सर्वनाममा ‘जब फूलले आकार लिन्छ…’ मञ्चन

काठमाडौँ । सर्वनाम नाटकघरमा ‘जब फूलले आकार लिन्छ..’ नाटक मञ्चन भइरहेको छ । नाटक सर्वनाम २१ औँ ब्याचले प्रस्तुत गरेका हुन् । कालिकास्थान स्थित सर्वनाममा साउन १२ गतेदेखि नाटक प्रदर्शन भइरहेको छ । नाटकमा प्रशिक्षार्थी समूहकै प्रस्तुति, लेखन तथा निर्देशन रहेको छ ।
‘जब फूलले आकार लिन्छ…’ नाटकमा दुई समानान्तर पात्रहरूको आफ्नो भोगाइलाई चित्रण गरिएको छ । एकातिर प्रकृतिसँग रमाउन चाहने रानी फूललाई जब मन्दिरमा चढाउने तयारी गरिन्छ, तब उसको विद्रोहको आवाजहरू गुञ्जिन थाल्छन् । अर्कोतिर परिवार र समाजबाट अपहेलित चित्रकारले आफुलाई कुरुप भनिएकै कारण उसले सुन्दर चित्रहरू बनाउन थाल्छ । यि दुई पात्रहरूको यात्रा, संघर्ष र परिवेशमा नाटकको कथावस्तु तयार पारिएको छ । सुन्दरता, खुशी र समाजको परिभाषालाई भित्री मनको आँखाले परिभाषित गर्ने कुरालाई नाटकले प्रतिविम्वित गरेको पाइन्छ ।

नाटकमा गायत्री जोशी, सुमिक्षा न्यौपाने, इस्मिता भुषाल, अन्जली कोइराला, सुभाष पौडेल, राजन मोक्तान, विजय चापागाइँ, मनोज बोहरा, पवन थापा लगायतका कलाकारहरूको अभिनय रहेको छ ।
मितव्ययी रंगदर्शनलाई प्राथमिकतामा राखेर नाटकहरू निर्माण गर्दै आएको सर्वनामले हरेक वर्ष नियमित रंगप्रशिक्षण कक्षाहरू सञ्चालन गर्दै आइरहेको छ । सडक नाटकका जन्मदाता तथा प्रसिद्ध नाटककार अशेष मल्लले लामो समयदेखि सर्वनाममा ध्यानाभिनय सिद्धान्त मार्फत् नाट्य प्रशिक्षण दिँदै आइरहेका छन् । तीन महिने रंग प्रशिक्षण पश्चात् तयार पारिएको नाटक ‘जब फूलले आकार लिन्छ…’ त्यही सिद्धान्तमा आधारित रहेको छ । नाटक साउन १८ गतेसम्म मञ्चन हुनेछ ।



विचार

तोस् पुजा; पिल्मो राई जातिको मौलिकता बोकेको महान चाड़

किरात पिल्मो राई समाजले भूमि अर्थात् प्रकृतिलाई र पितृहरूलाई प्रमुख विधिविधानको साथ अनि महत्वको साथ पुजा-अर्चना, बन्दना अथवा पुज्ने गर्दछन् जुन विधिविधान संस्कृतिक र धार्मिक मूल परम्परा हो । प्रकृति र  पितृहरूको पूजालाई पिल्मो राई समाजले आफ्नो मौलिक भाषामा तोस् भन्ने गर्दछन् र नेपाली भाषामा मिल्दो जुल्दो शब्दमा भन्ने हो भने भूमे पुजा भन्न सकिन्छ […]

असलमा आवाज विहिनहरूसँगको पत्रकारिता

–निनाम लोवात्तीसमग्र मिडियाका सन्दर्भमा भन्नु पर्दा मिडिया भनेको आवाज विहीनहरूको पनि आवज हो । भन्ने भनाइ र आम मान्यता रहेको छ । तर यो भनाइ र मान्यतानुसार नेपालका मिडियाहरू चलेका छन् त ? प्रश्न नै प्रश्नको घेरामा छ नेपाली पत्रकारिता। खास गरी ‘आदिवासी जनजाति, महिला, मधेसी, दलित, भाषाभाषी, धार्मिक समूह, तेस्रो लिंगी, पिछडिएको क्षेत्र, भिन्न […]

माझीको सहारामा खोला तर्ने नेपालीले विर्से माझीलाई

नारायण राईनेपाली समाजमा ‘माझीसँग मित लगाएमा पछि मर्दा घाट तारिदिन्छ’ भन्ने आहान प्रचलित छ । त्यसै कारण पनि अन्य जात÷जातिका मानिसहरू माझी समुदायसँग मित लगाउन लालायित हुने गर्दथे । तर आजभोली अधिकाङ्स खोलामा पुल बनिएका छन् । त्योसँगै गाउँगाउँसम्म सडक पुगेका छन् । जहाँ मरेपनि अब त बाटो हुँदै पुलबाट तरिजाउँला भन्ने मनोभाव बढेर पनि […]

सोताङ र कुलुङ राईको साझा भाषा

– सुरवीर सोताङ राई भाषाशास्त्रीहरूको अध्ययन र परिभाषा अनुसार प्रत्येक एक किलोमिटर दूरीको फरकमा शब्दको उच्चारणमा भिन्नता आउछ । भौगोलिक दूरीको अन्तरले भाषा वक्ताको उच्चारणमा फरक आउने रूपावलीलाई भाषाशास्त्रीय परिभाषामा भाषिका भनिन्छ । सामान्य बोलचालको भाषामा भाषिकालाई लवज भन्ने गरिएको छ । भाषाको लवज फरक भए पनि भिन्नाभिन्नै भूगोलमा बसोबास गर्ने वक्ताहरू बीच गरिने बोलचालमा […]