
काठमाडाैँ – नेपालमा जापानी कस्मेटीक, स्किन केयर तथा हेल्थ केयर प्रोडक्टस्को विक्री थालनी भएको छ । भाटभटेनी सुपरमार्केट तथा होमा विच सहमति भएपछि जापानी कस्मेटीक स्किन केयरहरू विक्री हुन थालेको हो ।
जापानी स्किन केयर तथा कस्मेटिक आयातकर्ता होमा द्वारा नेपाली बजारमा उक्त उत्पादनहरु बजारमा ल्याइएको हो । उत्पादनहरू भाटभटेनी सुपरमार्केटमा उपलब्ध हुने छन् । होक्काईदो विजनेस ग्रुप नेपाल अन्तर्गतको होमाले सन् २०२३ देखी आधिकारीक रुपमा जापानी कस्मेटीक, स्किन केयर तथा हेल्थ केयर प्रोडक्टस्हरु नेपाली बजारमा भित्र्याउँदै आएको छ ।
भाटभटेनी सुपरमार्केटका कलंकी, पाटन, सातदोबाटो, भक्तपुर, महाराजगंज, कोटेश्वर तथा टोखा गरी सात स्थानमा भेटिने कम्पनीका अध्यक्ष अर्जुन अधिकारीले जानकारी दिएका छन् । अधिकारी भन्छन् “नेपाली ग्राहकलाई जापानी उत्पादनको गुणस्तरीयताको अनुभूती दिलाउनु होमाको पहिलो लक्ष्य हो । लामो समय जापान बसेर त्यहाँका उत्पादनको गुणस्तरीयताको मापदण्ड, त्यसले जापानीजहरुको स्वास्थ्यमा पारेको सकारात्मक प्रभाव बुझेपछी मलाई नेपालमा त्यस्ता प्रिमियम उत्पादन ल्याउन रहर लाग्यो । अनि यो संभव भएको हो ।”