आईविवी अष्ट्रेलियाको सहयोगमा ग्राण्डि हस्पिटल र एवनको सामाजिक उत्तरदायित्वअन्तर्गतको कार्यक्रम सम्पन्न

डाउन सिन्ड्रोम भएका बाल बालिकाको हेरचाह, स्वस्थ्य र शिक्षाका सन्दर्भमा ग्राण्डि इन्टरनेशनल हस्पिटल, एक्टिभ उमन अफ नेपाल -एवन) र डाउन सिन्ड्रोम सोसाईटीको सहकार्यमा छलफल तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रम ग्राण्डि इन्टरनेशनल हस्पिटलले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत गरेको बैदेशिक नियोगका प्रतिनिधिहरु, एवनका सदश्यहरु, डाउन सिन्ड्रोम सोसाइटीका प्रतिनिधी, हस्पिटलका डाक्टरहरु तथा डाउन सिन्ड्रोम भएका बालबालिका तथा अभिभावकहरु सहभागिता जनाएका थिए । बेवि हेल्थ केयर प्रोडक्स्का क्षेत्रमा नेपाली बजारमा अग्रणी रहेको अष्ट्रेलियन ब्राण्ड आईविविले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत यस कार्यक्रमको लागि सहकार्य र सहभागिता जनाएको थियो ।
कार्यक्रममा बोल्दै ग्राण्डि हस्पिटलका मेडिकल डाईरेक्टर डा। विनोद विजुक्छेले डाउन सिन्ड्रोम भएका बालबालिकालाई परिवारको मायाँ, पारिवार भित्रका कार्यहरुमा उनीहरुको सहभागीता र उनीहरुको लाईफ स्किल इन्ह्यान्समेन्टमा ध्यान दिएको खण्डमा ठूलो परिवर्तन ल्याउन सकिने बताए । एवनकी प्रेसिडेन्ड बाबा सरकार श्रेष्ठले डाउन सिन्ड्रोम भएको बच्चा जन्म दिएकै कारण प्रताडित भएकी आमा देख्दा असह्य पिडा बोध भएको सुनाउँदै, यसमा चेतना अभिबृद्धि तथा हामी सबैको सहभागिता मूलक सहयोग अपरिहार्य रहेको बताईन् । उनले कार्यक्रममा बोल्दै भनिन्, “यो समाजमा भएका हरेक मानिस फरक छन्, त्यसैले यो संसार सुन्दर छ, डाउन सिन्ड्रोम भएका बालबालिकामा भएका फरक क्षमतालाई हामीले पहिचान गर्न सक्नुपर्छ, उनीहरुको फरक एविलिटीलाई सेलिब्रेट गर्नुपर्छ, अवसर र समानता कायम गर्नुपर्छ ।” डाउन सिन्ड्रोम सोसाइटीकी अध्यक्ष शिला थापाले आफ्नो छोरा डाउन सिन्ड्रोम भएकै कारण भोगेका घटना सुनाउँदै, अन्य अभिभावकलाई सहयोग गर्न सकियोस् भन्ने उदेश्यका साथ डाउन सिन्ड्रोम सोसाइटी नै स्थापना गरेको बताईन् ।

विश्वमा जन्मने हरेक ७०० बालबालिका मध्ये एक डाउन सिन्ड्रोम हुने तथ्यलाई आधार मानि त्यसको तयारी र उनीहरुको आवश्यकता परिपूर्तीका लागि राज्यबाट गरिनुपर्ने सहयोग र पूर्वाधार विकाशमा आवश्यकता अनुरुप लगानी नभएको देखिन्छ । यसले गर्दा डाउन सिन्ड्रोम भएका बालबालिका तथा परिवारका सदश्यहरु समेत सामाजिक भेदभावको शिकार हुँदै आएका छन् । यस परिप्रेक्ष्यमा ग्राण्डी इन्टरनेशल हस्पिटल तथा एवनले लिएको अग्रसरता प्रति कृतज्ञता जाहेर गर्दै कार्यक्रमको हिस्सा बन्न पाउँदा आफूले गर्व महशुष गरेको आईविवी नेपालकी प्रबन्ध निर्देशक ब्युटी कुमारी सर्राफले बताईन् र भविष्यमा समेत सामाजिक उत्तरदायित्व बहन गर्दै यस क्षेत्रको विकासमा निरन्तर सहभागिता जनाउने प्रतिबद्धता समेत ब्यक्त गरिन् ।



विचार

तोस् पुजा; पिल्मो राई जातिको मौलिकता बोकेको महान चाड़

किरात पिल्मो राई समाजले भूमि अर्थात् प्रकृतिलाई र पितृहरूलाई प्रमुख विधिविधानको साथ अनि महत्वको साथ पुजा-अर्चना, बन्दना अथवा पुज्ने गर्दछन् जुन विधिविधान संस्कृतिक र धार्मिक मूल परम्परा हो । प्रकृति र  पितृहरूको पूजालाई पिल्मो राई समाजले आफ्नो मौलिक भाषामा तोस् भन्ने गर्दछन् र नेपाली भाषामा मिल्दो जुल्दो शब्दमा भन्ने हो भने भूमे पुजा भन्न सकिन्छ […]

असलमा आवाज विहिनहरूसँगको पत्रकारिता

–निनाम लोवात्तीसमग्र मिडियाका सन्दर्भमा भन्नु पर्दा मिडिया भनेको आवाज विहीनहरूको पनि आवज हो । भन्ने भनाइ र आम मान्यता रहेको छ । तर यो भनाइ र मान्यतानुसार नेपालका मिडियाहरू चलेका छन् त ? प्रश्न नै प्रश्नको घेरामा छ नेपाली पत्रकारिता। खास गरी ‘आदिवासी जनजाति, महिला, मधेसी, दलित, भाषाभाषी, धार्मिक समूह, तेस्रो लिंगी, पिछडिएको क्षेत्र, भिन्न […]

माझीको सहारामा खोला तर्ने नेपालीले विर्से माझीलाई

नारायण राईनेपाली समाजमा ‘माझीसँग मित लगाएमा पछि मर्दा घाट तारिदिन्छ’ भन्ने आहान प्रचलित छ । त्यसै कारण पनि अन्य जात÷जातिका मानिसहरू माझी समुदायसँग मित लगाउन लालायित हुने गर्दथे । तर आजभोली अधिकाङ्स खोलामा पुल बनिएका छन् । त्योसँगै गाउँगाउँसम्म सडक पुगेका छन् । जहाँ मरेपनि अब त बाटो हुँदै पुलबाट तरिजाउँला भन्ने मनोभाव बढेर पनि […]

सोताङ र कुलुङ राईको साझा भाषा

– सुरवीर सोताङ राई भाषाशास्त्रीहरूको अध्ययन र परिभाषा अनुसार प्रत्येक एक किलोमिटर दूरीको फरकमा शब्दको उच्चारणमा भिन्नता आउछ । भौगोलिक दूरीको अन्तरले भाषा वक्ताको उच्चारणमा फरक आउने रूपावलीलाई भाषाशास्त्रीय परिभाषामा भाषिका भनिन्छ । सामान्य बोलचालको भाषामा भाषिकालाई लवज भन्ने गरिएको छ । भाषाको लवज फरक भए पनि भिन्नाभिन्नै भूगोलमा बसोबास गर्ने वक्ताहरू बीच गरिने बोलचालमा […]