
ललितपुर – नेपाल इतिहास संघले आज एक कार्यक्रमको आयोजना गरी आफ्नो स्थापना दिवस मनाएको छ । “स्थापना दिवस एवं नयाँ वर्ष २०८३ को शुभकामना आदान–प्रदान कार्यक्रम” को आयोजना गरी संघले ९ औँ स्थापना दिवस मनाएको हो ।
संघका संस्थापक स्व. प्रा.डा. तुलसीराम बैधको तस्विरमा माल्यापर्ण गरी सुरु भएको कार्यममा इतिहासका मुर्धन्य व्यक्तिहरू त्रिरत्न मानन्धर र हेमन्त शमशेर राणालाई सम्मान गरिएको थियो । सम्मानित व्यक्तिहरूलाई सम्मानपत्र र खादा ओडाएर सम्मान गरिएको थियो । स्वास्थ्य समस्याका कारण त्रिरत्न मानन्धर उपस्थित हुन नसक्दा उनकी सुपुत्री टिना मानन्धरलाई सम्मानपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा संघका प्रमुख संरक्षक कृष्णबहादुर थापा, संस्थाका संस्थापक महासचिव विमलकुमार शर्मा र उपरथी शेखरसिंह बस्नेत वक्ता रहेका थिए । थापाले नेपाल इतिहास संघको स्थापनाको इतिहास बारे आफ्नो धारणा राखेका थिए । शर्माले इतिहास संघको कार्यक्रम ऐतिहासिक स्थानमा भन्ने बारे आफ्नो धारणा राखेका थिए । त्यसै गरी बस्नेतले नेपालको इतिहासमा आर्मीको भूमिका बारे आफ्नो विचार राखेका थिए ।
स्थापना दिवस तथा शुभकामना आदन प्रदान कार्यत्रममा प्रा.डा. राजकुमार पोखरेल, डा. प्रेमसिंह बस्नेत, ज्ञानेन्द्र पौडेल, रेवती रमण दाहाल, सरोजप्रताप राणा लगायतले शुभकामना मन्तव्य राखेका थिए । संघको सुरुवाती दिनहरूमा सिम्रोनगढमा कार्यक्रम गर्दा पराल ओछ्याएर सुत्नु परेको दिनदेखि आजको दिनसम्म आइपुग्दा खुशी लागेको कुरा संघ अध्यक्ष एवम् कार्यक्रममा सभापति बद्रीनारायण गौतमले बताएका थिए । ललिपुरको कुपनडोल १० स्थित महर्षी ल क्याम्पसमा सम्पन्न भएको थियो । कार्यक्रमलाई संघका महासचिव डा. जगत प्रसाद पराजुलीले सञ्चालन गरेका थिए । कार्यक्रममा प्राध्यापक, शोधार्थी, पिचडी, एमफिल र स्नातकोत्तर अध्ययनर विद्यार्थीहरूको उपस्थिती रहेको थियो ।