
काठमाडौँ
नेपालका विभिन्न भागमा १६ गतेदेखि निरन्तर वर्षा भइरहेको छ । लामो दूरीको सवारी आवतजावतमा रोक लगाइएको छ । आज राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले सूचना निकालेर सो विषयको जानकारी गराएको छ ।
प्राधिकारणले जल तथा मौसम विज्ञान विभागको हवला दिँदै यही असोज १८ देखि २० गतेसम्म देशका विभिन्न भागमा चट्याडसहित हल्कादेखि मध्यम वर्पा भइरहेको छ। केही स्थानमा भारी वपदिखि अति धेरै भारी वर्षा हुनसकने सम्भावना रहेको छ ।
भारी वर्षा तथा अति धेरै भारी वर्षाका कारण आउन सकने बाढी, पहिरो र डुवान हुन सक्ने भएको छ । त्यसबाट उत्पन्न हुने सक्ने
संभावित विपद् जोखिम न्यूनीकरण गर्न कोशी, मधेश, वागमती, गण्डकी र लुम्बिनी प्रदेशका सवै जिल्लाबाट चल्ने
लामो दूरीका र काठमाडौ उपत्यका भित्रिने र वाहिरिने सवारी साधन आवतजावत असोज १८, १९ र २० गतेका लागि बन्द गरिएको सूचनामा उल्लेख गरिएको छ ।
उक्त कार्यको कार्यान्वयनका लागि सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायलाई निर्देशन समेत दिइएको छ । वर्षाका कारण हवाई सेवा पनि तत्कालको लागि बन्द गरिएको नेपाल वायुसेवा निगमका प्रवक्ता सुवस डाँगीले जानकारी दिएका छन् । मौसम सफा हुने वित्तिकै हवाई सेवा सुचारु हुने पनि उनले थुम्सेन्यूजलाई जानकारी दिएका छन् ।