४ रुपैयाँमा केश कटाई

काठमाडौँ / ४ रुपैयाँमा केश काटेर बि.स्टार एकेडेमी एण्ड युनिसेक्स सलूनले चौथो वार्षिकोत्सव मनाएको छ । सलूनका सञ्चालक एंव मेकअप आर्टिस्ट बिक्रम गौतमको सभापतित्वमा सलूनको बुढानिलकण्ठ नगरपालिका मेयर मीठाराम अधिकारीको प्रमुख आतिथ्यतामा,बुनपा वडा नं १२ का वडाध्यक्ष शम्भु भट्टराई, बुनपा वडा नं १० का वडाध्यक्ष नमराज भट्टराईको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

प्रमुख अतिथिको रुपमा सम्बोधन गर्नुहुँदै मेयर अधिकारीले युवालाई स्वदेशमै केही गर्न सकिन्छ भन्ने उदाहरण बनेकोमा सञ्चालक गौतमलाई बधाई एंव शुभकामना व्यक्त गरे । उनले आफुले सकेको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । त्यसैगरी बुनपा वडा नं १० का वडाध्यक्ष नमराज भट्टराईले शुभकामना दिदै सञ्चालक गौतमको उज्वल भविष्यको कामना गरे । उनले गौतम प्रतिभाका धनी रहेको र धेरैलाई रोजगार प्रदान गरेको भन्दै प्रशंसा गरे ।

त्यसैगरी हरि निरौला ‘कक्रोज’ले सञ्चालक गौतमको प्रशंसा गर्दै मेकअप आर्टिस्ट गौतमको मेहनत र संघर्षले यो स्थानसम्म आइपुगेको भन्दै चर्चा गरे । कार्यक्रममा कलाकार दीपक आचार्य ‘काकु’, सागर लम्साल बले, सुबोध गौतम ‘एकदुमे’, भरतमणि पौडेल,सुरक्षा इटानि, रश्मी पाण्डे, पवन खतिवडा, नवीन थापा, नव नवीन खतिवडा, पुरुषोत्तम आचार्य, बबिन राई, असोक धिताल, कुमार प्रयास, गोकुल अधिकारी लगायतका कलाकारले शुभकामना मन्तव्य राखेका थिए ।

सभापतित्वको रुपमा बोल्दै सञ्चालक बिक्रम गौतमले आफु ड्राइभर बन्न काठमाडौँ आएको बताउदै बि.स्टार एकेडेमी एण्ड युनिसेक्स सलून स्थपना कालदेखी हालसम्मको संघर्षको कुरा सुनाए । कार्यक्रममा कलाकार,पत्रकार,समाजसेवी एंव विशिष्ट व्यक्तिहरुको उपस्थिती रहेको थियो ।



विचार

तोस् पुजा; पिल्मो राई जातिको मौलिकता बोकेको महान चाड़

किरात पिल्मो राई समाजले भूमि अर्थात् प्रकृतिलाई र पितृहरूलाई प्रमुख विधिविधानको साथ अनि महत्वको साथ पुजा-अर्चना, बन्दना अथवा पुज्ने गर्दछन् जुन विधिविधान संस्कृतिक र धार्मिक मूल परम्परा हो । प्रकृति र  पितृहरूको पूजालाई पिल्मो राई समाजले आफ्नो मौलिक भाषामा तोस् भन्ने गर्दछन् र नेपाली भाषामा मिल्दो जुल्दो शब्दमा भन्ने हो भने भूमे पुजा भन्न सकिन्छ […]

असलमा आवाज विहिनहरूसँगको पत्रकारिता

–निनाम लोवात्तीसमग्र मिडियाका सन्दर्भमा भन्नु पर्दा मिडिया भनेको आवाज विहीनहरूको पनि आवज हो । भन्ने भनाइ र आम मान्यता रहेको छ । तर यो भनाइ र मान्यतानुसार नेपालका मिडियाहरू चलेका छन् त ? प्रश्न नै प्रश्नको घेरामा छ नेपाली पत्रकारिता। खास गरी ‘आदिवासी जनजाति, महिला, मधेसी, दलित, भाषाभाषी, धार्मिक समूह, तेस्रो लिंगी, पिछडिएको क्षेत्र, भिन्न […]

माझीको सहारामा खोला तर्ने नेपालीले विर्से माझीलाई

नारायण राईनेपाली समाजमा ‘माझीसँग मित लगाएमा पछि मर्दा घाट तारिदिन्छ’ भन्ने आहान प्रचलित छ । त्यसै कारण पनि अन्य जात÷जातिका मानिसहरू माझी समुदायसँग मित लगाउन लालायित हुने गर्दथे । तर आजभोली अधिकाङ्स खोलामा पुल बनिएका छन् । त्योसँगै गाउँगाउँसम्म सडक पुगेका छन् । जहाँ मरेपनि अब त बाटो हुँदै पुलबाट तरिजाउँला भन्ने मनोभाव बढेर पनि […]

सोताङ र कुलुङ राईको साझा भाषा

– सुरवीर सोताङ राई भाषाशास्त्रीहरूको अध्ययन र परिभाषा अनुसार प्रत्येक एक किलोमिटर दूरीको फरकमा शब्दको उच्चारणमा भिन्नता आउछ । भौगोलिक दूरीको अन्तरले भाषा वक्ताको उच्चारणमा फरक आउने रूपावलीलाई भाषाशास्त्रीय परिभाषामा भाषिका भनिन्छ । सामान्य बोलचालको भाषामा भाषिकालाई लवज भन्ने गरिएको छ । भाषाको लवज फरक भए पनि भिन्नाभिन्नै भूगोलमा बसोबास गर्ने वक्ताहरू बीच गरिने बोलचालमा […]