स्वच्छ र स्वास्थ्य तरकारी उत्पादन गर्नु पर्छ : डा. पाण्डे

नारायण राई
विराटनगर
– ‘‘विषादी युक्त तरकारीले स्वास्थ्यमा ठुलो समस्या उत्पन्न गरेको छ । अब त्यसको ठाउँमा स्वच्छ र स्वस्थ्य तरकारी उत्पादन र विक्री गर्नु पर्छ । खाने कुरामा विषादी प्रयोग गर्नु भनेको सिधै पेस्तोलले हानेको भन्दा घातक कुरा हो ।’’ यो भनाई कोशी प्रदेशका उद्योग, कृषी तथा सहकारी कोशी प्रदेश कार्यालयका सचिव डा.शरण कुमार पाण्डेको हो ।

आज सदाबहार कृषि मार्टका सञ्चालक सुवास राई अर्गानिक तरकारी उत्पादनको विषयमा कुरा गर्न मन्त्रालय पुगेका थिए । सोही क्रममा सचिव डा. पाण्डेले सो कुरा बताएका हुन् । नेपालमा आजसम्म पनि अर्गानिक तरकारी उत्पादनका लागि सटिफाइ(प्रमाणित) गर्ने कानुन र व्यवस्था नभएकोमा उनले दुःख व्यक्त गरेका थिए ।

उनले केही प्राइवेट कम्पनीहरूले सो क्षेत्रमा काम गर्ने गरेको बाहेक नेपाल सरकारले नै गर्ने भन्ने कुनै व्यवस्था नभएको बताएका थिए । सो विषयमा चाँडै नै काम गरिने पनि उनले बताएका थिए । मन्त्रालयका सचिव सहित अन्य कर्मचारी, पत्रकार, किसानहरू सम्मेलित छलफलमा मानव स्वास्थ्यमा खेलबाड गर्नेहरूप्रति कडा कारबाही गरिने कानुन बनाउनु पर्ने विषयमा समेत छलफल भएको थियो ।

बजारमा तरकारीको सटेज(अभाव) भएको अवस्थामा व्यापारीहरूले आजै विषादी लगाएको बाली टिपेर बजार पुर्याउँछन् । उनीहरूले त्यसो गर्नुको मुख्य उद्देश्य भनेको तरकारी अभाव भएको मौका छोपी ज्यादा पैसा कमाउने अभिलासामा हो ।
कृषकको उत्पादन क्षेत्रमा अनुगमनमा जाँदा एकै छिन पनि विषादी गनाएर बस्न सकिने अवस्था नभएको उपस्थित एक कर्मचारीले बताएका थिए । किसानहरूले आफुले खाने फाल्टौ लगाउने र अरुलाई बेच्ने विषादी युक्त फाल्टौ स्थानमा लगाउने गरेको उपस्थित एकले बताएका थिए । यसरी मानव स्वास्थ्यमा खेलबाड भइरहेको प्रति सरकार नै मोन भएको छलफलको निश्कर्ष थियो । त्यसैले त्यसको नियन्त्रणमा लागि स्वच्छ, स्वास्थ्य र उपभोग युक्त तरकारी उत्पादनमा लाग्नु पर्ने सहभागीहरूको जोड थियो ।



विचार

तोस् पुजा; पिल्मो राई जातिको मौलिकता बोकेको महान चाड़

किरात पिल्मो राई समाजले भूमि अर्थात् प्रकृतिलाई र पितृहरूलाई प्रमुख विधिविधानको साथ अनि महत्वको साथ पुजा-अर्चना, बन्दना अथवा पुज्ने गर्दछन् जुन विधिविधान संस्कृतिक र धार्मिक मूल परम्परा हो । प्रकृति र  पितृहरूको पूजालाई पिल्मो राई समाजले आफ्नो मौलिक भाषामा तोस् भन्ने गर्दछन् र नेपाली भाषामा मिल्दो जुल्दो शब्दमा भन्ने हो भने भूमे पुजा भन्न सकिन्छ […]

असलमा आवाज विहिनहरूसँगको पत्रकारिता

–निनाम लोवात्तीसमग्र मिडियाका सन्दर्भमा भन्नु पर्दा मिडिया भनेको आवाज विहीनहरूको पनि आवज हो । भन्ने भनाइ र आम मान्यता रहेको छ । तर यो भनाइ र मान्यतानुसार नेपालका मिडियाहरू चलेका छन् त ? प्रश्न नै प्रश्नको घेरामा छ नेपाली पत्रकारिता। खास गरी ‘आदिवासी जनजाति, महिला, मधेसी, दलित, भाषाभाषी, धार्मिक समूह, तेस्रो लिंगी, पिछडिएको क्षेत्र, भिन्न […]

माझीको सहारामा खोला तर्ने नेपालीले विर्से माझीलाई

नारायण राईनेपाली समाजमा ‘माझीसँग मित लगाएमा पछि मर्दा घाट तारिदिन्छ’ भन्ने आहान प्रचलित छ । त्यसै कारण पनि अन्य जात÷जातिका मानिसहरू माझी समुदायसँग मित लगाउन लालायित हुने गर्दथे । तर आजभोली अधिकाङ्स खोलामा पुल बनिएका छन् । त्योसँगै गाउँगाउँसम्म सडक पुगेका छन् । जहाँ मरेपनि अब त बाटो हुँदै पुलबाट तरिजाउँला भन्ने मनोभाव बढेर पनि […]

सोताङ र कुलुङ राईको साझा भाषा

– सुरवीर सोताङ राई भाषाशास्त्रीहरूको अध्ययन र परिभाषा अनुसार प्रत्येक एक किलोमिटर दूरीको फरकमा शब्दको उच्चारणमा भिन्नता आउछ । भौगोलिक दूरीको अन्तरले भाषा वक्ताको उच्चारणमा फरक आउने रूपावलीलाई भाषाशास्त्रीय परिभाषामा भाषिका भनिन्छ । सामान्य बोलचालको भाषामा भाषिकालाई लवज भन्ने गरिएको छ । भाषाको लवज फरक भए पनि भिन्नाभिन्नै भूगोलमा बसोबास गर्ने वक्ताहरू बीच गरिने बोलचालमा […]