बौद्धमा ‘फोल्तोङ’ नेपाली स्ट्रिट फुडको ओपनिङ

काठमाडौँ / काठमाडौँको बौद्धस्थित ‘फोल्तोङ’ नेपाली स्ट्रिट फुडको ग्राण्ड ओपनिङ गरिएको छ । बौद्धस्थित शेर्पा गुम्बा सङ जोडीको पहिलो र दोस्रो तल्लामा एक कार्यक्रमबिच वरिष्ठ गायक एंव संगीतकार कर्म बोम्जनले ओपनिङ भएको घोषणा गरेका हुन । दावा डुक्पा लामा र डिकी लामाले संयुक्त रूपमा उक्त रेस्टुरेण्ट सञ्चालनमा ल्याएका हुन ।

रेस्टुरेन्टमा नेपाली र चाइनिज खानाको परिकार उपलब्ध हुने र फोल्तोङको अर्थ ढिंडोलाई जनाउने डिकी लामाले बताइन । दावा डुक्पा लामा डेढ दशक भन्दा लामो समय भारतस्थित आइटिसी सेराटेन होट्लमा प्यानेसेन सेफको रुपमा कार्यरत थिए । आफ्नै देशमा व्यवसायमार्फत नेपाली र चाइनिज खानाको प्रवर्द्धन गर्ने हेतुले व्यवसाय सञ्चालनमा ल्याएको उनले बताए । रेस्टुरेन्ट ओपनिङ कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै वरिष्ठ गायक एंव संगीतकार कर्म बोम्जनले व्यवसायिक सफलताको शुभकामना व्यक्त गरे । उनले स्वस्थकर र विशिष्ट स्वाद सहितको भोजनको व्यवस्था रहेको बताए ।

कार्यक्रममा वरिष्ठ गायिका इन्दिरा गोले गुरुङ, वरिष्ठ गायक प्रेम लोप्चन, गायक एंव गीतकार जीवन बोम्जन, वरिष्ठ गायक अमृत लामा, गायक बैरागी मोक्तान, मोडल एंव अभी लामा, मोडल अनिता गोले,गायिका सुस्स्मिता स्याङ्तान,गायक एंव एरेन्जर बिशाल योन्जन, गायक एंव एरेन्जर कुन्साङ दोर्जे लोप्चन, ‘मामा भन्जा’ सिरियलका कलाकार टिम, कलाकार एंव पुर्व नेपाली सेना हरिलाल तामाङ, गायक एंव माझी किङको रुपमा परिचित यमन माझी,तामाङ कलाकार संघका बरिष्ठ उपाध्यक्षमा रोशन फ्युबा तामाङ, लगायतका कलाकार, विभिन्न संघसंस्थाका प्रतिनिधि,सामाजिक अभियान्ता,समाजसेवी एंव विशिष्ट व्यक्तीहरुको उपस्थित रहेको थियो ।



विचार

तोस् पुजा; पिल्मो राई जातिको मौलिकता बोकेको महान चाड़

किरात पिल्मो राई समाजले भूमि अर्थात् प्रकृतिलाई र पितृहरूलाई प्रमुख विधिविधानको साथ अनि महत्वको साथ पुजा-अर्चना, बन्दना अथवा पुज्ने गर्दछन् जुन विधिविधान संस्कृतिक र धार्मिक मूल परम्परा हो । प्रकृति र  पितृहरूको पूजालाई पिल्मो राई समाजले आफ्नो मौलिक भाषामा तोस् भन्ने गर्दछन् र नेपाली भाषामा मिल्दो जुल्दो शब्दमा भन्ने हो भने भूमे पुजा भन्न सकिन्छ […]

असलमा आवाज विहिनहरूसँगको पत्रकारिता

–निनाम लोवात्तीसमग्र मिडियाका सन्दर्भमा भन्नु पर्दा मिडिया भनेको आवाज विहीनहरूको पनि आवज हो । भन्ने भनाइ र आम मान्यता रहेको छ । तर यो भनाइ र मान्यतानुसार नेपालका मिडियाहरू चलेका छन् त ? प्रश्न नै प्रश्नको घेरामा छ नेपाली पत्रकारिता। खास गरी ‘आदिवासी जनजाति, महिला, मधेसी, दलित, भाषाभाषी, धार्मिक समूह, तेस्रो लिंगी, पिछडिएको क्षेत्र, भिन्न […]

माझीको सहारामा खोला तर्ने नेपालीले विर्से माझीलाई

नारायण राईनेपाली समाजमा ‘माझीसँग मित लगाएमा पछि मर्दा घाट तारिदिन्छ’ भन्ने आहान प्रचलित छ । त्यसै कारण पनि अन्य जात÷जातिका मानिसहरू माझी समुदायसँग मित लगाउन लालायित हुने गर्दथे । तर आजभोली अधिकाङ्स खोलामा पुल बनिएका छन् । त्योसँगै गाउँगाउँसम्म सडक पुगेका छन् । जहाँ मरेपनि अब त बाटो हुँदै पुलबाट तरिजाउँला भन्ने मनोभाव बढेर पनि […]

सोताङ र कुलुङ राईको साझा भाषा

– सुरवीर सोताङ राई भाषाशास्त्रीहरूको अध्ययन र परिभाषा अनुसार प्रत्येक एक किलोमिटर दूरीको फरकमा शब्दको उच्चारणमा भिन्नता आउछ । भौगोलिक दूरीको अन्तरले भाषा वक्ताको उच्चारणमा फरक आउने रूपावलीलाई भाषाशास्त्रीय परिभाषामा भाषिका भनिन्छ । सामान्य बोलचालको भाषामा भाषिकालाई लवज भन्ने गरिएको छ । भाषाको लवज फरक भए पनि भिन्नाभिन्नै भूगोलमा बसोबास गर्ने वक्ताहरू बीच गरिने बोलचालमा […]