
काठमाडाैँ – नेपालमा सामाजिक सञ्जालहरू मध्ये फेसबुक, युटुव, वाट्सव, इन्स्टाग्राम लगायतका एप्स सञ्चालनमा रोक लगाएको छ । भनेको ती एप्सहरूको सञ्चालन बन्द भएको छ । सरकारले ती सामाजिक सञ्जालहरूलाई नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सुचीकरण हुनका लागि सूचनाहरू जारी गरेको थियो । सरकारले जारी गरेको समयावधिमा दर्ता नगरिएपछि ती सामाजिक सञ्जालहरू बन्द गरिएको हो ।
सरकारले वि.सं. २०८० सालमा सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० जारी गरेको छ । त्यस निर्देशिका अनुरुप सञ्जालहरू दर्ता गरिनु पर्ने थियो । सामाजिक सञ्जाल बन्द भएपछि सामाजिक सञ्जालमा चलाउनमा अभ्यस्त नेपालीहरूलाई भने यसले समस्या उत्पन्न गरेको छ । कतिको दिनानुदिनका जीवन निर्वाह समेतमा समस्या उत्पन्न भएको छ ।
सूचिकरण हुनका लागि सूचना जारी गरेको अवधिसम्म कुनै व्यक्ति, संस्था, कम्पनीले निवेदन नदिएको सञ्चार मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले जानकारी दिएका छन् ।