
सिन्धुली,फाल्गुण १४
जिर्घा खोलामा पक्की पुल निर्माण भएपछि गाउँ बस्तीलाई सुविधा हुने भएको छ । सिन्धुली जिल्लाको कमलामाई नगरपालिका १२ स्थित जिर्घा खोलामा पुन निर्माण कार्य सुरु भएको छ । उक्त पुन सो क्षेत्रका पिछडिएका ग्रामिण बस्तीका सर्वसाधरणहरूलाई लक्ष्यित गरी हुने निर्माण गरिएको हो ।
निर्माणाधिन डबल लेनको पुल स्थानीय पुर्वाधार विकास आयोजना हेटौडाको ४ करोड ३३ लाख ३३ हजारको लगानिमा सुरुभएको छ । यो पुन निर्माण भएपश्चात सदरमुकाम सिन्धुलीमाडीबाट जिल्लाका दुई गाउ“पालिका समेत छोटो दुरीमा पुग्न सकिने भएको छ । विगतमा सो स्थानमा सडक पुलको अभावमा विमारीहरूलाई अस्पताल पुर्याउन असुविधा हुनुका साथै कृषिजन्य उत्पादनहरू बजारमा बिक्री वितरणमा लैजानकालागि असुविधा हुदै आएको थियो ।
जिर्घा खोलामा ५० मिटरको पक्की पुल निर्माण थालिएपछि सो क्षेत्रको सामाजिक र आर्थिक विकासमा समेत प्रत्यक्ष रूपमा टेवा पुग्ने स्थानीयवासी नारायण आलेले बताउछन् ।

पुल निर्माणले कमलामाई नगरपालिका वडा नंम्बर १२ हुदै तीनपाटन,गोलन्जोर र फिक्कल गाउ“पालिकाका विभिन्न वडाका स्थानीयहरूलाई समेत सदरमुकाम सिन्धुलीमाडीसम्म आवात–जावत गर्न सुविधा हुने देखिएको छ । पुल निर्माणको कार्य आगामी २०८३ साल असार १५ गते सम्मकालागि तोकिएको स्थानीय पुर्वाधार विकास आयोजना हेटौडाका प्राविधिक राजिवकुमार साहले बताए ।
सो पक्की पुलको सम्पुर्ण निर्माण कार्य तोकिएको म्याद भित्रै सम्पन्न गर्न लागिएको पुल निर्माणमा संलग्न जीवन कन्ट्रक्सन कम्पनीका प्रबन्ध निर्देशक डिल्लीबहादुर श्रेष्ठले बताएका छन् । सडक पुलको निर्माण कार्य तिब्र रूपमा सञ्चालन गरेको बताउदै पुल निर्माण सम्पन्न भएपछि कमलामाई नगरपालिका १२ नम्बर वडा र सिक्रे, फलाटे लगाएतका स्थानलाई जोड्ने छ भन्छन् स्थानीय डेढलाल श्रेष्ठ ।
