सामान ढुवानी व्यवस्थाको साधारण सभा सम्पन्न

काठमाडौँ – काठमाडौँ सामान ढुवानी व्यवसायी संघको ११ औँ वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । ‘‘सामान ढुवानी व्यवसायलाई व्यवस्थीत र प्रभावकारी बनाउनु राज्यको आवश्यकता रहेको छ ।’’ बागमती प्रदेशका मुख्य मन्त्री तथा कार्यक्रमका प्रमुख अतिथि ईन्द्रबहादुर बाँनियाले कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा सो कुरा बताएका हुन् ।

सोहि क्रममा बाँनियाले जेन्जी आन्दोलनका क्रममा पूर्ण रूपमा ध्वस्त भएका सवारी साधनहरूको यस आर्थिक वर्षको कर छुट गर्ने निर्णय गरेको जानकारी दिए । बाँनियाले ढुवानी व्यवसायलाई प्रवाभकारी बनाउन सबै सरोकारवाला निकायहरूबीच समन्वयको आवश्यकता रहेको औलाएका थिए ।

कार्यक्रममा बागमती प्रदेश सांसद उद्दव थापा, नागार्जुन नगरपालिकाकी कार्यवाहक नगरप्रमुख सुशीला अधिकारी लगायतले ढुवानी व्यवसायलाई थप मर्यादित र व्यवस्थित बनाउदै लानुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रम संघका अध्यक्ष पुष्पराज श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो । अध्यक्ष श्रेष्ठले सामान ओसारपोसार गर्ने क्रममा ढुवानी व्यवसायीहरूले अनावश्यक दुःख भोग्नु परेको बताएका थिए । त्यस विषयमा उनले सरकारलाई स्पष्ट एकिकृत ढुवानी ऐन, कार्यविधि बनाई दिन समेत आग्रह गरेका थिए । कार्यक्रम स्वयम्भु स्थित क्वालिटी दरबारमा भएको थियो ।



विचार

तोस् पुजा; पिल्मो राई जातिको मौलिकता बोकेको महान चाड़

किरात पिल्मो राई समाजले भूमि अर्थात् प्रकृतिलाई र पितृहरूलाई प्रमुख विधिविधानको साथ अनि महत्वको साथ पुजा-अर्चना, बन्दना अथवा पुज्ने गर्दछन् जुन विधिविधान संस्कृतिक र धार्मिक मूल परम्परा हो । प्रकृति र  पितृहरूको पूजालाई पिल्मो राई समाजले आफ्नो मौलिक भाषामा तोस् भन्ने गर्दछन् र नेपाली भाषामा मिल्दो जुल्दो शब्दमा भन्ने हो भने भूमे पुजा भन्न सकिन्छ […]

असलमा आवाज विहिनहरूसँगको पत्रकारिता

–निनाम लोवात्तीसमग्र मिडियाका सन्दर्भमा भन्नु पर्दा मिडिया भनेको आवाज विहीनहरूको पनि आवज हो । भन्ने भनाइ र आम मान्यता रहेको छ । तर यो भनाइ र मान्यतानुसार नेपालका मिडियाहरू चलेका छन् त ? प्रश्न नै प्रश्नको घेरामा छ नेपाली पत्रकारिता। खास गरी ‘आदिवासी जनजाति, महिला, मधेसी, दलित, भाषाभाषी, धार्मिक समूह, तेस्रो लिंगी, पिछडिएको क्षेत्र, भिन्न […]

माझीको सहारामा खोला तर्ने नेपालीले विर्से माझीलाई

नारायण राईनेपाली समाजमा ‘माझीसँग मित लगाएमा पछि मर्दा घाट तारिदिन्छ’ भन्ने आहान प्रचलित छ । त्यसै कारण पनि अन्य जात÷जातिका मानिसहरू माझी समुदायसँग मित लगाउन लालायित हुने गर्दथे । तर आजभोली अधिकाङ्स खोलामा पुल बनिएका छन् । त्योसँगै गाउँगाउँसम्म सडक पुगेका छन् । जहाँ मरेपनि अब त बाटो हुँदै पुलबाट तरिजाउँला भन्ने मनोभाव बढेर पनि […]

सोताङ र कुलुङ राईको साझा भाषा

– सुरवीर सोताङ राई भाषाशास्त्रीहरूको अध्ययन र परिभाषा अनुसार प्रत्येक एक किलोमिटर दूरीको फरकमा शब्दको उच्चारणमा भिन्नता आउछ । भौगोलिक दूरीको अन्तरले भाषा वक्ताको उच्चारणमा फरक आउने रूपावलीलाई भाषाशास्त्रीय परिभाषामा भाषिका भनिन्छ । सामान्य बोलचालको भाषामा भाषिकालाई लवज भन्ने गरिएको छ । भाषाको लवज फरक भए पनि भिन्नाभिन्नै भूगोलमा बसोबास गर्ने वक्ताहरू बीच गरिने बोलचालमा […]