काठमाडौँ
सरकारले बन्द गरेको सामाजिक सञ्जाल पुनः सञ्चालनमा ल्याएको छ । उक्त सामाजिक सञ्जाल पुनः सञ्चालन गराउन देशका विभिन्न भागमा आन्दोलन भएको थियो । सो आन्दोलन जेन्जी समूहले गरेका थिए । जेन्जी समूह भनेको सन् १९९७ देखि २०१२ सम्मको युवाको समूहलाई जनाउँछ । आन्दोलनका क्रममा देशका विभिन्न भागमा आन्दोलनकारी र प्रहरीबिच झडप हुँदा प्रहरीको गोली लागि २१ जनाको मृत्यु भएको प्रहरी प्रवक्ता विनोद घिमिरेले जनाएकाछन् ।
जेन्जीको सक्रीय अन्दोलनले सरकारलाई सामाजिक सञ्जाल पुनःसुचारु गर्न बाध्य बनाएको छ । त्यस दबाबको बिचमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् ।