
काठमाडौँ – प्रत्येक वर्ष जाडोयाममा काठमाडौं युरो स्कूलले न्यानो लुगा विद्यालयहरूका विद्यार्थीहरूलाई वितरण गर्दै आइरहेको छ । यस वर्ष पनि स्कूलले विभिन्न विद्यालयका सात सय विद्यार्थीहरूलाई न्यायो लुगा वितरण गरेको छ । चिसोका कारण बालबालिकाको दैनिक पठनपाठनमा असर नपरोस् भन्ने उद्देश्यका साथ स्कूलले कार्यक्रमको आयोजना गरेर नै लुगा वितरण गरेका छन् ।
स्कूलले नुवाकोटको दुप्चेश्वर काउलेश्वरी माध्यमिक विद्यालय, सुर्यगढीस्थित कालिका माध्यमिक विद्यालय र लमजुङको पाणिनी माध्यमिक विद्यालयमा लुगा वितरण गरेको हो ।
“यो न्यानोपनले बालबालिकालाई चिसोबाट जोगाउनुका साथै आत्मविश्वास र सकारात्मक सोचका साथ अघि बढ्न प्रेरणा मिलोस्,” लुगा वितरण कार्यक्रमका क्रममा विद्यालयका अध्यक्ष प्रमोद पाण्डेले बोलेका थिए ।
न्यानो कपडा वितरण कार्यक्रममा काठमाडौँ युरो स्कूलका अभिभावक, विद्यार्थी, बाल क्लब तथा शिक्षक–कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो ।