संयुक्त राष्ट्र महिलाको प्रतिनिधि र निर्वाचन आयुक्तबिच मैत्रीपूर्ण भेटघाट

काठमाडौँ / पूरक(उप) निर्वाचनको संघारमा आज संयुक्त राष्ट्र महिलाको नेपाल प्रतिनिधि प्याट्रिसिया फर्नान्डेज पाचेको र निर्वाचन आयुक्तबिच दिनेशकुमार थपलियाबिच मैत्रीपूर्ण भेटघाट भएको छ । राजनीतिक क्षेत्रमा महिलाको प्रतिनिधित्व बढाउनु पर्नेमा जोड दिएकी छिन् ।


सो अवसरमा आयुक्त थपलियाले निर्वाचन आयोगको विभिन्न क्रियाकलापहरूमा विगतदेखि संयुक्त राष्ट्र महिलाले गरेको सहयोगको स्मरण गरेका थिए । सोहि क्रममा थपलियाले हाल कार्यान्वयन भइरहेको तेश्रो रणनीतिपत्र र निर्वाचन आयोगको लैङ्गिक तथा समावेशी नीतिको मूल्याङ्कन एवम् चौँथो रणनीतिपत्र तयारी तथा कार्यान्वयनमा सहकार्यका लागि आव्हान गरेका थिए ।


संयुक्त राष्ट्र महिलाको नेपाल प्रतिनिधि प्याट्रिसिया फर्नान्डेज पाचेकोले लौङ्गिक तथा समावेशिकरणको सफलता उदाहरणीय रहेको उल्लेख गर्दै राजनीतिक क्षेत्रमा महिलाको गुणस्तरीय सहभागिताको लागि थप नीति तथा क्रियाकलापको व्यवस्था गर्न आवश्यक रहेको बताएकी थिइन् । निर्वाचन आयोगले अवलम्बन गरेको लैङ्गिक समावेशिकरणका प्रयासहरूमा हरसम्भव सहयोग गर्न संयुक्त राष्ट्र महिला तयार रहेको नेपाल प्रतिनिधि प्याट्रिसिया फर्नान्डेज पाचेकोले जनाएकी थिइन् ।



विचार

तोस् पुजा; पिल्मो राई जातिको मौलिकता बोकेको महान चाड़

किरात पिल्मो राई समाजले भूमि अर्थात् प्रकृतिलाई र पितृहरूलाई प्रमुख विधिविधानको साथ अनि महत्वको साथ पुजा-अर्चना, बन्दना अथवा पुज्ने गर्दछन् जुन विधिविधान संस्कृतिक र धार्मिक मूल परम्परा हो । प्रकृति र  पितृहरूको पूजालाई पिल्मो राई समाजले आफ्नो मौलिक भाषामा तोस् भन्ने गर्दछन् र नेपाली भाषामा मिल्दो जुल्दो शब्दमा भन्ने हो भने भूमे पुजा भन्न सकिन्छ […]

असलमा आवाज विहिनहरूसँगको पत्रकारिता

–निनाम लोवात्तीसमग्र मिडियाका सन्दर्भमा भन्नु पर्दा मिडिया भनेको आवाज विहीनहरूको पनि आवज हो । भन्ने भनाइ र आम मान्यता रहेको छ । तर यो भनाइ र मान्यतानुसार नेपालका मिडियाहरू चलेका छन् त ? प्रश्न नै प्रश्नको घेरामा छ नेपाली पत्रकारिता। खास गरी ‘आदिवासी जनजाति, महिला, मधेसी, दलित, भाषाभाषी, धार्मिक समूह, तेस्रो लिंगी, पिछडिएको क्षेत्र, भिन्न […]

माझीको सहारामा खोला तर्ने नेपालीले विर्से माझीलाई

नारायण राईनेपाली समाजमा ‘माझीसँग मित लगाएमा पछि मर्दा घाट तारिदिन्छ’ भन्ने आहान प्रचलित छ । त्यसै कारण पनि अन्य जात÷जातिका मानिसहरू माझी समुदायसँग मित लगाउन लालायित हुने गर्दथे । तर आजभोली अधिकाङ्स खोलामा पुल बनिएका छन् । त्योसँगै गाउँगाउँसम्म सडक पुगेका छन् । जहाँ मरेपनि अब त बाटो हुँदै पुलबाट तरिजाउँला भन्ने मनोभाव बढेर पनि […]

सोताङ र कुलुङ राईको साझा भाषा

– सुरवीर सोताङ राई भाषाशास्त्रीहरूको अध्ययन र परिभाषा अनुसार प्रत्येक एक किलोमिटर दूरीको फरकमा शब्दको उच्चारणमा भिन्नता आउछ । भौगोलिक दूरीको अन्तरले भाषा वक्ताको उच्चारणमा फरक आउने रूपावलीलाई भाषाशास्त्रीय परिभाषामा भाषिका भनिन्छ । सामान्य बोलचालको भाषामा भाषिकालाई लवज भन्ने गरिएको छ । भाषाको लवज फरक भए पनि भिन्नाभिन्नै भूगोलमा बसोबास गर्ने वक्ताहरू बीच गरिने बोलचालमा […]