पहिलो नाटक गर्दा नै जेल हालेको राज्यले गोपाललाई सम्मान भने वर्षौँपछि

काठमाडौँ
गोपाल देवान एक समय जेल परे । पञ्चायती व्यवस्थामा जनताका लागि सचेतना मुलक नाटक प्रस्तुत गर्दा उनी जेल परेका थिए । ‘आधी विनाको अन्त्य’ नाटक प्रस्तुत गर्दा उनी सात दिन प्रहरी हिरासतमा बस्नु परेको थियो । शारीरिक, मानसिक यातना खप्नु परेको थियो । उनको त्यो नै पहिलो नाटक थियो । आज त्यहि नाटकको कारण उनी पुरस्कृत भएका छन् । मानिसका जीवनका विभिन्न उदाहरण मध्ये यो पनि एउटा उदाहरण हो । पहिलो नाटक गर्दा नै जेल हालेको राज्यले पुरस्कृत भने वर्षौँ वर्षपछि मात्रै गरेको छ । त्यसबिचको दुःख, कष्ट र हन्डरहरू सबै देवान एकलैले भोगे ।

देवान हिजो (बुधबार) नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा–पुरस्कार–२०८० बाट सम्मानित भएका छन् । उनलाई नाट्य विधामा योगदान गरेबापत प्रज्ञा पुरस्कार प्रदान गरिएको हो । पुरस्कार राष्ट्रपति रामचन्द्र पौडेलको हातबाट प्रदान गरिएको थियो । उनलाई ताम्ररपत्र सहित नगर एक लाख नगदले पुरस्कृत गरिएको हो ।

देवानका ‘दमनको राप’, ‘आधी विनाको अन्त्य’, ‘एकता नै बल हो’, भोकको औषधी’, ‘अधुरो यात्रा’, ‘यिनीहरू देश खोजिरहेका छन्’ लगायत चर्चित नाटकहरू हुन् । उनको ‘दमनको राप’ नाटक संग्रह २०७८ मा प्रकाशित छ भने २८ ओटा फुटकर नाटकहरू लेखेका छन् ।

‘गुराँसको फेर मुनी सम्झनाको छायाँ’ गीतका रचयिता देवान ‘क्रिमुक’ कविता विधाका प्रतिपादक हुन् । उनले गीत, गजल र पत्रकारितामा कलम चलाउँदै आएका छन् ।

परस्कृत हुनेमा देवान सहित रङ्गमञ्च विधामा हरिहर शर्मा, परम्परागत तथा शास्त्रीय सङ्गीत विधामा चन्दनकुमार श्रेष्ठ, सङ्गीत विधामा तारा थापा, लोक सङ्गीत विधामा बोमबाहादुर कार्की र नृत्य विधामा जोगेन्द्र के.सी. रहेका छन् ।



विचार

तोस् पुजा; पिल्मो राई जातिको मौलिकता बोकेको महान चाड़

किरात पिल्मो राई समाजले भूमि अर्थात् प्रकृतिलाई र पितृहरूलाई प्रमुख विधिविधानको साथ अनि महत्वको साथ पुजा-अर्चना, बन्दना अथवा पुज्ने गर्दछन् जुन विधिविधान संस्कृतिक र धार्मिक मूल परम्परा हो । प्रकृति र  पितृहरूको पूजालाई पिल्मो राई समाजले आफ्नो मौलिक भाषामा तोस् भन्ने गर्दछन् र नेपाली भाषामा मिल्दो जुल्दो शब्दमा भन्ने हो भने भूमे पुजा भन्न सकिन्छ […]

असलमा आवाज विहिनहरूसँगको पत्रकारिता

–निनाम लोवात्तीसमग्र मिडियाका सन्दर्भमा भन्नु पर्दा मिडिया भनेको आवाज विहीनहरूको पनि आवज हो । भन्ने भनाइ र आम मान्यता रहेको छ । तर यो भनाइ र मान्यतानुसार नेपालका मिडियाहरू चलेका छन् त ? प्रश्न नै प्रश्नको घेरामा छ नेपाली पत्रकारिता। खास गरी ‘आदिवासी जनजाति, महिला, मधेसी, दलित, भाषाभाषी, धार्मिक समूह, तेस्रो लिंगी, पिछडिएको क्षेत्र, भिन्न […]

माझीको सहारामा खोला तर्ने नेपालीले विर्से माझीलाई

नारायण राईनेपाली समाजमा ‘माझीसँग मित लगाएमा पछि मर्दा घाट तारिदिन्छ’ भन्ने आहान प्रचलित छ । त्यसै कारण पनि अन्य जात÷जातिका मानिसहरू माझी समुदायसँग मित लगाउन लालायित हुने गर्दथे । तर आजभोली अधिकाङ्स खोलामा पुल बनिएका छन् । त्योसँगै गाउँगाउँसम्म सडक पुगेका छन् । जहाँ मरेपनि अब त बाटो हुँदै पुलबाट तरिजाउँला भन्ने मनोभाव बढेर पनि […]

सोताङ र कुलुङ राईको साझा भाषा

– सुरवीर सोताङ राई भाषाशास्त्रीहरूको अध्ययन र परिभाषा अनुसार प्रत्येक एक किलोमिटर दूरीको फरकमा शब्दको उच्चारणमा भिन्नता आउछ । भौगोलिक दूरीको अन्तरले भाषा वक्ताको उच्चारणमा फरक आउने रूपावलीलाई भाषाशास्त्रीय परिभाषामा भाषिका भनिन्छ । सामान्य बोलचालको भाषामा भाषिकालाई लवज भन्ने गरिएको छ । भाषाको लवज फरक भए पनि भिन्नाभिन्नै भूगोलमा बसोबास गर्ने वक्ताहरू बीच गरिने बोलचालमा […]