
काठमाडौं – मधेसी एकता समाजको यूएई शाखामा नयाँ कार्यसमिति गठन भएको छ । यो समाज विदेशमा बस्ने मधेशीहरूको छाता संगठन हो । आइतबार भएको अधिवेसनले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति गठन गरेको हो ।
अधिवेसनले शैलेन्द्र कुमार रायको अध्यक्षतामा नयाँ कार्य समितिको चयन गरेको छ । समितिको सहअध्यक्षकमा रामपुकार यादव र रामअयोध्या साह रहेका छन् । त्यसै गरी उपाध्यमा अफरोज हुसैन, मनीष कर्ण, धर्मेन्द्र मण्डल र सन्दीप यादव रहेका छन् । अधिवेसनले महासचिवमा कृष्णकुमार साहलाई चयन गरेको छ भने कोषाध्यक्षमा अभिमन्यु यादव, विक्रम साह युवा संयोजक र भोला पासवान सांस्कृतिक संयोजकमा चयन भएका छन् ।
कार्यक्रम समाजको यूएई शाखाका निवर्तमान अध्यक्ष रोशन देवले अध्यक्षता सञ्चालन भएको थियो भने समाजका अन्तर्राष्ट्रिय समिति अध्यक्ष डा. रविन्द्र कुमार यादवको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रम यूएईको फुजैराहस्थित मसाफीमा भएको थियो ।

सो अवसरमा नयाँ वर्ष २०२६ का लागि वनभोजको पनि आयोजना गरिएको थियो । उक्त वनभोजमा मधेशी समुदायका विभिन्न खाद्य परिकारसहितको सामूहिक भोजन तथा आपसी भेटघाटसम्बन्धी कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा समाजको यूएई शाखाका पूर्व अध्यक्ष धर्मेन्द्र गोहीवर, अन्तर्राष्ट्रिय सल्लाहकार तन्मिर आलम, शहनवाज अख्तर, फैसल हुसैन, लाल सिंह, जिवछ साह, सुनील पुर्बे, अमित शर्मा, तथा समाजको बिजनेस काउन्सिलका अध्यक्ष कवीन्द्र यादव लगायतको उपस्थिति रहेको थियो ।