जाऔँ साथी सरर बोलको गीत सार्वजनीक

२०७७-०३-३१

सुनसरी

सुनसरीको इटहरीमा आज जाऔँ साथी सरर, सिमाना बचाऔँ कालापानी पुगेर बोल्को गीत सार्वजनीक गरिएको छ । आज नै सो गीतको मिम्युजिक भिडियो पनि सार्वजनिक गरिएको हो । 

सो गीतमा प्रेम बिष्ट र गङ्गा गौतमले स्वर दिएका छन् । जुन गीतमा  पूर्व प्राज्ञ राम धामीले सङ्गीत भरेका छन् । गीतको शब्द रचना प्रेम बिष्ट र भीम लामाले गरेका हुन । बुद्ध इन्टरनेशनल फिल्म्स प्रा.लि.को व्यानरमा निर्मित गीतको निर्देशन चलचित्र निर्देशक तथा लेखक भीम लामाले गरेका थिए । 

गीत–निर्देशक, टिकटक परिकल्पनाकार तथा सञ्चालक लामाले कार्यक्रमबारे प्रस्ट्याउँदै भने “कोभिड–१९ को विश्वव्यापीे मलाई उकुसमुकुस बनाइ रहेको थियो । केही गर्न सक्दिनँ कि भनेर निरास पनि भएँ । अरुलाई पनि त्यस्तै भएको होला भन्ने ठानेँ । त्यसर्थ त्यो उकुसमुकुसलाई मनोरञ्जनमा बदल्न तथा नयाँ कलाकार खोज्नका लागि यो बाटो रोजेको हो । टिकटक प्रतियोगिताबाट नयाँ कलाकारको उत्पादन हुने र राष्ट्रियताको सवालमा हैँसेमा होइसे गर्न यो राष्ट्रवादी गीतको निर्माण गरेँ ।” गीतमा राष्ट्रियताको भावना ओतपोत भएको पाइन्छ । गीतको अधिकाङ्श छायाङ्कन बेलबारी क्षेत्रमा गरिएको छ ।


सार्वजनिकीकरण कार्यक्रममा वरिष्ठ कलाकार तथा चलचित्रकर्मी प्रेम सुब्बाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमको विशिष्ट अतिथिमा बेलबारी नगरपालिकाकी उपप्रमुख ढाकाकुमारी पराजुली र साहित्यकार ईरानराई अतिथिमा चलचित्र निर्देशक÷निर्माताहरू परशुराम चौधरी, अरुण प्रधान, अशोक चेम्जोङ र लाखमान योञ्जन रहेका थिए ।

कार्यक्रम बुद्ध इन्टरनेशनल फिल्म्स प्रा.लि. तथा दीपलव कुलुङ इन्टरटेनमन्टको संयुक्त आयोजनामा भएको थियो । सोहि अवसरमा टिकटक भिडियो प्रतियोगितामा प्रथम हुने धरानकी रक्षा राई पुरस्कार वितरण गरिएको थियो । सो टिकटक भिडियो भीम लामाकै छैटौँ नेपाली चलचित्र ‘फेक फ्रेन्ड’ का गीतहरूमा बनाइएका थिए ।

विजेता राईलाई कार्यक्रमका प्रमुख अतिथि सुब्बाले ट्रफी र प्रमाणपत्र प्रदान गरेका थिए भने विशिष्ट अतिथि पराजुलीले नगद रु ११ हजार एक सय ११ रुपैयाँ प्रदान गरेकी थिइन । विजेता रक्षा राईले भीम लामाको आगामी चलचित्र र म्युजिक भिडियोहरूमा अभिनय गर्ने मौकासमेत पाउनेछिन् । सोहि टिकटक भिडियो प्रतियोगिताका दोस्रो र तेस्रो विजेताहरूलाई प्रमाणपत्र र ट्रफी तथा चौथोदेखि नवौँसम्मलाई प्रमाणपत्र प्रदान गरिएको थियो । 

कार्यक्रम भीम लामाको अध्यक्षता तथा भुवन दाहालको सञ्चालनमा होटल मनसान्त, इटहरीमा सम्पन्न भएको थियो । 



विचार

तोस् पुजा; पिल्मो राई जातिको मौलिकता बोकेको महान चाड़

किरात पिल्मो राई समाजले भूमि अर्थात् प्रकृतिलाई र पितृहरूलाई प्रमुख विधिविधानको साथ अनि महत्वको साथ पुजा-अर्चना, बन्दना अथवा पुज्ने गर्दछन् जुन विधिविधान संस्कृतिक र धार्मिक मूल परम्परा हो । प्रकृति र  पितृहरूको पूजालाई पिल्मो राई समाजले आफ्नो मौलिक भाषामा तोस् भन्ने गर्दछन् र नेपाली भाषामा मिल्दो जुल्दो शब्दमा भन्ने हो भने भूमे पुजा भन्न सकिन्छ […]

असलमा आवाज विहिनहरूसँगको पत्रकारिता

–निनाम लोवात्तीसमग्र मिडियाका सन्दर्भमा भन्नु पर्दा मिडिया भनेको आवाज विहीनहरूको पनि आवज हो । भन्ने भनाइ र आम मान्यता रहेको छ । तर यो भनाइ र मान्यतानुसार नेपालका मिडियाहरू चलेका छन् त ? प्रश्न नै प्रश्नको घेरामा छ नेपाली पत्रकारिता। खास गरी ‘आदिवासी जनजाति, महिला, मधेसी, दलित, भाषाभाषी, धार्मिक समूह, तेस्रो लिंगी, पिछडिएको क्षेत्र, भिन्न […]

माझीको सहारामा खोला तर्ने नेपालीले विर्से माझीलाई

नारायण राईनेपाली समाजमा ‘माझीसँग मित लगाएमा पछि मर्दा घाट तारिदिन्छ’ भन्ने आहान प्रचलित छ । त्यसै कारण पनि अन्य जात÷जातिका मानिसहरू माझी समुदायसँग मित लगाउन लालायित हुने गर्दथे । तर आजभोली अधिकाङ्स खोलामा पुल बनिएका छन् । त्योसँगै गाउँगाउँसम्म सडक पुगेका छन् । जहाँ मरेपनि अब त बाटो हुँदै पुलबाट तरिजाउँला भन्ने मनोभाव बढेर पनि […]

सोताङ र कुलुङ राईको साझा भाषा

– सुरवीर सोताङ राई भाषाशास्त्रीहरूको अध्ययन र परिभाषा अनुसार प्रत्येक एक किलोमिटर दूरीको फरकमा शब्दको उच्चारणमा भिन्नता आउछ । भौगोलिक दूरीको अन्तरले भाषा वक्ताको उच्चारणमा फरक आउने रूपावलीलाई भाषाशास्त्रीय परिभाषामा भाषिका भनिन्छ । सामान्य बोलचालको भाषामा भाषिकालाई लवज भन्ने गरिएको छ । भाषाको लवज फरक भए पनि भिन्नाभिन्नै भूगोलमा बसोबास गर्ने वक्ताहरू बीच गरिने बोलचालमा […]