
भक्तपुर
शुक्रबार एभरेष्ट इंगलिश स्कूलको ४३ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएकाे छ । उक्त कार्यक्रममा भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिले शिक्षा व्यापार हाेइन, राज्यको जिम्मेवारी हो भनेका छन् । कार्यक्रमकाे प्रमुख अतिथि समेत रहेकाे प्रजापतिले एभरेष्ट स्कूलकाे वार्षिकाेत्सवकाे अवसर पारेर सबै क्षेत्रलाइ जिम्मेवार हुनु पर्नेमा जाेड दिएका थिए ।
एभरेष्ट स्कूलले आफ्नो वार्षिकोत्सवको अवसरमा विद्यालयहरुलाई पुस्तक हस्तान्तरण गरी पठन संस्कृतिलाई अझ मजबुत बनाउन हौसला पुग्ने बताउँदै उनले भक्तपुर नगरपालिकाले विद्यालयलक्षित गतिविधिमा जोड दिँदै आएको बताएका थिए ।
विद्यार्थीहरुलाई सामाजिक सञ्जाल, कुलतबाट जोगाउनुपर्ने र असल संगतको लागि प्रेरित गर्नुपर्नेमा पनि जाेड दिएका थिए ।

कार्यक्रमका विशेष अतिथि प्रदिपकुमार राईले वार्षिकोत्सवको अवसरमा एभरेष्ट स्कूलले विद्यालयहरुलाई पुस्तक हस्तान्तरण कार्यक्रमलाई आगामी दिनहरुमा निरन्तरता दिने विश्वास व्यक्त गर्दै यसले देशको शैक्षिक किवासमा पनि टेवा पुग्ने बताएका थिए ।
विद्यालयका प्रिन्सिपल भक्त राजभण्डारीले विद्यालयको शैक्षिक गतिविधिबारे प्रष्ट पार्दै सामाजिक तथा शैक्षिक अभियानमार्फत विद्यालय अगाडि बढिरहेको बताएका थिए । प्रिन्सिपल राजभण्डारीले विद्यार्थीहरुलाई पढाइकाे साथै अन्य अतिरिक्त क्रियाकलापमा पनि संलग्न गराउँदै आएको बताएका थिए ।

कार्यक्रममा नगर प्रमुख प्रजापतिले एसर्ईई २०८१ मा ४ जीपीए ल्याएका विद्यार्थीलाई सम्मान गर्नुका साथै एभरेष्ट जन्म दिन कोष २०८२ बाट संकलित रकमद्वारा टीकापुर ९ झुंगा, कैलालीस्थित सेतीमैया चौधरी मावि, भोजपुर ४ दावाँस्थित सिद्धेश्वर माध्यमिक विद्यालय, जीतपुरमिरा २ दशविगाह, बारास्थित सरस्वती आधारभूत विद्यालयहरुलाई पुस्तक हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा विद्यार्थीहरूले नृत्य, गायत जस्ता साँगितिक प्रस्तुतहरू प्रस्तुत गरेका थिए ।
