फोटो देखें, म अत्यन्तै भावुक भइकन रोए ।  त्यसपछि नै उहाँको सम्मानमा एउटा गीत बनाउने दृढ निश्चय गरेको थिएँ।” त्यहि प्रसंग सुनाउदा स्याङतान निकै भावुक बनिन।  भेटमा पुगेका गयिकासहित आठैजनाले आशु थाम्न सकेनन ।  

उक्त भेटमा गायिका सुस्मिता स्याङतानसँगै ‘लेडी र्यापर’ का रुपमा उदाउँदै गरेकी मन्जली तामाङ, उज्यालो नेटवर्कका मल्टिमिडिया प्रमुख इशारा लामा, समाचार प्रमुख विवेक लोप्चन, सिर्जना तामाङ, गायक मंगले तामाङ, गायिका मिना तामाङ, एरेन्जर एवं गायक कुनसाङ दोर्जे लोप्चन पनि सहभागी थिए। भेटको क्रममा घिसिङले आफ्नो निःस्वार्थ सेवाका संघर्षपूर्ण यात्राका केही अविस्मरणीय क्षणहरू पनि सबैसँग साझा गरेका थिए, जसले उपस्थित सम्पूर्ण टोलिलाई निकै प्रेरित बनाएको थियो।

गायिका स्याङतानको ‘कुलमानलाई फालेर’ गीतमार्फत उनले केवल कुलमान घिसिङजस्ता कर्मशील र इमानदार व्यक्तिहरूप्रति सम्मान मात्र व्यक्त गरेकी छैनन्, वर्तमान नेपालको नेतृत्वप्रति आम नागरिकले राखेको अपेक्षा र आक्रोशलाई समेत कलात्मक ढङ्गमा अभिव्यक्त गरेकी छन्।

गीतमा सशक्त आवाज दिएकी स्याङतानलाई शब्द, संगीत र सिर्जना विवेक लोप्चनले उपलब्ध गराएका हुन् भने संगीत संयोजन कुनसाङ दोर्जे लोप्चनले गरेका छन्। सहयोगी स्वरमा अर्जुन न्यौपानेले साथ दिएका छन्। भिडिओ निर्देशन र छायांकन विशाल सापकोटाले गरेका छन् भने सम्पादन तथा रंग संयोजन त्रिलोक लामाले गरेका छन्, जसले गीतको दृश्य पक्षलाई अझ प्रभावशाली बनाएको छ। गीतले छोटो समयमा नै उल्लेखनीय चर्चा बटुल्न सफल भएको छ र देशप्रेम तथा इमानदारीको सन्देश बोकेको यो सिर्जना सँगै गायिका सुस्मिता स्याङतानको सांगीतिक यात्रा अझै उचाइमा पुगेको देखिन्छ।



विचार

तोस् पुजा; पिल्मो राई जातिको मौलिकता बोकेको महान चाड़

किरात पिल्मो राई समाजले भूमि अर्थात् प्रकृतिलाई र पितृहरूलाई प्रमुख विधिविधानको साथ अनि महत्वको साथ पुजा-अर्चना, बन्दना अथवा पुज्ने गर्दछन् जुन विधिविधान संस्कृतिक र धार्मिक मूल परम्परा हो । प्रकृति र  पितृहरूको पूजालाई पिल्मो राई समाजले आफ्नो मौलिक भाषामा तोस् भन्ने गर्दछन् र नेपाली भाषामा मिल्दो जुल्दो शब्दमा भन्ने हो भने भूमे पुजा भन्न सकिन्छ […]

असलमा आवाज विहिनहरूसँगको पत्रकारिता

–निनाम लोवात्तीसमग्र मिडियाका सन्दर्भमा भन्नु पर्दा मिडिया भनेको आवाज विहीनहरूको पनि आवज हो । भन्ने भनाइ र आम मान्यता रहेको छ । तर यो भनाइ र मान्यतानुसार नेपालका मिडियाहरू चलेका छन् त ? प्रश्न नै प्रश्नको घेरामा छ नेपाली पत्रकारिता। खास गरी ‘आदिवासी जनजाति, महिला, मधेसी, दलित, भाषाभाषी, धार्मिक समूह, तेस्रो लिंगी, पिछडिएको क्षेत्र, भिन्न […]

माझीको सहारामा खोला तर्ने नेपालीले विर्से माझीलाई

नारायण राईनेपाली समाजमा ‘माझीसँग मित लगाएमा पछि मर्दा घाट तारिदिन्छ’ भन्ने आहान प्रचलित छ । त्यसै कारण पनि अन्य जात÷जातिका मानिसहरू माझी समुदायसँग मित लगाउन लालायित हुने गर्दथे । तर आजभोली अधिकाङ्स खोलामा पुल बनिएका छन् । त्योसँगै गाउँगाउँसम्म सडक पुगेका छन् । जहाँ मरेपनि अब त बाटो हुँदै पुलबाट तरिजाउँला भन्ने मनोभाव बढेर पनि […]

सोताङ र कुलुङ राईको साझा भाषा

– सुरवीर सोताङ राई भाषाशास्त्रीहरूको अध्ययन र परिभाषा अनुसार प्रत्येक एक किलोमिटर दूरीको फरकमा शब्दको उच्चारणमा भिन्नता आउछ । भौगोलिक दूरीको अन्तरले भाषा वक्ताको उच्चारणमा फरक आउने रूपावलीलाई भाषाशास्त्रीय परिभाषामा भाषिका भनिन्छ । सामान्य बोलचालको भाषामा भाषिकालाई लवज भन्ने गरिएको छ । भाषाको लवज फरक भए पनि भिन्नाभिन्नै भूगोलमा बसोबास गर्ने वक्ताहरू बीच गरिने बोलचालमा […]