
फागुन ७ गते, नेपालगन्ज ।
सुशासनको क्षेत्रका क्रियाशिल संस्था बास नेपालले संस्थाको अर्धबार्षिक समिक्षा तथा योजना तर्जुमा बैठक सम्पन्न गरेको छ ।
बैठकमा संस्थाले चालु आर्थिक बर्षको साउनदेखि पौषसम्म गरेको प्रगति तथा आर्थिक आय व्यय प्रस्तुत गरेको छ ।
उक्त हिसाव तथा प्रगति प्रतिवेदन आर्थिक वर्ष २०८२÷०८३ को ६ महिनाको हो । सोहि बैठकले आगामी ६ महिनाको योजना तर्जुमा पनि गरेकोछ । संस्थाले पहिलो छ महिनामा हासिल गरेका उपलब्धी र आगामी योजनाका बारेमा बास नेपालका निर्देशक हेमराज भट्टले गरेका थिए । बास नेपालका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले ग्रिन नेपालगन्ज सामुदायिक फोहोर रुपान्तरण परियोजनाको प्रगतिको बारेमा प्रश्तुती गरेका थिए । बास नेपालका महासचिब कल्पना अधिकारीले सञ्चालन गरेको समिक्षा तथा योजना तर्जुमा बैठकमा संस्थाले गरिरहेका कार्यहरु र भावि योजनाका बिषयमा केन्द्रीय कार्यसमिति पदाधिकारी र कर्मचारीहरुले आआफ्नो धारणा राखेका थिए । सोही अवसरमा बास केन्द्रीय समितिलाई संस्थागत नीति, निर्देशिका तथा कानुन बारे अभिमुखिकरण समेत गरिएको थियो । बास नेपालको ५२औं पूर्णकालिन बैठकको क्रममा देशभरीबाट नेपालगन्ज पुगेका केन्द्रीय पदाधिकारीहरुको सहभागितामा उक्त अभिमुखिकरण गरिएको हो ।
बास नेपालको परिमार्जित विधानका बारेमा बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाह र बास नेपालको रणनैतिक योजना र नीति, निर्देशिकाको बिषयमा निर्देशक हेमराज भट्टले प्रश्तुतीकरण गरेका थिए ।
नेपालगन्जमा भएको बास अर्धबार्षिक समिक्षाको अध्यक्षता संस्थाका अध्यक्ष शिव कुमार वर्माले गरेका थिए ।