नेपाल र जर्मनबिच अन्तरसाँस्कृतिक कार्यक्रम

भक्तपुर, भदौ २२
नेपाल र जर्मन दुई देशका विभिन्न साँंस्कृतिक कार्यक्रमहरू भएका छन् । कार्यक्रम
एभरेस्ट स्कुल मिवाछें व्यासी भक्तपुरको आयोजनामा भएकाे हाे । आइतबार भक्तपुरमा भएकाे अन्तरसाँंस्कृतिक कार्यक्रममा नेपाल र जर्मन दुई देशवीचको सम्वन्धलाई अझ मजबुत बनाउने उद्देश्यकासाथ कार्यक्रम गरिएकाे थियाे ।

कार्यक्रम दुई चरणमा गरिएको थियो । पहिलो चरणमा औपचारिक र दोश्रो चरणमा प्रदर्शनी गरिएको थियो । कार्यक्रमको पहिलो चरणमा नेपाल र जर्मन दुई देशका विभिन्न साँंस्कृतिक कार्यक्रमहरुको पनि प्रस्तुति गरिएको थियो । कार्यक्रममा नेपाली र जर्मनका विभिन्न नाचहरू एकै स्टेजमा देखाइएको थियो । दुवै नाच नेपाली विद्यार्थीले देखाएका थिए ।

कार्यक्रमको दोश्रो चरणमा विभिन्न स्टलहरू राखेर प्रदर्शन गरिएको थियो । ती स्टलहरूमा नेपाली र जर्मन खानाका विभिन्न परिकारहरूको स्वाद चाख्न सकिने व्यवस्था थियो । इच्छुकहरूले पैसा तिरेर त्यहाँं तातोतातो खानाहरू खान सकिने व्यवस्था थियो । साथै त्यहाँं नेपालका विभिन्न खेलहरूको पनि प्रदर्शन गरिएको थिए । साथै जर्मनमा विभिन्न स्टलहरु पनि रहेका थिए ।
कार्यक्रमको उदघाटनको क्रममा नेपाल र जर्मनको राष्टिय गान पनि गाइएको थियो । साथै नेपाल र जमर्नका विभिन्न गीतहरु पनि गाइएको थियो ।
कार्यक्रममा आयोजक स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारी, स्कुलका जर्मन भाषा शिक्षकलगायतले नेपाल र जर्मनको सम्वन्धकोबारेमा चर्चा गरेका थिए । कार्यक्रममा स्कुलमा चारदेखि ८ कक्षासम्मका विद्यार्थीहरू सहभागी रहेका थिए ।



विचार

तोस् पुजा; पिल्मो राई जातिको मौलिकता बोकेको महान चाड़

किरात पिल्मो राई समाजले भूमि अर्थात् प्रकृतिलाई र पितृहरूलाई प्रमुख विधिविधानको साथ अनि महत्वको साथ पुजा-अर्चना, बन्दना अथवा पुज्ने गर्दछन् जुन विधिविधान संस्कृतिक र धार्मिक मूल परम्परा हो । प्रकृति र  पितृहरूको पूजालाई पिल्मो राई समाजले आफ्नो मौलिक भाषामा तोस् भन्ने गर्दछन् र नेपाली भाषामा मिल्दो जुल्दो शब्दमा भन्ने हो भने भूमे पुजा भन्न सकिन्छ […]

असलमा आवाज विहिनहरूसँगको पत्रकारिता

–निनाम लोवात्तीसमग्र मिडियाका सन्दर्भमा भन्नु पर्दा मिडिया भनेको आवाज विहीनहरूको पनि आवज हो । भन्ने भनाइ र आम मान्यता रहेको छ । तर यो भनाइ र मान्यतानुसार नेपालका मिडियाहरू चलेका छन् त ? प्रश्न नै प्रश्नको घेरामा छ नेपाली पत्रकारिता। खास गरी ‘आदिवासी जनजाति, महिला, मधेसी, दलित, भाषाभाषी, धार्मिक समूह, तेस्रो लिंगी, पिछडिएको क्षेत्र, भिन्न […]

माझीको सहारामा खोला तर्ने नेपालीले विर्से माझीलाई

नारायण राईनेपाली समाजमा ‘माझीसँग मित लगाएमा पछि मर्दा घाट तारिदिन्छ’ भन्ने आहान प्रचलित छ । त्यसै कारण पनि अन्य जात÷जातिका मानिसहरू माझी समुदायसँग मित लगाउन लालायित हुने गर्दथे । तर आजभोली अधिकाङ्स खोलामा पुल बनिएका छन् । त्योसँगै गाउँगाउँसम्म सडक पुगेका छन् । जहाँ मरेपनि अब त बाटो हुँदै पुलबाट तरिजाउँला भन्ने मनोभाव बढेर पनि […]

सोताङ र कुलुङ राईको साझा भाषा

– सुरवीर सोताङ राई भाषाशास्त्रीहरूको अध्ययन र परिभाषा अनुसार प्रत्येक एक किलोमिटर दूरीको फरकमा शब्दको उच्चारणमा भिन्नता आउछ । भौगोलिक दूरीको अन्तरले भाषा वक्ताको उच्चारणमा फरक आउने रूपावलीलाई भाषाशास्त्रीय परिभाषामा भाषिका भनिन्छ । सामान्य बोलचालको भाषामा भाषिकालाई लवज भन्ने गरिएको छ । भाषाको लवज फरक भए पनि भिन्नाभिन्नै भूगोलमा बसोबास गर्ने वक्ताहरू बीच गरिने बोलचालमा […]